काठमाडौं- साताको चौथो दिन बुधबार सेयर बजार नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ५३.०१ अंकले बढेर २८१९ पुगेको हो ।
त्यस्तै कारोबार रकम ४ अर्ब १८ करोडबाट बढेर ७ अर्ब ६८ करोड पुगेको छ । २४ वटा कम्पनीको सेयर कारोबार हुँदा २३२ कम्पनीको मूल्य बढेको छ । बजारमा उत्साहजनक वृद्धिका बाबजुद आज १० वटा कम्पनीको मूल्य घटेको छ । त्यस्तै सीआईसी नेपाल लघुवित्तको ३.०५ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकले २.०७ प्रतिशत, पियोर इनर्जीको २.०२ प्रतिशतले मूल्य घटेको छ ।
त्यसबाहेक १ प्रतिशत भन्दा धेरै मूल्य घट्नेमा सिक्लेस हाइड्रोपावर र आत्मनिर्भर लघुवित्त रहेका छन् । बाँकी कम्पनीको मूल्य १ प्रतिशत भन्दा कमले घटेको छ ।