Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सामाजिक सञ्जाल बन्दमा पुनर्विचार गर्नैपर्ने विषय
सामाजिक सञ्जाल बन्दमा पुनर्विचार गर्नैपर्ने विषय
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ २०, २०८२

सरकारले सूचीकरणमा नआएको सामाजिक सञ्जाल बन्द गर्न थालेको छ । देशको संविधान नमानेको र सरकारलाई नटेरेको भन्दै सरकारले फेसबुक, एक्स, ह्वाट्सएपजस्ता लोकप्रिय सञ्जालहरु बन्द गरेको हो । दुरसञ्चार प्रदायक कम्पनीहरुले सरकारको निर्देशन पालना गर्ने निर्णय गरिसकेको छ । पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोग, यसको निशुल्क सेवाका कारण नागरिकको हातहातमा स्मार्ट फोन पुगेको छ । फोन, इन्टरनेटको उपलब्धतासँगै नेपालीहरु पनि निशुल्क सामाजिक सञ्जालमा झुत्तिन थालेका छन् ।

सामाजिक सञ्जाल मनोरञ्जन गर्ने थलोमात्र हैन, बजारीकरण गर्ने थलो पनि बनिसकेको छ । कतिले यसलाई वैकल्पिक रोजगारको थलो बनाइरहेका छन् । सामाजिक सञ्जाल शिक्षाको केन्द्र पनि बनेको छ । आफूलाई एक्पोज गर्नेदेखि विभिन्न ठगीधन्दा पनि यस्तै प्लेटफार्मबाट हुन थालेको छ । सर्वसाधारणले सहजै सूचना पाउने थलो पनि बनेको छ । यद्यपि यसको सूचीकरण नहुँदा र नेपालमा यी ठुला कम्पनीहरुको प्रतिनिधि नहुँदा विभिन्न घटनामा सरकार र सुरक्षा निकायसमेत झुक्नुपरेको छ । ठगीमा संलग्‍न व्यक्तिहरुको विस्तुत सूचना सोसल मिडियाका प्रतिनिधिहरुले दिएमा अनुसन्धानमा ठुलो राहत मिल्छ । तर नेपालले यस्तो अवसर पाइरहेको छैन । एउटा एकाउन्ट ह्याक भएर फिर्ता ल्याउन प्रहरीलाई महिना दिन लाग्छ । 

नेपाललाई ठुलो बजार नसोचेको कारण यस्ता प्रदायक कम्पनीले सरकारको चेतावनीलाई कम आँक्दै आएको बेला सरकारले सोसल मिडिया बन्द गरेको हो । झट्ट हेर्दा सरकार आलोचनासँग डराएर सामाजिक सञ्जाल बन्द गराएको देखिन्छ । हुन पनि नयाँ दलहरुप्रति लोकप्रियता बढिरहेको बेला सरकारमाथि आक्रोश बढिरहेकै सुनिन्छ । अझ प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट फर्किएलगत्तै यस्तो निर्णय हुँदा सर्वसाधारण अझै आक्रोशित छन् ।

Hardik health

यद्यपि सरकारले सूचीकरणमा रहेको टीकटक, भाइबरलाई प्रतिबन्ध लगाएको छैन । फेसबुक, ह्वाट्सएप बन्द हुन थालेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरु टीकटर र भाइबरमा झुत्तिन थालेका छन् । यी सामाजिक सञ्जालमा पनि आफ्नो अभिव्यक्ति राख्न सकिन्छ नै । प्रमुख प्रतिपक्षी दलहरुले सरकारी कदमको खुलेर विरोध गर्न सकिरहेका छैनन् । कारण अहिले प्रमुख प्रतिपक्षमा रहेको माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले सामाजिक सञ्जाल टीकटक झन्डै वर्ष दिन नै बन्द गरेको थियो । त्यतिबेला सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले टीकटकमा दाहालको आलोचना बढेकोले बन्द गरेको तर्क गर्दथे । 

सरकारले सम्बन्धित कम्पनीलाई कन्भिन्स गर्न नसक्दा एउटै निर्णयका कारण धेरैको रोजीरोटी गुम्ने खतरा देखिएको छ अहिले । किनकि डाटा सेयरदेखि सूचना सेयर यिनै सोसल साइटमा भर परेर गर्नेहरुको विकल्प अब सरकारले सोच्‍नुपर्छ। त्यसपछिमात्र सरकारले यो कदम अघि बढाउनुपथ्र्यो । आफ्नै नागरिकको रोजीरोटी खोस्ने काममा राज्य लाग्‍नुहुन्‍न। यस्तो विषयमा सरकार केही गम्भीर बन्‍नैपर्छ।


प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  ११:४७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं बिहीबार, चैत ५, २०८२
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP