Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #मलेसियान_सिण्डिकेट
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
समाचार
  • Home
  • समाचार
  • भारत सरकारकाे नयाँ कानुन ,नेपाल नागरिकहरुमा लागु नहुने
भारत सरकारकाे नयाँ कानुन ,नेपाल नागरिकहरुमा लागु नहुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ १९, २०८२

काठमाडौं-  विदेशी नागरिकहरुलाई निगरानी गर्नका लागि भारत सरकारले जारी गरेको नयाँ कानुन नेपाल र भुटानका नागरिकहरुमा लागु नहुने भएको छ ।काठमाडौंस्थित नेपाली राजदूतावासले नेपाल र भुटानका नागरिकहरुलाई नयाँ कानुनी व्यवस्था लागू नहुने स्पष्ट पारेको हो ।

नेपाल वा भुटानको अलावा अरु कुनै देश (चीन, मकाउ, हङकङ वा पाकिस्तानबाहेक) भारत भित्रिने वा बाहिरिने समयसम्मको पासपोर्ट भएका व्यक्तिलाई पनि छुट हुनेछ । यसका साथै नेपाल वा भुटानको सीमा हुँदै स्थल वा हवाई मार्गबाट प्रवेश गर्ने भारतीय नागरिकको हकमा पनि यो नियम लागू नहुने काठमाडौंस्थित भारतीय दूतावासका एक अधिकारीले बताए ।

विदेशी नागरिकमाथि निगरानी गर्नका लागि भारत सरकारको गृहमन्त्रालयले २०२५ सेप्टेम्बर १ देखि लागू हुने गरी आप्रवासन तथा विदेशी ऐन, २०२५ अन्तर्गत नयाँ नियम लागू गरेको छ ।यसले आप्रवासन विभाग (बीओआई) लाई ठगी घटनामा प्रभावकारी रूपमा अनुसन्धान गर्न, अवैध रूपमा प्रवेश गर्नेहरूलाई निष्कासन गर्न, राज्य निकायहरूसँग सहकार्य गर्न र केन्द्रीय डेटाबेस राख्न थप अधिकार प्रदान गर्नेछ ।

नयाँ नियमले उत्तर प्रदेशमा समस्या नियन्त्रण गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ, जहाँ सात जिल्लाहरू, पिलिभित, लखीमपुर खेरी, बहराइच, श्रावस्ती, बलरामपुर, सिद्धार्थनगर र महराजगञ्ज— नेपालको सीमा क्षेत्रमा पर्छन् । उत्तर प्रदेशमा काम, शिक्षा, स्वास्थ्य उपचार र व्यापारका लागि नेपाली नागरिकहरूको निरन्तर आउजाउ भइरहन्छ ।

Hardik health

खुला सिमानाका कारण समाजविरोधी तत्व, अवैध आप्रवासी र विदेशी गुप्तचरहरूले दुरुपयोग गर्न सक्ने खतरा भने रहेको भारतीय मिडियाहरुले बताएका छन् । एक साता अघि मात्रै पाकिस्तानको आतंकवादी संगठनका तीन सदस्य नेपालसँग जोडिएको भारतीय सिमाना हुँदै उत्तर प्रदेशमा प्रवेश गरेको समाचार सार्वजनिक भएको थियो ।

त्यसैले अबदेखि भारत प्रवेश गर्ने सबै विदेशी नागरिकहरूले अब फारम ‘सी’ भरेर बुझाउनुपर्ने छ । होटल, अस्पताल, नर्सिङ होम, विश्वविद्यालय र अन्य शैक्षिक संस्थाहरूले विदेशी पाहुना वा विद्यार्थीहरूको विवरण अनिवार्य रूपमा रिपोर्ट गर्नुपर्ने छ ।

यी विवरणहरू कम्तीमा एक वर्षसम्म इलेक्ट्रोनिक रूपमा सुरक्षित राखिनेछ जसले सीमा क्षेत्रमा हुने गतिविधिलाई निगरानी गर्न मद्दत हुने विश्वास छ ।

‘कडा कागजी प्रक्रिया र निगरानीले अवैध प्रवेशलाई रोक्नेछ र विदेशी नागरिकहरू भारतमा कानुनी र पारदर्शी ढंगले बसोबास गर्ने सुनिश्चित गर्नेछ । यो कदम नेपालजस्ता छिमेकी मुलुकहरूसँग मैत्री सम्बन्ध कायम राख्दै राष्ट्रिय सुरक्षालाई सुदृढ पार्ने व्यापक रणनीतिको हिस्सा हो,’ एक अधिकारीले टाइम्स अफ इन्डियालाई भनेका छन् ।

तर, नयाँ नियमले भारतीय सुरक्षा बलमा सेवा गरेका र भारतमै बसोबास गरिरहेका नेपाली पूर्व–सैनिकहरूलाई कसरी प्रभावित गर्छ भन्नेबारे तत्काल स्पष्ट छैन । ‘हालको ध्यान होटल, भाडामा बस्ने, शैक्षिक संस्थामा अध्ययन गर्ने वा अस्पतालमा उपचार लिने विदेशी नागरिकमाथि मात्र छ । पूर्व–सैनिकहरूलाई यसमा सामेल गरिएको छैन, उनीहरू खतरा होइनन् । यसबारेमा पछि स्पष्ट गरिनेछ,’ समाचारमा एक अधिकारीले भनेका छन् ।

भारत सरकारले आप्रवासन तथा विदेशी ऐन, २०२५ अन्तर्गत पासपोर्ट (भारत प्रवेश) नियम, १९५० र फरेनर्स अर्डर, १९४८ लाई खारेज गरिएको छ । अब उत्तर प्रदेशका ७३ जिल्लामा जिल्ला प्रहरी प्रमुख वा प्रहरी उपमहानिरीक्षक विदेशी दर्ता अधिकारी (एफआरओ) को रूपमा रहनेछन् । तर, गौतम बुद्धनगर र गाजियाबाद भने दिल्ली एफआरआरओ अन्तर्गत राखिएको छ ।

यी नियमअनुसार अपराध वा अवैध गतिविधिमा संलग्न ‘अवाञ्छित’ विदेशीहरू जाने रिसोर्ट, क्लब वा मनोरञ्जन स्थललाई तत्कालै बन्द गर्न सकिनेछ । पुन: सञ्चालन गर्न सम्बन्धित निकायको अनुमति लिनुपर्नेछ । त्यस्तै, एयरलाइन्स र जल यातायात सेवा प्रदायकहरूले पनि यात्रु र चालकदलको विवरण बीओआईलाई प्रस्थान भएको १५ मिनेटभित्र उपलब्ध गराउनुपर्ने छ ।

 


 


प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  १५:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
श्रीलंकामा वन तथा वन्यजन्तु संरक्षणको लागि ‘वाना सुराकुमा’कार्यक्रम सुरु
श्रीलंकामा वन तथा वन्यजन्तु संरक्षणको लागि ‘वाना सुराकुमा’कार्यक्रम सुरु सोमबार, कात्तिक १७, २०८२
जर्मन स्टार्टअपले गर्याे पूर्ण स्वचालित रोबोटिक रेस्टुरेन्ट  सार्वजनिक
जर्मन स्टार्टअपले गर्याे पूर्ण स्वचालित रोबोटिक रेस्टुरेन्ट सार्वजनिक सोमबार, कात्तिक १७, २०८२
मुद्दा समाधानका लागि उत्तर कोरियाली नेतासँग भेट गर्न जापानी प्रधानमन्त्री भेट गर्न आग्रह
मुद्दा समाधानका लागि उत्तर कोरियाली नेतासँग भेट गर्न जापानी प्रधानमन्त्री भेट गर्न आग्रह सोमबार, कात्तिक १७, २०८२
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह सोमबार, कात्तिक १७, २०८२
इरान–रुस साझेदारीमा आठ नयाँ आणविक संयन्त्र निर्माण गरिने
इरान–रुस साझेदारीमा आठ नयाँ आणविक संयन्त्र निर्माण गरिने सोमबार, कात्तिक १७, २०८२
राष्ट्रपति सिबाट ली जे म्योङलाई  साओमी स्मार्टफोन  उपहार
राष्ट्रपति सिबाट ली जे म्योङलाई साओमी स्मार्टफोन उपहार सोमबार, कात्तिक १७, २०८२
पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा
पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा सोमबार, कात्तिक १७, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP