Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
विश्व
  • Home
  • विश्व
  • भारतद्वारा पाकिस्तानलाई सीमापार थप बाढीको चेतावनी
भारतद्वारा पाकिस्तानलाई सीमापार थप बाढीको चेतावनी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ १८, २०८२

एपी- मनसुनी वर्षाबाट आएको बाढीले दुवै मुलुकमा मानवीय क्षति र व्यापक विनाश निम्त्याइरहेकाले भारतले पाकिस्तानलाई केही हप्तामै दोस्रो पटक सम्भावित सीमापार बाढीको चेतावनी दिएको छ । पूर्वी पाकिस्तानको विपद् व्यवस्थापन प्राधिकरणले मङ्गलबार यो चेतावनी जारी गरेको हो ।

नयाँदिल्लीले सिन्धु जल सन्धि प्रयोग नगरी, इस्लामाबादस्थित भारतीय उच्च आयोगमार्फत ‘मानवीय आधारमा’ यो जानकारी साझा गरेको भारत सरकारका एक अधिकारीले बताएका छन् । सिन्धु जल सन्धि हाल स्थगित अवस्थामा छ । गत महिनाको अन्त्यतिर भारतले बाँधबाट पानी छोड्दा र नदीहरूमा उग्र बहाव आउँदा पाकिस्तानले सीमावर्ती क्षेत्रहरूमा सामूहिक रूपमा स्थानीयवासीलाई सुरक्षित स्थलमा स्थानान्तरण गर्नुपरेको थियो ।

यी दुई देश मे महिनामा युद्धको नजिक पुगेका थिए र दुवै आणविक शक्ति भएका प्रतिद्वन्द्वीबीच बारम्बार तनाव बढ्दै गएको छ, जसले कूटनीतिक सम्पर्कलाई असामान्य रूपमा प्रभावित पारेको छ ।पछिल्लो चेतावनी सतलज नदीको बढ्दो जलस्तरसँग सम्बन्धित छ । यो बाढीको पानी बुधबार पाकिस्तानमा प्रवेश गर्ने अपेक्षा गरिएको छ । तीव्र धारले पहिले नै कसुर, ओकारा, वेहारी र बहावलनगरका सीमावर्ती समुदायहरूलाई प्रभावित गरिसकेको छ ।

Hardik health

पञ्जाबको विपद् व्यवस्थापन प्राधिकरणका अनुसार भारतीय उच्च आयोगले जलस्रोत मन्त्रालयमार्फत पाकिस्तानलाई यसबारे औपचारिक जानकारी दिएको छ ।उत्तरी भारतका धेरै भागमा भारी वर्षा भएको छ । विगत २४ घण्टामा मात्र कम्तीमा १० जनाको मृत्यु भएको छ । यस कारण मङ्गलबार केही विद्यालय र कार्यालयहरू बन्द गर्न बाध्य भएका थिए ।

करिब तीन करोड मानिस बस्ने भारतको पञ्जाब राज्यमा गत महिनामा मात्र भूस्खलन, बाढी र नदीको उग्र वहावका कारण कम्तीमा २९ जनाले ज्यान गुमाएका छन् । सेनाको सहयोगमा उद्धार टोलीहरूले हजारौँ मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्।नयाँदिल्लीमा हिमालयबाट बग्ने यमुना नदीको जलस्तरले मङ्गलबार खतराको स्तर नाघेको छ, जसले सहरको तल्लो क्षेत्रमा बाढीको जोखिम बढाएको छ ।

राजधानी बाहिरको गुरुग्राम सहरमा समेत भारी वर्षापछि सडक र अपार्टमेन्टहरू जलमग्न हुँदा गम्भीर यातायात अवरोध उत्पन्न भएको छ ।यसैबीच पाकिस्तानको पञ्जाब प्रान्तका अधिकारीहरूले हालका महिनामा मनसुनी बाढीका कारण १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको र करिब २४ लाख ५० हजार मानिस प्रत्यक्ष रूपमा प्रभावित भएको बताएका छन् ।


प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  १५:५१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता
के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता बुधबार, पुस ३०, २०८२
कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता
कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता बुधबार, पुस ३०, २०८२
गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ
गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ बुधबार, पुस ३०, २०८२
‘१० मिनेटभित्र डेलिभरी’ सेवा बन्द गर्न निर्देशन
‘१० मिनेटभित्र डेलिभरी’ सेवा बन्द गर्न निर्देशन बुधबार, पुस ३०, २०८२
इरानलाई स्थिरतामा चीनको समर्थन, अमेरिकी करको आलोचना
इरानलाई स्थिरतामा चीनको समर्थन, अमेरिकी करको आलोचना बुधबार, पुस ३०, २०८२
सन् २०२५ मा प्राकृतिक प्रकोपले मानव जीवन र अर्थतन्त्र प्रभावित: प्रतिवेदन
सन् २०२५ मा प्राकृतिक प्रकोपले मानव जीवन र अर्थतन्त्र प्रभावित: प्रतिवेदन बुधबार, पुस ३०, २०८२
जापानमा फेब्रुअरीमा मध्यावधि चुनाव घोषणा गर्ने तयारी
जापानमा फेब्रुअरीमा मध्यावधि चुनाव घोषणा गर्ने तयारी बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP