Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
विश्व
  • Home
  • विश्व
  • पञ्जाबमा विनाशकारी बाढी : हजारौँ गाउँ डुबानमा, जनधनको ठूलो क्षति
पञ्जाबमा विनाशकारी बाढी : हजारौँ गाउँ डुबानमा, जनधनको ठूलो क्षति
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ १७, २०८२

एएफपी- भारतको पञ्जाब राज्यका करिब एक हजार गाउँ विनाशकारी बाढीमा डुबानमा परेका छन् । बाढीका कारण हजारौँ मानिस राहत शिविरमा शरण लिन बाध्य भएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

उत्तरपश्चिमी यो राज्यमा आएको बाढीले हालसम्म कम्तीमा २९ जनाको ज्यान लिएको छ भने गत महिना मात्रै दुई लाख ५० हजारभन्दा बढी मानिस प्रभावित भएका थिए । पञ्जाबका मुख्यमन्त्रीले यसलाई ‘दशकौँमा आएको सबैभन्दा भीषण बाढी’ को रूपमा चित्रण गरेका छन् ।

भारतको ‘ब्रेडबास्केट’ भनेर चिनिने यस क्षेत्रमा नौ सय ४० वर्गकिलोमिटर (तीन सय ६० वर्गमाइल) भन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ । यसले ‘विनाशकारी बाली क्षति’ निम्त्याएको मुख्यमन्त्री भगवन्त मानले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।

Hardik health

प्रधानमन्त्री मोदीले सोमबार मुख्यमन्त्रीलाई सङ्घीय सरकारको ‘पूर्ण सहयोग’ रहने आश्वासन दिएका छन्  ।अधिकारीहरूले गाईवस्तुको ठूलो सङ्ख्यामा क्षति हुने आशङ्का व्यक्त गरेका छन् । तर यसबारे स्पष्ट विवरण पानी घटेपछि मात्र पत्ता लाग्ने जनाइएको छ । सोमबार ढिलो राज्य अधिकारीहरूले सार्वजनिक गरेको बुलेटिनमा यो कुरा उल्लेख गरिएको हो ।

फसेका मानिसहरूको उद्धार तथा खाद्यान्न आपूर्ति गर्न भारतको सेना र विपद् व्यवस्थापन टोलीले एक हजारभन्दा बढी डुङ्गा र ३० वटा हेलिकप्टर परिचालन गर्दै विशाल उद्धार अभियान चलाइरहेका छन् ।“सबैभन्दा महत्त्वपूर्ण कुरा पानीमा फसेका मानिस र असहाय जनावरको ज्यान बचाउनु हो”, मुख्यमन्त्री मानले विज्ञप्तिमा भनेका छन्  ।

यस क्षेत्रका नदीहरू पाकिस्तानतर्फ बगेका कारण त्यहाँ पनि बाढीले ठूलो जमिन डुबानमा परेको छ । यस उपमहाद्वीपमा जुनदेखि सेप्टेम्बरसम्मको मनसुनी समयमा बाढी र भूस्खलन सामान्य भए पनि जलवायु परिवर्तन र अव्यवस्थित विकासका कारण तिनको आवृत्ति, तीव्रता र प्रभाव बढिरहेको विज्ञहरू बताउँछन् ।

राष्ट्रिय मौसम विभागका अनुसार यस वर्ष उत्तरपश्चिम भारतमा जुनदेखि सेप्टेम्बरसम्म औसत वर्षातभन्दा एक तिहाइ बढी वर्षा भएको छ । राजधानी दिल्लीमा निरन्तर वर्षाका कारण यमुना नदीले खतराको तह पार गरेको छ । यसले सहरका धेरै क्षेत्र डुबानमा परेका छन् र घण्टौँसम्म भीषण ट्राफिक जाम भएको छ ।गत महिना जम्मू–कश्मीरमा कीर्तिमानी वर्षासँगै आएको घातक बाढीले पनि दर्जनौँको ज्यान लिएको थियो ।

Powered By  Orson Infotech
 


प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  १२:३३
#बाढी #पञ्जाब
प्रतिक्रिया दिनुहोस्
थप विश्व
ड्रोन प्रकरणमा सियोलको स्वीकारोक्ति
ड्रोन प्रकरणमा सियोलको स्वीकारोक्ति सोमबार, चैत २३, २०८२
युद्धको घेरामा मध्यपूर्व, विश्व चिन्तामा
युद्धको घेरामा मध्यपूर्व, विश्व चिन्तामा सोमबार, चैत २३, २०८२
इजरायलमा इरानको मिसाइल आक्रमण जारी
इजरायलमा इरानको मिसाइल आक्रमण जारी सोमबार, चैत २३, २०८२
मध्यपूर्व द्वन्द्वबीच तेल उत्पादनमा वृद्धि
मध्यपूर्व द्वन्द्वबीच तेल उत्पादनमा वृद्धि सोमबार, चैत २३, २०८२
चन्द्र परिक्रमा उडानमा ऐतिहासिक मोड
चन्द्र परिक्रमा उडानमा ऐतिहासिक मोड सोमबार, चैत २३, २०८२
तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १३ जनाको मृत्यु
तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १३ जनाको मृत्यु सोमबार, चैत २३, २०८२
आर्थिक क्षतिपूर्ति नपाएसम्म होर्मुज जलमार्ग नखोल्ने इरानकाे अडान
आर्थिक क्षतिपूर्ति नपाएसम्म होर्मुज जलमार्ग नखोल्ने इरानकाे अडान सोमबार, चैत २३, २०८२
लोकप्रिय
  • Week
  • Month
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP