Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #मलेसियान_सिण्डिकेट
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • गाजालाई चरणबद्ध  विलय गर्ने इजरायली मन्त्री स्मोट्रिचको प्रस्ताव
गाजालाई चरणबद्ध  विलय गर्ने इजरायली मन्त्री स्मोट्रिचको प्रस्ताव
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ १३, २०८२

एएनआई-   गाजालाई चरणबद्ध रूपमा विलय गर्ने इजरायली मन्त्री स्मोट्रिचको प्रस्ताव रहेको छ । गाजा पट्टीलाई इजरायलमा विलय गर्नुपर्ने प्रस्ताव राखेको अल जजिराले बताएको हो ।

इजरायली अर्थमन्त्री बेजलेल स्मोट्रिचले हमासले निरस्त्रीकरण गर्न अस्वीकार गरेमा गाजा पट्टीलाई इजरायलमा विलय गर्नुपर्ने प्रस्ताव राखेको अल जजिराले बताएको छ । बिहीबार पत्रकार सम्मेलनमा स्मोट्रिचले भने,‘यदि हमास आत्मसमर्पण गर्न, हतियार त्याग्न र इजरायली बन्दीहरूलाई रिहा गर्न तयार भएन भने, इजरायलले हरेक हप्ता गाजाको एक भाग कब्जा गर्दै चार हप्ताभित्र सम्पूर्ण नियन्त्रण लिनुपर्छ ।’ उनका अनुसार प्रारम्भमा प्यालेस्टिनीहरूलाई गाजाको दक्षिण भागतर्फ सर्न भनिनेछ, त्यसपछि इजरायलले उत्तर र केन्द्र क्षेत्रलाई घेराबन्दी गरी अन्ततः विलय गर्नेछ । स्मोट्रिचले यस प्रक्रिया तीनदेखि चार महिनाभित्र पूरा गर्न सकिने दाबी गर्दै भने,‘यी कदमहरू वर्षको अन्त्यसम्म गाजामा ‘विजय’ हासिल गर्ने योजनाको हिस्सा हुन् ।’

इजरायली सेनाले गाजा सहरतर्फ गहिरो अग्रसर गर्दै करिब १० लाख प्यालेस्टिनीलाई विस्थापित गर्ने उद्देश्यले क्षेत्र कब्जा गर्ने प्रयासलाई तीव्र पारेको बेला उनको यो टिप्पणी आएको हो । यसबीच, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गत हप्ता इजरायलको आक्रमणले ‘ठूलो मृत्यु र विनाश’ निम्त्याउने चेतावनी दिएका थिए । उनले सैन्य आक्रमणलाई व्यापक रूपमा निन्दा गर्दै भने,‘अनिकाल आउन लागेको होइन, यो अहिले भइरहेको विनाश हो । मानिसहरू भोकमरीका कारण मर्दैछन्, परिवारहरू विस्थापन र निराशाबाट टुक्रिँदैछन्, गर्भवतीहरूले अकल्पनीय जोखिम भोगिरहेका छन् र खाना, पानी तथा स्वास्थ्य सेवा जस्ता जीवनधारणका आधारभूत प्रणालीहरू व्यवस्थित रूपमा ध्वस्त पारिएका छन् ।’

Hardik health

गाजामा इजरायली नाकाबन्दीका कारण खाद्यान्न, पानी र अन्य मानवीय आपूर्तिको चरम अभाव भइरहेको छ । यसैबीच, हमासले स्मोट्रिचको टिप्पणीलाई कडा रूपमा अस्वीकार गर्दै भनेको छ,‘उक्त अभिव्यक्ति हाम्रा जनतालाई उन्मूलन गर्ने आधिकारिक आह्वान हो र यसले भोकमरीलाई हतियारका रूपमा प्रयोग गर्ने तथा निर्दोष नागरिकविरुद्ध घेराबन्दीलाई औपचारिक स्वीकार गरेको पुष्टि गर्दछ ।’ अल जजिराले उद्धृत गरेको विज्ञप्तिमा हमासले भनेको छ,‘स्मोट्रिचको भनाइ कुनै एक व्यक्तिको चरमपन्थी विचार मात्र होइन, बरु लगभग २३ महिनादेखि लागु भइरहेको सरकारी नीतिको निरन्तरता हो । यसले विश्वसमक्ष कब्जाको वास्तविकता उजागर गरेको छ र गाजामा भइरहेको घटना सैन्य युद्ध होइन, बरु नरसंहार र सामूहिक विस्थापनको परियोजना हो भन्ने पुष्टि गरेको छ ।’ स्मोट्रिचले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आफ्नो विलय योजना ‘तुरुन्तै पूर्ण रूपमा’ अपनाउन आग्रह गरेका छन् । 

नेतान्याहुले यसबारे सार्वजनिक रूपमा कुनै टिप्पणी गरेका छैन । तर यसअघि उनले इजरायलले ‘सम्पूर्ण गाजाको नियन्त्रण लिन’ र यस क्षेत्रलाई पुनः कब्जा गर्न सक्ने सङ्केत दिएको अल जजिराले उल्लेख गरेको छ । 


प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  ११:३४
#गाजा
प्रतिक्रिया दिनुहोस्
थप विश्व
श्रीलंकामा वन तथा वन्यजन्तु संरक्षणको लागि ‘वाना सुराकुमा’कार्यक्रम सुरु
श्रीलंकामा वन तथा वन्यजन्तु संरक्षणको लागि ‘वाना सुराकुमा’कार्यक्रम सुरु सोमबार, कात्तिक १७, २०८२
जर्मन स्टार्टअपले गर्याे पूर्ण स्वचालित रोबोटिक रेस्टुरेन्ट  सार्वजनिक
जर्मन स्टार्टअपले गर्याे पूर्ण स्वचालित रोबोटिक रेस्टुरेन्ट सार्वजनिक सोमबार, कात्तिक १७, २०८२
मुद्दा समाधानका लागि उत्तर कोरियाली नेतासँग भेट गर्न जापानी प्रधानमन्त्री भेट गर्न आग्रह
मुद्दा समाधानका लागि उत्तर कोरियाली नेतासँग भेट गर्न जापानी प्रधानमन्त्री भेट गर्न आग्रह सोमबार, कात्तिक १७, २०८२
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह सोमबार, कात्तिक १७, २०८२
इरान–रुस साझेदारीमा आठ नयाँ आणविक संयन्त्र निर्माण गरिने
इरान–रुस साझेदारीमा आठ नयाँ आणविक संयन्त्र निर्माण गरिने सोमबार, कात्तिक १७, २०८२
राष्ट्रपति सिबाट ली जे म्योङलाई  साओमी स्मार्टफोन  उपहार
राष्ट्रपति सिबाट ली जे म्योङलाई साओमी स्मार्टफोन उपहार सोमबार, कात्तिक १७, २०८२
पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा
पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा सोमबार, कात्तिक १७, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP