Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #त्रिवि_क्रिकेट
  • #एनपिएल
  • #स्टार्टअप
  • #AGM
  • #सिद्धार्थ_बैंक
  • #ज्योति_विकास_बैंक
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • निजामती विधेयक रोक्ने चलखेलमा सरकार
निजामती विधेयक रोक्ने चलखेलमा सरकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ १७, २०८२

संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट पारित नगर्ने चलखेल सरकारले सुरु गरेको छ । राष्ट्रिय सभाको विधायन समितिले सर्वसम्मत पारित गरिसकेको विषयलाई अड्को थापेर सरकारले यो विधेयक रोक्ने चलखेल सुरु गरेको हो । पछिल्ला दिनहरुमा विधेयकहरुमा किचलो ल्याउने काम सरकारी पक्षबाटै भइरहेको छ । ‘कुलिङ पिरियड’ गोलमालका कारण विवादमा तानिएको संघीय निजामती सेवा विधेयकमा फेरि पनि विवाद सिर्जना भएको छ । यसअघि सत्तारुढ दल एमालेले कुलिङ पिरियड हटाउन जोडबल गरेको थियो । यद्यपि सत्तारुढ दल नेपाली कांग्रेस र विपक्षीको विरोधले कुलिङ पिरियड राख्ने सहमति भयो ।

अहिले फेरि सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले उमेर हद लागू गर्ने समयमा अत्तो थाप्दै विवाद निकालेकी छन् । प्रतिनिधिसभाबाट उमेर हदबारे विधेयक ऐनमा रुपान्तरित भएर लागू भएको वर्ष ५८ वर्ष नै कायम रहने, अर्को वर्ष ५९ र त्यसपछिको वर्षमा ६० वर्ष लागू हुनेगरी विधेयक पास गरेर राष्ट्रिय सभामा पठाएको छ । तर मन्त्री न्यौपानेले भने यसै वर्षबाट ५९ वर्ष कायम हुनुपर्ने भन्दै अडान लिएकी छन् । मन्त्रालयका सचिव, सहसचिवको उक्साहटमा मन्त्री न्यौपानेले पनि यही अडान लिएको देखिन्छ ।

यो व्यवस्थामा संशोधन गरेर सुरुकै वर्ष ५९ वर्ष कायम गरे मुख्यसचिव र सचिवलगायत ५८ वर्षको अनिवार्य अवकाश जानेले एक वर्ष थप जागिरको समय पाउने छन् । मन्त्रीको यस्तो जोडबल हेर्दा सरकार कर्मचारी पोस्ने नीति लिएको प्रस्ट देखिन्छ । अहिले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा छन् । १७ गते जसरी पनि पारित हुनुपर्ने यो विधेयक पारित गर्ने समय घर्किंदै छ । प्रधानमन्त्री ओली बुधबारमात्र काठमाडौं फर्कंदै छन् । उनको राय पर्खने भन्दै एमालेका मन्त्रीहरु अहिले मौन बसेका छन् । 

Hardik health

सोमबार यो विधेयक राष्ट्रिय सभाबाट पारित गरी प्रतिनिधिसभामा पठाउने तयारी थियो । तर विधायन व्यवस्थापन समितिबाट पारित नभएपछि राष्ट्रिय सभाले छलफलको कार्यसूचीबाटै हटायो । प्रतिनिधिसभाबाट आएको विधेयक राष्ट्रिय सभाले ६० दिनभित्र पारित गरी मंगलबार राति १२ बजेभित्र फिर्ता गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । कुलिङ पिरियडमा चित्त नबुझाएको एमालेले अन्तिम समयमा उमेर हद लागू गर्ने समयको निर्णय नै उल्ट्याएर चलखेल गर्न खोजेको हो । सामान्यतया कानुन बनाउँदा सरकार पक्षले यस्तो गर्नु अशोभनीय विषय हो । बल्लबल्ल सहमतिमा आएको विषयमा कर्मचारीको पक्षमा लागेर समयको बर्बादी गर्नु बेकार छ । आज समय नघर्कंदै विधेयक समितिबाट पारित होस् र प्रतिनिधिसभामा फिर्ता पुगोस् । 
 


प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  ११:३४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
निर्वाचनका लागि सुरक्षाको प्रत्याभूति बढाऊ
निर्वाचनका लागि सुरक्षाको प्रत्याभूति बढाऊ मंगलबार, मंसिर २, २०८२
राहदानी वितरण सहज बनाऊ
राहदानी वितरण सहज बनाऊ सोमबार, मंसिर १, २०८२
अनुगमनको नाममा आर्थिक चलखेल बन्द गर
अनुगमनको नाममा आर्थिक चलखेल बन्द गर आइतबार, कात्तिक ३०, २०८२
शक्तिलाई पुज्ने आयोगको चाला
शक्तिलाई पुज्ने आयोगको चाला शुक्रबार, कात्तिक २८, २०८२
फुटेर होइन जुटेर अघि बढौं
फुटेर होइन जुटेर अघि बढौं बिहीबार, कात्तिक २७, २०८२
ओलीको बोलीमा लगामको खाँचो
ओलीको बोलीमा लगामको खाँचो मंगलबार, कात्तिक २५, २०८२
नेपाल ट्रस्ट प्रकरणको छानबिन निष्पक्ष बनाऊ
नेपाल ट्रस्ट प्रकरणको छानबिन निष्पक्ष बनाऊ सोमबार, कात्तिक २४, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP