Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #मलेसियान_सिण्डिकेट
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • थाई संसद्ले नयाँ प्रधानमन्त्री छान्दै
थाई संसद्ले नयाँ प्रधानमन्त्री छान्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ २०, २०८२

एपी- थाई सांसदहरू शुक्रबार नयाँ प्रधानमन्त्री चयनका लागि भेला भएका छन् । प्रमुख दलहरूले भने चाँडै संसद् विघटन गरी आम चुनाव घोषणा गर्ने प्रतिस्पर्धी वाचा गरेका हुन् । 

 यसलाई देशको राजनीतिक सङ्कट समाधान गर्ने बाटोका रूपमा प्रस्तुत गरेका छन् । सन् २०२३ को आम निर्वाचनमा मनोनित भएका पाँच उम्मेदवारमध्ये मात्र संवैधानिक नियमअनुसार प्रधानमन्त्री बन्न योग्य छन् । तीमध्ये भुमजाइथाई पार्टीका नेता अनुतिन चार्नविराकुल पद सुरक्षित गर्ने सबैभन्दा सम्भावित उम्मेदवारका रूपमा देखिएका छन् ।

गत हप्तामात्र संवैधानिक अदालतले पेटोङ्टार्न सिनावात्रालाई कम्बोडियाका सिनेट अध्यक्ष हुन सेनसँग सीमासम्बन्धी विवादमा गरिएको फोनवार्तालाई नैतिकता कानून उल्लङ्घन गरेको ठहर गर्दै प्रधानमन्त्री पदबाट पदच्यूत गरेको थियो । यो विवाद जुलाईमा पाँच दिनसम्म चलेको घातक द्वन्द्वमा परिणत भएको थियो । अनुतिन र फेउ थाई पार्टीका उम्मेदवार चैकासेम नितिसिरीलाई आधिकारिक रूपमा उम्मेदवारका रूपमा प्रस्ताव गरिएको छ । प्रधानमन्त्री बन्न दुवैलाई सदनमा बहुमत पाउन कम्तीमा दुई सय ४७ मत आवश्यक छ । हाल कार्यवाहक सरकारको नेतृत्व गरिरहेको फेउ थाई पार्टीले मङ्गलबार संसद् विघटन गर्ने प्रयास गरे पनि, कार्यवाहक प्रधानमन्त्रीले राजाको प्रिभी काउन्सिलले यो माग अस्वीकार गरेको बताएको छ ।

Hardik health

पूर्वमहान्यायाधिवक्ता तथा न्यायमन्त्री चैकासेमले बिहीबार संसद्मा उद्घाटन सम्बोधन गर्दै आफू निर्वाचित भए तुरुन्तै संसद् विघटन गर्ने प्रतिज्ञा गरे । अनुतिनले आफ्नै पार्टी र सहयोगी दलहरूबाट एक ४६ मत पाएको दाबी गरेका छन् । पिपुल्स पार्टीले पनि आफ्ना एक सय ४३ सांसदले उनलाई समर्थन गर्ने बताएको छ । यसरी चार सय ९२ सदस्यीय सदनमा आवश्यक दुई सय ४७ बहुमत सजिलै पुग्ने देखिएको छ । अन्ठाउन्न वर्षीय अनुतिन सन् २०२३ मा सत्ता लिएको फेउ थाई नेतृत्वको गठबन्धन सरकारमा सहभागी थियो । यसअघि उनले पूर्वप्रधानमन्त्री प्रयुथ चान–ओचाको नेतृत्वमा सेना समर्थित तर निर्वाचित सरकारमा समेत सेवा गरिसकेका थिए ।

अनुतिन गाँजाको अपराधीकरण अन्त्यका लागि प्रभावकारी लबिङ गर्ने नेताका रूपमा परिचित छन् । हाल यो नीति चिकित्सा प्रयोजनका लागि कडाइका साथ नियमन भइरहेको छ । उनले कोभिड–१९ महामारीका समयमा स्वास्थ्यमन्त्रीका रूपमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । यद्यपि पर्याप्त खोप आपूर्ति ढिलाइ गरेको आरोपसमेत उ माथि लागेको थियो । अनुतिन प्रधानमन्त्री बनेमा उनले पिपुल्स पार्टीलाई समर्थनको बदलामा चार महिनाभित्र संसद् विघटन गर्ने वाचा गरेका छन् । पिपुल्स पार्टीका नेता नाथाफोङ रुएङपान्यावुतले नयाँ सरकारलाई सम्भावित अल्पमतमै छोडेर विपक्षमा बस्ने घोषणा गरेको छ ।

पिपुल्स पार्टीले नयाँ सरकारले निर्वाचित संविधानसभामार्फत संविधान संशोधनका लागि जनमतसङ्ग्रह गर्नुपर्ने माग राखेको छ । पार्टीले सैन्य शासनको समयमा लागू भएको संविधानलाई थप लोकतान्त्रिक बनाउन लामो समयदेखि दबाब दिइरहेको छ । यसअघि मुभ फरवार्ड पार्टी नामले चिनिने पिपुल्स पार्टीले सन् २०२३ को चुनावमा सबैभन्दा धेरै सिट जिते पनि, सदन र सिनेटको संयुक्त मतमा असफल भएपछि सत्ता हासिल गर्नबाट रोकिएको थियो । सैनिक शासनद्वारा नियुक्त र राजतन्त्रका कट्टर समर्थक रहेका सिनेटरहरूले मुभ फरवार्ड पार्टीको राजतन्त्र सुधार गर्ने नीति अस्वीकार गर्दै उनीहरूको उम्मेदवारविरुद्ध मतदान गरेका थिए । तर अहिले प्रधानमन्त्री चयनमा सिनेटको मताधिकार हटाइएको छ  । मुभ फरवार्डलाई सत्ताबाट रोकिएपछि फेउ थाईले रियल स्टेट उद्यमी स्रेथा थाविसिनलाई गठबन्धन सरकारको नेतृत्वका लागि प्रधानमन्त्री बनायो । तर नैतिकता उल्लङ्घन गरेको ठहरसहित संवैधानिक अदालतले एक वर्षमै उहाँलाई पदच्यूत गर्‍यो ।

स्रेथाको स्थानमा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी पेटोङ्टार्नलाई प्रधानमन्त्री बनाइयो, तर उहाँको सरकार पनि अनुतिनको भुमजाइथाई पार्टीले गठबन्धन त्यागेपछि कमजोर बन्दै गएको थियो । यसको परिणामस्वरूप फेउ थाई नेतृत्वको गठबन्धन संसद्मा अस्थिर र कमजोर बहुमतका साथ मात्र टिकेको छ ।
 


प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  १५:२५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
श्रीलंकामा वन तथा वन्यजन्तु संरक्षणको लागि ‘वाना सुराकुमा’कार्यक्रम सुरु
श्रीलंकामा वन तथा वन्यजन्तु संरक्षणको लागि ‘वाना सुराकुमा’कार्यक्रम सुरु सोमबार, कात्तिक १७, २०८२
जर्मन स्टार्टअपले गर्याे पूर्ण स्वचालित रोबोटिक रेस्टुरेन्ट  सार्वजनिक
जर्मन स्टार्टअपले गर्याे पूर्ण स्वचालित रोबोटिक रेस्टुरेन्ट सार्वजनिक सोमबार, कात्तिक १७, २०८२
मुद्दा समाधानका लागि उत्तर कोरियाली नेतासँग भेट गर्न जापानी प्रधानमन्त्री भेट गर्न आग्रह
मुद्दा समाधानका लागि उत्तर कोरियाली नेतासँग भेट गर्न जापानी प्रधानमन्त्री भेट गर्न आग्रह सोमबार, कात्तिक १७, २०८२
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह सोमबार, कात्तिक १७, २०८२
इरान–रुस साझेदारीमा आठ नयाँ आणविक संयन्त्र निर्माण गरिने
इरान–रुस साझेदारीमा आठ नयाँ आणविक संयन्त्र निर्माण गरिने सोमबार, कात्तिक १७, २०८२
राष्ट्रपति सिबाट ली जे म्योङलाई  साओमी स्मार्टफोन  उपहार
राष्ट्रपति सिबाट ली जे म्योङलाई साओमी स्मार्टफोन उपहार सोमबार, कात्तिक १७, २०८२
पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा
पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा सोमबार, कात्तिक १७, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP