Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #मलेसियान_सिण्डिकेट
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • पुटिनद्वारा युक्रेन आक्रमणको बचाउ गर्दै पश्चिमलाई दोषारोपण
पुटिनद्वारा युक्रेन आक्रमणको बचाउ गर्दै पश्चिमलाई दोषारोपण
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ १६, २०८२

तियानजिन-रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार चीनमा आयोजित शिखर सम्मेलनमा आफ्ना सहयोगीहरूसमक्ष युक्रेनमाथिको आक्रमणको बचाउ गर्दै पश्चिमी मुलुकलाई साढे तीन वर्ष लामो युद्ध सुरु गराएको आरोप लगाएका छन्  ।

यस युद्धले दशौँ हजार मानिसको ज्यान लिएको छ र पूर्वी युक्रेनका धेरै क्षेत्र ध्वस्त पारिएका छन् । पुटिनले भने, “यो संकट रुसले युक्रेनमाथि आक्रमण गर्दा उत्पन्न भएको होइन, बरु युक्रेनमा भएको कूको परिणाम हो, जसलाई पश्चिमी देशहरूले समर्थन र उक्साएका थिए ।” 

उनले सन् २०१३–२०१४ को युरोपेली क्रान्तिको सन्दर्भ दिँदै त्यतिबेला रूसी समर्थक राष्ट्रपतिलाई हटाइएको बताए ।त्यसपछिको प्रतिक्रियामा मस्कोले क्रिमियन प्रायद्वीपलाई आफ्नो क्षेत्रमा मिलायो र पूर्वी युक्रेनमा रुसी समर्थक पृथकतावादीलाई समर्थन दियो, जसले गृहयुद्ध भड्कायो ।

रूसी राष्ट्रपतिले भने, “संकटको अर्को कारण भनेको युक्रेनलाई नाटोमा तान्ने पश्चिमी मुलुकहरूको निरन्तर प्रयास हो ।” पुटिनले साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा बोलिरहेका थिए । सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इरानी राष्ट्रपति मसुद पेजेस्कियान लगायतका सहयोगी नेताहरू सहभागी हुन् ।

Hardik health

मस्को र बेइजिङले एससिओलाई नाटोसहित पश्चिमी नेतृत्वको राजनीतिक तथा सुरक्षा ब्लकको विकल्पका रूपमा लिएका छन् ।  पुटिनले विश्वलाई अब ‘पुरानो युरोकेन्द्रित र युरो–एटलान्टिक मोडेलको सट्टा विभिन्न देशहरूको हितलाई ध्यानमा राख्ने प्रणाली’ आवश्यक भएको बताए।

उनले चीन, भारत र अन्य रणनीतिक साझेदारहरूले अघि सारेका प्रस्ताव र प्रयासलाई युक्रेन संकट समाधानमा महत्त्वपूर्ण योगदानका रूपमा मूल्यांकन गर्ने बताए ।  यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न मस्को र किएभ दुवैलाई सम्झौतामा आउन आग्रह गरेका छन्  । तर शान्ति प्रस्ताव हालसम्म रोकिएको छ । पुटिनले युद्धविरामको आह्वानलाई अस्वीकार गर्दै युक्रेनलाई थप भू–भाग त्याग्न र पश्चिमी समर्थन परित्याग गर्नुपर्ने माग राखेका छन्  ।

किएभले भने आफूहरूले युद्ध सुरु नगरेको दाबी गर्दै ती मागलाई अस्वीकार गरेको छ । रूसी राष्ट्रपति पुटिनले द्वन्द्व अन्त्यका लागि कूटनीतिक प्रयास र हालै अमेरिकी राष्ट्रपति ट्रम्पसँग भएका वार्ताबारे शृङ्खलाबद्ध द्विपक्षीय बैठकमा छलफल गर्ने बताएका छन्  । 

    उहाँले सोमबार पछि भारतीय प्रधानमन्त्री मोदी, इरानी राष्ट्रपति पेजेस्कियान र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनसँग छुट्टै वार्ता गर्ने तयारीसमेत गर्नुभएको छ ।
–––

Powered By  Orson Infotech
 


प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  ११:५०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
श्रीलंकामा वन तथा वन्यजन्तु संरक्षणको लागि ‘वाना सुराकुमा’कार्यक्रम सुरु
श्रीलंकामा वन तथा वन्यजन्तु संरक्षणको लागि ‘वाना सुराकुमा’कार्यक्रम सुरु सोमबार, कात्तिक १७, २०८२
जर्मन स्टार्टअपले गर्याे पूर्ण स्वचालित रोबोटिक रेस्टुरेन्ट  सार्वजनिक
जर्मन स्टार्टअपले गर्याे पूर्ण स्वचालित रोबोटिक रेस्टुरेन्ट सार्वजनिक सोमबार, कात्तिक १७, २०८२
मुद्दा समाधानका लागि उत्तर कोरियाली नेतासँग भेट गर्न जापानी प्रधानमन्त्री भेट गर्न आग्रह
मुद्दा समाधानका लागि उत्तर कोरियाली नेतासँग भेट गर्न जापानी प्रधानमन्त्री भेट गर्न आग्रह सोमबार, कात्तिक १७, २०८२
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह सोमबार, कात्तिक १७, २०८२
इरान–रुस साझेदारीमा आठ नयाँ आणविक संयन्त्र निर्माण गरिने
इरान–रुस साझेदारीमा आठ नयाँ आणविक संयन्त्र निर्माण गरिने सोमबार, कात्तिक १७, २०८२
राष्ट्रपति सिबाट ली जे म्योङलाई  साओमी स्मार्टफोन  उपहार
राष्ट्रपति सिबाट ली जे म्योङलाई साओमी स्मार्टफोन उपहार सोमबार, कात्तिक १७, २०८२
पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा
पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा सोमबार, कात्तिक १७, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP