Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • निजामती विधेयक रोक्ने चलखेलमा सरकार
निजामती विधेयक रोक्ने चलखेलमा सरकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ १७, २०८२

संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट पारित नगर्ने चलखेल सरकारले सुरु गरेको छ । राष्ट्रिय सभाको विधायन समितिले सर्वसम्मत पारित गरिसकेको विषयलाई अड्को थापेर सरकारले यो विधेयक रोक्ने चलखेल सुरु गरेको हो । पछिल्ला दिनहरुमा विधेयकहरुमा किचलो ल्याउने काम सरकारी पक्षबाटै भइरहेको छ । ‘कुलिङ पिरियड’ गोलमालका कारण विवादमा तानिएको संघीय निजामती सेवा विधेयकमा फेरि पनि विवाद सिर्जना भएको छ । यसअघि सत्तारुढ दल एमालेले कुलिङ पिरियड हटाउन जोडबल गरेको थियो । यद्यपि सत्तारुढ दल नेपाली कांग्रेस र विपक्षीको विरोधले कुलिङ पिरियड राख्ने सहमति भयो ।

अहिले फेरि सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले उमेर हद लागू गर्ने समयमा अत्तो थाप्दै विवाद निकालेकी छन् । प्रतिनिधिसभाबाट उमेर हदबारे विधेयक ऐनमा रुपान्तरित भएर लागू भएको वर्ष ५८ वर्ष नै कायम रहने, अर्को वर्ष ५९ र त्यसपछिको वर्षमा ६० वर्ष लागू हुनेगरी विधेयक पास गरेर राष्ट्रिय सभामा पठाएको छ । तर मन्त्री न्यौपानेले भने यसै वर्षबाट ५९ वर्ष कायम हुनुपर्ने भन्दै अडान लिएकी छन् । मन्त्रालयका सचिव, सहसचिवको उक्साहटमा मन्त्री न्यौपानेले पनि यही अडान लिएको देखिन्छ ।

यो व्यवस्थामा संशोधन गरेर सुरुकै वर्ष ५९ वर्ष कायम गरे मुख्यसचिव र सचिवलगायत ५८ वर्षको अनिवार्य अवकाश जानेले एक वर्ष थप जागिरको समय पाउने छन् । मन्त्रीको यस्तो जोडबल हेर्दा सरकार कर्मचारी पोस्ने नीति लिएको प्रस्ट देखिन्छ । अहिले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा छन् । १७ गते जसरी पनि पारित हुनुपर्ने यो विधेयक पारित गर्ने समय घर्किंदै छ । प्रधानमन्त्री ओली बुधबारमात्र काठमाडौं फर्कंदै छन् । उनको राय पर्खने भन्दै एमालेका मन्त्रीहरु अहिले मौन बसेका छन् । 

Hardik health

सोमबार यो विधेयक राष्ट्रिय सभाबाट पारित गरी प्रतिनिधिसभामा पठाउने तयारी थियो । तर विधायन व्यवस्थापन समितिबाट पारित नभएपछि राष्ट्रिय सभाले छलफलको कार्यसूचीबाटै हटायो । प्रतिनिधिसभाबाट आएको विधेयक राष्ट्रिय सभाले ६० दिनभित्र पारित गरी मंगलबार राति १२ बजेभित्र फिर्ता गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । कुलिङ पिरियडमा चित्त नबुझाएको एमालेले अन्तिम समयमा उमेर हद लागू गर्ने समयको निर्णय नै उल्ट्याएर चलखेल गर्न खोजेको हो । सामान्यतया कानुन बनाउँदा सरकार पक्षले यस्तो गर्नु अशोभनीय विषय हो । बल्लबल्ल सहमतिमा आएको विषयमा कर्मचारीको पक्षमा लागेर समयको बर्बादी गर्नु बेकार छ । आज समय नघर्कंदै विधेयक समितिबाट पारित होस् र प्रतिनिधिसभामा फिर्ता पुगोस् । 
 


प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  ११:३४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं बिहीबार, चैत ५, २०८२
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP