Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लिपुलेक
  • #विदेसिनेको संख्या
  • #दक्षिण कोरिया
  • #घुँगीफोर गरुड
  • #विपद्का घटना
  • #यातायात
  • #रेमिट्यान्समा रेकर्ड
  • #संसद
  • #दुर्घटना
Search Here
विश्व
  • Home
  • विश्व
  • संयुक्त राष्ट्र आणविक वाचडग प्रमुख ‘निरीक्षकहरू इरानमा फर्किए
संयुक्त राष्ट्र आणविक वाचडग प्रमुख ‘निरीक्षकहरू इरानमा फर्किए
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ११, २०८२

एएफपी- संयुक्त राष्ट्रसङ्घको आणविक वाचडगका प्रमुखले आफ्ना निरीक्षकहरूको टोली ‘इरानमा फर्किएको’बताएका छन् । यो वर्ष इजरायली र अमेरिकी आक्रमणपछि पहिलो पटक अन्तर्राष्ट्रिय टोलीले इरानी आणविक सुविधामा प्रवेश गरेको हो ।

जुन महिनामा इजरायलसँग भएको १२ दिने युद्धपछि इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) सँगको सहयोग स्थगित गरेको थियो । तेहरानले आफ्नो आणविक सुविधामा इजरायली र अमेरिकी आक्रमणको निन्दा गर्न आइएइए असफल भएको आरोप लगाएको थियो । ‘अब आइएइए निरीक्षकहरूको पहिलो टोली इरानमा फर्किएको छ र हामी काम पुनः सुरु गर्न लागिरहेका छौँ’, महानिर्देशक राफेल ग्रोसीले मङ्गलबार प्रसारित फक्स न्युजको ‘द स्टोरी’ कार्यक्रमलाई दिएको अन्तर्वार्तामा भने । ग्रोसीले भने, ‘इरानमा धेरै सुविधा छन् । केहीमाथि आक्रमण भएको छ, केहीमाथि भएको छैन । त्यसैले हामी हाम्रो कामलाई सजिलो बनाउन कस्तो प्रकारका व्यावहारिक व्यवस्थाहरू कार्यान्वयन गर्न सकिन्छ भन्नेबारे छलफल गरिरहेका छौँ ।’

यो घोषणा मङ्गलबार जेनेभामा भएको इरान र बेलायत, फ्रान्स तथा जर्मनीबीचको वार्तापछि आएको हो । तेहरानले युरोपेली शक्तिहरूले धम्की दिएको ‘स्न्यापब्याक प्रतिबन्ध’ रोक्न खोजिरहेको छ । यो प्रतिबन्ध सन् २)१५ को मृतप्राय आणविक सम्झौताअन्तर्गत लागू गर्न सकिने प्रावधान हो । वार्तामा सहभागी इरानका उपविदेशमन्त्री काजेम घारिबाबादीले भने,‘युरोपेली पक्षहरूले अब सही निर्णय गर्नुपर्छ । कूटनीतिलाई समय र ठाउँ दिन यो उच्च समय हो ।’ सन् २०१५ को सम्झौताका पक्ष राष्ट्रहरू बेलायत, फ्रान्स र जर्मनीले अगस्टको अन्त्यसम्ममा ‘स्न्यापब्याक संयन्त्र’ सुरु गर्ने चेतावनी दिएका छन् । मङ्गलबारको बैठक युद्ध अन्त्य भएपछि युरोपेली कूटनीतिज्ञहरूसँग भएको दोस्रो चरणको वार्ता थियो । यो द्वन्द्व इजरायलको अभूतपूर्व आक्रमणबाट सुरु भएको थियो ।

Hardik health

यस युद्धले इरान र अमेरिकाबीचको आणविक वार्तालाई लिकबाट उतारेको छ । साथै, इरानको आइएइएसँगको सम्बन्धलाई पनि बिगारेको छ । तेहरानले आफ्नो आणविक सुविधामाथिको आक्रमणका लागि आंशिक रूपमा संयुक्त राष्ट्रसङ्घीय एजेन्सीलाई दोष दिएको छ । इजरायलले इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्न आक्रमण गरेको बताउँदै आएको छ, तर तेहरानले यस्तो महत्त्वाकांक्षालाई बारम्बार अस्वीकार गरेको छ ।तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकालाई सम्झौताबाट एकतर्फी रूपमा फिर्ता लिएर इरानमाथि कडा प्रतिबन्ध लगाएसँगै सन् २०१५ को आणविक सम्झौता सन् २०१८ मा ध्वस्त भएको थियो ।


प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १४:०३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
डोनाल्ड ट्रम्पले गाजा बारे ह्वाइट हाउसमा ‘ठूलो बैठक’ गर्ने
डोनाल्ड ट्रम्पले गाजा बारे ह्वाइट हाउसमा ‘ठूलो बैठक’ गर्ने बुधबार, भदौ ११, २०८२
बङ्गलादेशद्वारा पाकिस्तानलाई माफी माग्न आग्रह
बङ्गलादेशद्वारा पाकिस्तानलाई माफी माग्न आग्रह सोमबार, भदौ ९, २०८२
भान्सद्वारा भारतमाथि लगाइएको भन्सार शुल्कको बचाउ
भान्सद्वारा भारतमाथि लगाइएको भन्सार शुल्कको बचाउ सोमबार, भदौ ९, २०८२
मानव पुर्खा लुसीको प्रागमा पहिलोपटक युरोपेली प्रदर्शन
मानव पुर्खा लुसीको प्रागमा पहिलोपटक युरोपेली प्रदर्शन सोमबार, भदौ ९, २०८२
जेलमा रहेका पूर्व नेतालाई पूर्व राष्ट्रपतिहरूको समर्थन
जेलमा रहेका पूर्व नेतालाई पूर्व राष्ट्रपतिहरूको समर्थन आइतबार, भदौ ८, २०८२
उत्तर कोरियाद्वारा हवाई रक्षा परीक्षण
उत्तर कोरियाद्वारा हवाई रक्षा परीक्षण आइतबार, भदौ ८, २०८२
लोकप्रिय
  • Week
  • Month
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
एससिटी पे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने
एससिटी पे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP