Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • लोपहुने अवस्थामा भोजपुरका पुस्तकालय
लोपहुने अवस्थामा भोजपुरका पुस्तकालय
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ १५, २०८२

काठमाडौं-  भोजपुरमा पछिल्लो समय आधुनिक प्रविधिको विकाससँगै पुस्तकालय सञ्चालनमा कमी हुँदै आएको छ ।  विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बन्नुकासाथै प्रविधिको विकास हुनु, पठन संस्कृति लोप हुनुलगायत कारणले यहाँको श्रीराम अमर पुस्तकालयमा पठन संस्कृतिमा कमी हुँदै गएको हो ।

राणाकालमा स्थानीय नारदमणि थुलुङ, विचारीचन्द्र प्रसाद, इन्द्रप्रसाद श्रेष्ठ, जगदीश सापकोटालगायत युवाद्वारा पुस्तक सङ्कलन गरी श्रीराम पुस्तकालय सञ्चालन गरिएको थियो । उक्त पुस्तकालयले तत्कालीन शासकबाट विसं २००५ देखि सञ्चालनको अनुमति प्राप्त गरेको स्थानीय नवीन सुवालले बताए । 

राणाविरोधी आन्दोलनमा ज्यान गुमाएका वीर अमर सहिदहरूको सम्झनामा विसं २०१० मा सदरमुकाममा श्री अमर सहिद पुस्तकालय स्थापना भएको थियो । तत्कालीन वडा कार्यालयले विसं २०१२ माघ २२ गते धार्मिक तरिकाबाट पुस्तकालय सञ्चालन गर्न अनुमति दिएका पुस्तकालयका ज्ञाता एवं स्थानीय शेरबहादुर मोक्तानले बताए । उनले भवन अभाव, आर्थिक समस्या, प्रविधिको प्रयोग नहुनुलगायत कारणले यहाँका पुस्तकालय लोप हुने अवस्थामा पुगेका उल्लेख गरे ।

Hardik health

पुस्तकको अभाव, आर्थिक समस्या, स्थान अभावलगायत कारणले दुवै पुस्तकालय सञ्चालनमा समस्या भएपछि विसं २०२३ माघ १६ गते श्री राम अमर सहिद नाममा रूपान्तरण गरी दुवै पुस्तकालय संयुक्त रूपमा सञ्चालन गर्न थालिएको पुस्तकालयका संरक्षकसमेत रहनुभएका मोक्तानले जानकारी दिए । उनले भने,‘विभिन्न चाडपर्व, देउसी, भैली, लाखे जात्रा प्रदर्शन तथा विभिन्न अवसरमा देखाइने नाटक, एकाङ्की प्रदर्शन तथा मञ्चनमार्फत भएको आम्दानी बचत गर्नुका साथै तत्कालीन जिल्ला पञ्चायतबाट आर्थिक सहयोगबाट आफ्नै भवन निर्माण गरिएको हो ।’ विसं २०४० भदौमा एक लाख १४ हजार रुपैयाँ लागतमा भवन निर्माण भएको थियो ।  जिल्ला प्रशासन कार्यालय, भोजपुरमा ‘संस्था दर्ता ऐन, २०३४’ अनुसार वि.सं. २०३८ साउन ६ गते २ नं मा दर्ता भएको यो पुस्तकालय समाज कल्याण परिषद्मा ‘समाज कल्याण ऐन, २०४९’अन्तर्गत दर्ता भएर प्रमाणपत्र प्राप्त गरेको छ । 
विसं २०७२ को भूकम्पले क्षति पु¥याएको पुस्तकालयको भवन पुनःनिर्माण नहुँदा नियमित सञ्चालनमा समस्या भइरहेको सञ्चालक समितिका अध्यक्ष सिरोज श्रेष्ठले बताए । ‘जीर्ण बनेको भवन पुनःनिर्माणका लागि आवश्यक बजेट व्यवस्थापन हुन नसक्दा ऐतिहासिक पुस्तकालय लोप हुने अवस्थामा पुगेको छ’, उनले भने,‘पुस्तकालयमा ‘इ–लाइब्रेरी’ सञ्चालनका लागि काठमाडौँस्थित पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइराला संरक्षक रहेको ईश्वर मन्दिरले दुई थान कम्प्युटर हस्तान्तरण गरे पनि भवन नहुँदा आधुनिक प्रविधिको प्रयोग गर्न सकिएको छैन् ।’

तत्कालीन समयमा पुस्तकालयले विगतमा राजा वीरेन्द्रको शुभजन्मोत्सव विषेशाङ्क, पिखुवाको सुसेलीलगायत केही फुटकर साहित्यिक पुस्तक प्रकाशन गरिसकेको छ । विगतमा भानुजयन्ती, मोतीजयन्ती, लक्ष्मीजयन्ती, सहिद दिवस, पुस्तकालय वार्षिकोत्सवलगायत अवसरमा साहित्यिक भेला, कविता गोष्ठीलाई पुस्तकालयले सञ्चालन गर्दै आइरहेको स्थानीय प्रविण सुवालले बताए ।  पुस्तकालयले सांस्कृतिक पर्वहरूको जगेर्ना गर्न तथा परम्परा कायम राख्न प्रत्येक वर्ष नागपञ्चमीदेखि सुरु हुने लाखेजात्रा पर्वमा लाखे नाच, गाई जात्रा, कृष्णअष्टमी जात्रा, रथ यात्राको प्रदर्शन गर्नुका साथै नेपाल सम्वत्, ल्होसार चण्डीनाचको आयोजना गर्न सहयोग जनाउँदै आएको छ । पुस्तकालयलाई व्यवस्थित रूपमा आधुनिक प्रविधिअनुसार सञ्चालनमा ल्याएमा स्थानीयका साथै विद्यालय र क्याम्पसका विद्यार्थी प्रत्यक्ष लाभान्वित बन्ने स्थानीय पुस्तक व्यवसायी जीवन श्रेष्ठले बताए । ‘विगतमा अन्य ठाउँमा नपाइने पुस्तक यहाँ पढ्न पाइन्थ्यो । यहाँ हरेक किसिमका पुस्तक र पत्रपत्रिकाहरू पाइन्थ्यो ।’ 

अहिले पुस्तकालयमा साहित्य, व्याकरण, उपन्यास नेपाली हिन्दी, कथा, कविता नाटक, निबन्ध, इतिहाससम्बन्धी, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका पुस्तक, हास्यसम्बन्धी, भूगोल, अर्थशास्त्र, अङ्ग्रेजीलगायत विभिन्न विधाका छ हजार बढी पुस्तक रहेका पुस्तकालयका संरक्षक मोक्तानले जानकारी दिए ।  साथै विसं २०१२ मा स्थापना भएको भोजपुर नगरपालिका–४, सिद्धेश्वरस्थित जनहित पुस्तकालय अहिले बन्द भएको छ । आधुनिकतासँगै पुस्तक पढ्न आउने पाठनको कमी हँुदा पुस्तकालय नियमित रूपमा सञ्चालन गर्न नसकिएको शिक्षक गणेश श्रेष्ठले बताए । उनले भने,‘पुस्तक र भवन पनि छ, तर पाठकको अभावका कारण नियमित सञ्चालनमा छैन, यसलाई इ–लाइब्रेरीका रूपमा विकास गर्न जरुरी छ ।’ यहाँ करिब चार हजार पुस्तक छन् । 

जिल्लाको दक्षिण हतुपागढी गाउँपालिकामा सञ्चालनमा रहेको हतुवागढी सार्वजनिक पुस्तकालय व्यवस्थापनका लागि ‘पठन संस्कृतिमा सरोकारवालाः अवसर र चुनौती’ विषयमा आइतबार छलफल भएको थियो । पुस्तकालय तथा ईश्वरमान राई अध्ययन प्रतिष्ठानको आयोजना र गाउँपालिकाको सहयोगमा उक्त छलफल आयोजना गरेको छ । 
 


प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  १७:१६
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना सुरु
वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना सुरु बिहीबार, चैत ५, २०८२
शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता
शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता सोमबार, चैत २, २०८२
अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन
अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन सोमबार, चैत २, २०८२
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालयको रुपमा विकसित गरिने
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालयको रुपमा विकसित गरिने बिहीबार, फागुन २८, २०८२
वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण
वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण शुक्रबार, फागुन १५, २०८२
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह मंगलबार, फागुन १२, २०८२
आर्थिक सहयोग गरेर विद्यालयलाई ऋणमुक्त
आर्थिक सहयोग गरेर विद्यालयलाई ऋणमुक्त मंगलबार, फागुन १२, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP