Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #जेनजी_आन्दोलन
  • #बाघ
  • #छठ
Search Here
समाचार
  • Home
  • समाचार
  • कोशी प्रदेशमा ४८७ सहकारी निष्क्रिय सूचीमा
कोशी प्रदेशमा ४८७ सहकारी निष्क्रिय सूचीमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ २२, २०८२

बनियानी- कोशी प्रदेशमा कार्यालयको नियमन क्षेत्राधिकारभित्र पर्ने ४८७ सहकारी संस्था निष्क्रिय सूचीमा परेका छन् । त्यसमध्ये सबैभन्दा धेरै झापामा १३१ रहेका छन् भने मोरङमा ६७, सुनसरीमा ६२, इलाममा ४७, उदयपुर र तेह्रथुममा २६–२६ सहकारी निष्क्रिय सूचीमा रहेका छन् ।

त्यसैगरी, सोलुखुम्बुमा १२, ओखलढुङ्गामा २१, खोटाङमा १७, सङ्खुवासभामा १३, भोजपुर र धनकुटामा १७–१७, ताप्लेजुङमा १० र पाँचथरका २१ सहकारी संस्था निष्क्रियको सूचीमा रहेका छन् । सहकारी संस्थाहरूको तथ्याङ्कलाई अद्यावधिक गर्न तथा निष्क्रिय सहकारीको दर्ता खारेजी गर्ने प्रयोजनका लागि प्रदेश सहकारी ऐन, २०७६ तथा सहकारी सङ्घसंस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षणसम्बन्धी मापदण्ड २०७८ अनुसार सूची सार्वजनिक गरिएको रजिष्ट्रार खनालले बताउनुभयो ।

सूचीमा परेकाहरूको सम्पत्ति र दायित्व नरहेको पाइएमा प्रक्रिया पु¥याइ खारेजी प्रक्रिया अगाडि बढाउने कार्यालयका अनुगमन तथा लेखापरीक्षण शाखाका शाखा अधिकृत नगेन्द्र पराजुलीले बताउनुभयो । कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयको नियमन क्षेत्राधिकारभित्र प्रदेशभरिका एक हजार ७५ सहकारी संस्था रहेका छन् ।

Hardik health

झापामा १३१ सहकारी निष्क्रिय

झापा जिल्लामा १३१ वटा सहकारी संस्था निष्क्रिय रहेको पाइएको छ । कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले यही भदौ १५ गते एक सूचना जारी गर्दै निष्क्रिय सहकारीको सूची सार्वजनिक गरेको छ । त्यसमा झापाका १३१ सहकारी संस्था रहेका कार्यालयका रजिष्टार भूपेन्द्र खनालले जानकारी दिए ।

प्रदेश सरकारी ऐन, २०७६ को दफा ६० (१) बमोजिम बुझाउनुपर्ने विवरण लगातार दुई वर्षसम्म नबुझाउने सहकारी संस्थालाई निष्क्रिय सूचीमा राखिएको उनले बताए । “सूची सार्वजनिक भएको मितिले ३५ दिनभित्र प्रदेश सहकारी ऐन, २०७६ को दफा ६० (१) बमोजिम नियामक निकायमा बुझाउन सूचना जारी गरिएको छ”, उहाँले भन्नुभयो, “सूची सार्वजनिक भएपछि कतिपय सहकारी सम्पर्कमा आइरहेका छन् ।”

सहकारी संस्थाहरूको शुद्धीकरण गर्न अभियान सुरु गरिएको बताउँदै उनले भने “अस्तित्वमा नरहेका, झोलामा भएका सहकारीलाई प्रक्रिया पुर्याएर खारेज गरिनेछ ।” निष्क्रिय सूचीमा परेका सहकारी संस्थाको सम्पत्ति र दायित्व भए/नभएको खोजी गरिने रजिष्ट्रार खनालले बताए । कतिपय सहकारी संस्थाले प्रदेशमा बुझाउनुपर्ने विवरण स्थानीय तहमा बुझाउँदै आएकोसमेत पाइएको उनले बताए । 


प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  १२:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमपातबाट अलपत्र ७५० जनाको तिलिचो वेश क्याम्पबाट उद्धार
हिमपातबाट अलपत्र ७५० जनाको तिलिचो वेश क्याम्पबाट उद्धार मंगलबार, कात्तिक ११, २०८२
‘मोन्था’  चक्रवातकाे प्रभाव नेपालमा पनि ,सचेत रहन अनुराेध
‘मोन्था’ चक्रवातकाे प्रभाव नेपालमा पनि ,सचेत रहन अनुराेध मंगलबार, कात्तिक ११, २०८२
राष्ट्रियसभाका सचिव अर्यालद्वारा राजीनामा
राष्ट्रियसभाका सचिव अर्यालद्वारा राजीनामा मंगलबार, कात्तिक ११, २०८२
‘सिजन’मै आएनन् पर्यटक, ‘होमस्टे’ रित्तै
‘सिजन’मै आएनन् पर्यटक, ‘होमस्टे’ रित्तै मंगलबार, कात्तिक ११, २०८२
मुस्ताङ र मनाङमा भारी वर्षा
मुस्ताङ र मनाङमा भारी वर्षा मंगलबार, कात्तिक ११, २०८२
प्रहरीमाथि कुटपिटमा संलग्न दुई जना पक्राउ
प्रहरीमाथि कुटपिटमा संलग्न दुई जना पक्राउ मंगलबार, कात्तिक ११, २०८२
राष्ट्रियसभाका सचिव अर्यालद्वारा राजीनामा
राष्ट्रियसभाका सचिव अर्यालद्वारा राजीनामा मंगलबार, कात्तिक ११, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP