Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • चाडबाडको याममा विपदबाट जोगिऔं
चाडबाडको याममा विपदबाट जोगिऔं
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ १८, २०८२

चाडबाड नजिकिँदै गर्दा मनसुन भने सुध्रिएको छैन । दसैं नजिकिएको छ । सर्वसाधारणदेखि व्यापारीका लागि यो व्यापार गर्ने मौकाको पर्व हो । चाडपर्वमा मिठो खाने र राम्रो लगाउने योजना धेरैको हुन्छ । यही योजना पूरा गराउन व्यापारीहरु नजिकका बजार क्षेत्रमा सरसामान ढुवानी गर्न चाहन्छन् ।

सहरी क्षेत्र र गाउँ क्षेत्रबाट सामान ढुवानीको ओहोरदोहोर बढ्ने यो समयमा सडक भने वर्षाका कारण अवरुद्ध हुन थालेका छन् । अविरल वर्षाले पहिरो खस्ने, जमिन भासिने, बाढी आउनेजस्ता कारण सडक अवरुद्ध हुन थालेका हुन् । यतिमात्र हैन गाउँ जाने र गाउँबाट सहर आउने यात्रुको चाप पनि बढ्न थालेको छ । यसले गर्दा व्यवसायीले रात्रिसेवा पनि बढाउन थालेका छन् । तर गृह मन्त्रालयको पछिल्लो अपडेटअनुसार वर्षाका कारण देशका १३ स्थानमा सडक अवरुद्ध छन् । कोशी राजमार्ग, पासाङल्हामु राजमार्ग, कर्णाली राजमार्गअन्तर्गत जाजरकोटको छेडागाड र जाजरकोट–डोल्पा सडकखण्ड अहिले पहिरो झरेपछि बन्द छन् ।

कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ बोकेका २३ ट्रक बाटोमै रोकिएका छन् । यसले १३ करोड बराबरको १८४ मेट्रिक टन स्याउ कुहिने डर उब्जिएको छ । स्याउधनीहरुले चाँडो सडक खुलाउन सरकारसँग पहल गरिदिन माग गरिरहेका छन् । दसैंमा उपभोक्तासम्म नपुगे ठूलो क्षति बेहोर्ने निश्चित छ । तर जबरजस्ती बाटो खुल्दा राति पहिरोले धनजनकै क्षति हुने डर पनि उत्तिकै छ । धादिङ-मलेखु सडकखण्डको दारेगौंडाभिर बर्खा सुरु भएसँगै यस वर्ष पनि उच्च जोखिममा परेको छ । कालु पाण्डे मार्गअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका-८ ससाह नजिकै पर्ने दारेगौंडामा सडक पहिराले जोखिममा परेको हो ।

Hardik health

लगातारको वर्षाका कारण नुवाकोटको दुप्चेश्वर गाउँपालिका-३ सरमथलीमा पहिरोले एक विद्यालयसहित तीन घरमा क्षति पुगेको छ । पाँच घर उच्च जोखिममा छन् । पहिरोले सरमथलीस्थित भगवान आधारभूत विद्यालयको चारवटा कोठामा क्षति पु¥याएको छ । यता आइतबार रातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरमा ४५ घर डुबानमा परेका छन् । अविरल वर्षापछि महाकाली नदीको जलस्तर बढेको छ । जलस्तर बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा चारपांग्रे र तीनपांग्रे सवारीसाधन आवागमन रोक लगाएको छ । सप्तकोशी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ३८ ढोका खोलिएका छन् ।

देशभर वर्षाको सम्भावना अझै रहने देखिन्छ । त्यसैले कुनै पनि स्थानमा सवारी गर्नुपूर्व पूर्वतयारी गरौं । जबरजस्ती नगरौं । अघिल्लो वर्ष पूर्वसावधानी नअपनाउँदा त्रिभुवन राजमार्ग र सिस्नेरी पहिरोमा ठूलो मानवीय क्षति पुगेको थियो । विगतका उदाहरणबाट सिक्दै रात्रि बस सञ्चालनमासमेत ध्यान दिऔं ।
 


प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  ११:४९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं बिहीबार, चैत ५, २०८२
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP