Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #मलेसियान_सिण्डिकेट
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • भान्सद्वारा भारतमाथि लगाइएको भन्सार शुल्कको बचाउ
भान्सद्वारा भारतमाथि लगाइएको भन्सार शुल्कको बचाउ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ ९, २०८२

एएफपी-  अमेरिकाका उपराष्ट्रपति जे डी भान्सले आइतबार (स्थानीय समय) भारतमाथि लगाइएका माध्यमिक प्रतिबन्ध र भन्सार शुल्कलाई युक्रेन युद्धमा रुसविरुद्ध प्रयोग गरिएको ‘आक्रामक आर्थिक लाभ’ को रणनीति अन्तर्गत रहेको भन्दै यसको बचाउ गरेका  छन्  ।

एनबिसी न्युजको मिट द प्रेस कार्यक्रममा बोल्दै उनले ट्रम्प प्रशासनले भारतमाथि कर लगाउने उपायमार्फत मस्कोलाई आफ्नो तेल अर्थतन्त्रबाट फाइदा लिन कठिन बनाइरहेको बताए । उनले,‘मलाई लाग्छ यो प्रश्नले वास्तविक अवस्थाबारे गलत बुझाइ ल्याउँछ । राष्ट्रपतिले आक्रामक आर्थिक लाभको प्रयोग गर्नुभएको छ । उदाहरणका लागि, रुसीहरूलाई तेल अर्थतन्त्रबाट धनी हुन कठिन बनाउने उद्देश्यले भारतमाथि दोस्रो भन्सार शुल्क लगाइएको हो । उहाँले यदि रुसले हत्या र हिंसा रोकेर युद्ध अन्त्य गर्छ भने उनीहरू पुनः विश्व अर्थतन्त्रमा समाहित हुन सक्छन्, तर यदि त्यसो भएन भने उनीहरू अलग–थलग रहन्छन् भनेर स्पष्ट रूपमा देखाउनु खोज्नुभएको छ ।’

प्रतिबन्धले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्धविरामका लागि बाध्य भएकाा छन् भन्ने विदेशमन्त्री मार्को रुबियोको शङ्काबारे सोध्दा भान्सले भने,‘प्रतिबन्धहरू टेबलबाट हटाइएका छैनन् । हामी केस-बाइ-केस आधारमा निर्णय गर्छौं । वास्तविक प्रश्न यो हो कि कुन प्रकारको दबाबले रुसीहरूलाई वार्ता टेबलमा ल्याउन सक्छ ? तपाईंले भन्नुभयो कि प्रतिबन्धले युद्धविराम ल्याउँदैन, मलाई लाग्छ त्यो ठ्याक्कै सत्य हो । किनकि यदि हामी रुसीहरूको दृष्टिकोणलाई हेर्‍यौँ भने, उनीहरू युद्ध रोक्न चाहँदैनन् । उनीहरूका जटिल कारण छन् जसका कारण युद्ध जारी राख्न चाहन्छन् ।’ उप-राष्ट्रपतिले अमेरिकासँग अझै पनि ‘खेल्न बाँकी धेरै कार्डहरू’ रहेको उल्लेख गर्दै ट्रम्प प्रशासनले अघिल्ला सरकारहरूमाभन्दा बढी आर्थिक दबाब मस्कोमाथि दिएको दाबी गरे ।

Hardik health

वासिङ्टनले रुसी तेलको सबैभन्दा ठूलो खरिदकर्ता चीनमाथि समान उपाय लागू नगरेको भन्ने आलोचनामा उनले जवाफ दिँदै भनिन,‘अहिले हामीसँग चीनमाथि ५४ प्रतिशत कर छ । यसैले हामीले पहिले नै चिनियाँहरूमाथि कडा प्रतिबन्ध लागू गरिसकेका छौँ । साथै, युद्ध अन्त्य गर्न चीनलाई जिम्मेवार साझेदार बन्न प्रोत्साहित गर्न सरकारका सबै तहमा निरन्तर संवाद भइरहेका छन् ।’ यदि रुससँग सम्झौता भयो भने केही कर हटाउन सकिने तर आवश्यक परे थप भन्सार शुल्क लगाउने विकल्प पनि खुला रहनेछ भन्ने भान्सले सङ्केत दिए । ‘हामी यो युद्धलाई अन्त्यतर्फ लैजान आक्रामक आर्थिक दबाब दिइरहेका छौँ । सम्भवतः हामीले अझै थप दबाब लागू गर्नेछौँ, वा यदि प्रगति भएको महसुस भयो भने त्यो दबाब घटाउनेछौँ ,’भान्सले भने,‘रुस-युक्रेन वार्ता र युक्रेनका लागि अमेरिकी प्रतिबद्धता सन्दर्भमा हामी युक्रेनलाई सुरक्षा ग्यारेन्टी प्रदान गरिरहेका छौँ जसले भविष्यमा फेरि आक्रमण हुन नदिने सुनिश्चित गर्छ । त्यसैले धेरै प्रगति भएको छ, यद्यपि हामी अझै लक्ष्यसम्म पुगेका छैनौँ ।’

अमेरिकी कूटनीतिक पहलमा प्रकाश पार्दै उहाँले भने,‘हामी हत्या र युद्ध रोक्ने आधार खोज्न रुसी तथा युक्रेनी दुवैसँग सकेसम्म संवाद गर्ने प्रयास गरिरहेका छौँ । राष्ट्रपति पनि यस क्षेत्रमा धेरै आक्रामक र ऊर्जावान कूटनीतिमा संलग्न हुनुभएको छ, किनभने यो युद्ध कसैको हितमा छैन । यो न युरोप न अमेरिकाको हितमा पर्छ । रुस वा युक्रेनको हितमा पनि छैन । त्यसैले हामी कूटनीतिक समाधानका लागि निरन्तर दबाब दिनेछौँ ।”


प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १५:०७
प्रतिक्रिया दिनुहोस्
थप विश्व
श्रीलंकामा वन तथा वन्यजन्तु संरक्षणको लागि ‘वाना सुराकुमा’कार्यक्रम सुरु
श्रीलंकामा वन तथा वन्यजन्तु संरक्षणको लागि ‘वाना सुराकुमा’कार्यक्रम सुरु सोमबार, कात्तिक १७, २०८२
जर्मन स्टार्टअपले गर्याे पूर्ण स्वचालित रोबोटिक रेस्टुरेन्ट  सार्वजनिक
जर्मन स्टार्टअपले गर्याे पूर्ण स्वचालित रोबोटिक रेस्टुरेन्ट सार्वजनिक सोमबार, कात्तिक १७, २०८२
मुद्दा समाधानका लागि उत्तर कोरियाली नेतासँग भेट गर्न जापानी प्रधानमन्त्री भेट गर्न आग्रह
मुद्दा समाधानका लागि उत्तर कोरियाली नेतासँग भेट गर्न जापानी प्रधानमन्त्री भेट गर्न आग्रह सोमबार, कात्तिक १७, २०८२
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह सोमबार, कात्तिक १७, २०८२
इरान–रुस साझेदारीमा आठ नयाँ आणविक संयन्त्र निर्माण गरिने
इरान–रुस साझेदारीमा आठ नयाँ आणविक संयन्त्र निर्माण गरिने सोमबार, कात्तिक १७, २०८२
राष्ट्रपति सिबाट ली जे म्योङलाई  साओमी स्मार्टफोन  उपहार
राष्ट्रपति सिबाट ली जे म्योङलाई साओमी स्मार्टफोन उपहार सोमबार, कात्तिक १७, २०८२
पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा
पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा सोमबार, कात्तिक १७, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP