काठमाडौं– दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न ३ः१३ बजे दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो ।
आज बिहान पनि गोरखाको अजिरकोट गाउँपालिका-३ हंशपुर केन्द्रविन्दु भएर चार रेक्टर स्केलको कम्पन भएको थियो ।