Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • ‘कुलिङ पिरियड’ फेरि गोलमाल गराउने खेल
छलफल रोकेर गृहजिल्लामा तीज मनाउँदै मन्त्री न्यौपाने    ‘कुलिङ पिरियड’ फेरि गोलमाल गराउने खेल
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ ९, २०८२

काठमाडौं-  प्रतिनिधिसभाबाट पारित भएसँगै चर्चित बनेको ‘कुलिङ पिडियड’सम्बन्धी व्यवस्था रहेको संघीय निजामती सेवा विधेयक फेरि गोलमाल गराउने प्रयास भइरहेको पाइएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पुगेको यो विधेयकमाथि दफावार छलफल सुरु भए पनि विभागीय मन्त्री नै गोलमाल गराउने प्रयासमा लागेकी हुन् ।

यो विधेयक प्रतिनिधिसभामा पठाउन अब आठ दिनमात्र बाँकी छ । तर कुलिङ पिरियडलगायत महत्वपूर्ण विषयमा संशोधनको सहमति नै भएको छैन । ‘दफावार छलफल चलिरहेको छ । १७ गते राति १२ बजेसम्ममा यो विधेयक प्रतिनिधिसभामा फिर्ता पठाइसक्नुपर्छ,’ समितिका सचिव मनोज गिरीले भने । प्रतिनिधिसभा नियमावलीको नियम १३२ मा टेबल भएको दुई महिनाभित्र माथिल्लो सभाले तल्लो सभालाई विधेयक फिर्ता गरिसक्नुपर्ने प्रावधान रहेको छ । राष्ट्रिय सभाले पारित वा संशोधन नगरेको विधेयक प्रतिनिधिसभामा पुगेपछि त्यहाँको बहुमतले पारित गरेर सभामुखले राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाउनुपर्ने व्यवस्था छ ।

यो विधेयक राष्ट्रिय सभामा गत असार १८ गते टेबल भएको थियो । विधायन समितिमा छलफलका लागि साउन ६ गते आएको विधेयक भदौ २ बाटमात्र छलफल सुरु भयो । भदौ २ बाट शुक्रबारसम्म चार दिन लगातार छलफल चल्दा विभागीय मन्त्री भगवती न्यौपाने रुष्ट सुनिएकी छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री न्यौपानेले शुक्रबार सहसचिवको पदपूर्तिको विषयमा ठाडै असहमति प्रकट गरेकी थिइन् । छलफलमा सहसचिवको पदपूर्ति खुला प्रतिस्पर्धाबाट गर्नुपर्ने प्रस्ताव सांसदहरुले गरेका थिए । सरकारले संसद्मा पेस गरेको विधेयकमा सहसचिव तहमा १० प्रतिशत खुला, १० प्रतिशत आन्तरिक प्रतियोगिता र ८० प्रतिशत बढुवाबाट पदपूर्ति गर्ने प्रस्ताव गरिएको थियो ।

तर, प्रतिनिधिसभाले त्यसमा परिवर्तन गर्दै १५ प्रतिशत आन्तरिक प्रतियोगिता र ८५ प्रतिशत बढुवाबाट पदपूर्ति गर्ने तथा खुला प्रतिस्पर्धालाई बन्द गर्ने प्रावधानसहित विधेयक पारित गरेको छ । त्यसो गर्दा सरकार बाहिर रहेका क्षमतावान् नागरिकलाई सरकारी सेवामा ल्याउने बाटो बन्द हुने भन्दै सांसदहरूले १० प्रतिशत सहसचिव खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नुपर्ने तर्क राखेका थिए । यो प्रस्तावमा विधायन समितिमा पनि सर्वसम्मत भएपछि सामान्य प्रशासनमन्त्री न्यौपानेले ठाडै अस्वीकार गर्दै भनेकी थिइन्, ‘सरकारको कुरै नसुनी तपाईंहरूले सर्वसम्मत भयो भनेर हुन्छ ? यो कुरा सरकारले मान्दैन ।’ संसदीय समितिले पारित गरेको व्यवस्था सरकारले नमान्ने भन्दै मन्त्री कड्किएपछि सांसदहरु रुष्ट बनेका थिए । ‘सार्वभौम संसद्ले पारित गरेको कानुन सरकारले नमान्ने हो भने कसले पारित गरेको मान्छ त ?,’ शुक्रबारको छलफलमा नेकपा एकीकृत समाजवादी पार्टीका सांसद घनश्याम रिजालले भनेका थिए । अन्य सांसदले पनि मन्त्री न्यौपानेको भनाइको प्रतिवाद गरेपछि यस विषयमा थप छलफल गर्ने भन्दै समितिको बैठक सकिएको थियो ।

Hardik health

राष्ट्रिय सभाको समितिमा कांग्रेस सांसदहरुले कुलिङ पिरियड राख्नुपर्ने माग गरिरहँदा एमालेले भने यसको विरोध गरेको थियो । सांसद अञ्जान शाक्यले कुलिङ पिरियड सानो विषय भएको उल्लेख गर्दै यस्तो विषयमा अल्झन नहुने राय राखेकी थिइन् । ‘कुलिङ पिरियड ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ (स्वार्थको द्वन्द्व)सँग सम्बन्धित छ । स्वार्थको द्वन्द्वको विधेयक पनि आउँदै छ । यसले यति धेरै क्षेत्र समेटिएको छ । कुलिङ पिरियड सानो विषय हो यो विधेयकको,’ भदौ ३ को बैठबमा शाक्यले भनेकी थिइन् । उनी एमालेको कोटाबाट राष्ट्रिय सभामा मनोनीत सांसद हुन् । 

यसअघि एमाले सांसदहरुले बबाल मच्चाएको यो विधेयक प्रतिनिधिसभामा त्रुटिका कारण कुलिङ पिरियड नै गायब पारिएको थियो । जसलाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालगायत नेताहरुले विरोध जनाएका थिए । सरकारले संघीय निजामती सेवा विधेयकमा सरकारका विशिष्ट श्रेणी र प्रथम श्रेणीका कर्मचारीलाई अवकाश भएपछि संवैधानिक र कूटनीतिकबाहेकका अन्य नियुक्तिका लागि दुई वर्ष अवधि कट्नुपर्ने गरी विधेयक ल्याएको थियो । प्रतिनिधिसभाले उक्त विधेयकमा अवकाश भएका तथा राजीनामा दिएका कर्मचारीहरूले पनि संवैधानिक र अन्य सरकारी नियुक्तिमा दुई वर्षसम्म जान नपाउने व्यवस्था गरेको थियो ।

अवकाश भएका कर्मचारीलाई अर्को नियुक्ति पाउन योग्य दुई वर्ष पर्खनुपर्ने गरी ल्याइएको प्रावधान कुलिङ पिरियडको रूपमा चर्चित छ । प्रतिनिधिसभाबाट कुलिङ पिरियड व्यवस्था हट्नेगरी बुँदा थपेर पारित भएसँगै यसबारे अनुसन्धान गर्न संसदीय समिति नै बन्यो । कुलिङ पिरियडको गडबडीबारे संसदीय छानबिनले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, मुख्यसचिव एकनारायण अर्याल र राज्य व्यवस्था समितिका सचिव सुरजकुमार दुरालाई मुख्य जिम्मेवार देखाएको छ । उक्त प्रतिवेदन आएसँगै सभापति खतिवडाले राजीनामा दिए पनि अन्य कारबाही अगाडि बढाइएको छैन ।

तीजका कारण सर्दै बैठक, चिन्ता ‘कुलिङ पिरियड’को
भोलि तीज । तीजका कार्यक्रमका लागि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने गृहजिल्ला पुगेपछि विधेयकमाथिको छलफल रोकिएको छ । 

तनहुँ पुगेकी मन्त्री न्यौपानेले आफू तीजअघि आउन नपाउने समितिको सचिवालयमा जानकारी दिएकी छन् । जसकारण समितिले निजामती सेवा विधेयकमाथिको छलफल रोकेर राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमा छलफल अघि बढाइसकेको छ । मन्त्री फर्र्किएपछि निजामती सेवा विधेयकमा तीव्र रुपमा छलफल गरिने समितिकी सभापति तुलसाकुमारी दाहालले बताइन् । 

प्रतिनिधिसभाले पारित गरेर पठाएको विधेयकमा कुलिङ पिरियडसम्बन्धी व्यवस्था छुटेपछि रडाको मच्चिएको थियो । यही शब्दको गडबडीका कारण राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले साउन २७ गते राजीनामा नै दिनुपर्याे । छानबिन समितिको रायपछि सुशासन समितिले व्यवस्था गरेको दुई वर्षे कुलिङ पिरियडको व्यवस्था राष्ट्रिय सभाले भदौ १७ भित्र संशोधनसहित पारित नगरे स्वतः निस्क्रिय हुने छ । सरकारले छलफलमै ढिलाइ गरेको र मन्त्री न्यौपानेको व्यवहार पनि यसप्रति कडा देखिएकोले आशंका बढेको सांसद रिजाल बताउँछन् ।


प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १०:३५
#‘कुलिङ पिडियड’
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना सुरु
वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना सुरु बिहीबार, चैत ५, २०८२
शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता
शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता सोमबार, चैत २, २०८२
अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन
अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन सोमबार, चैत २, २०८२
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालयको रुपमा विकसित गरिने
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालयको रुपमा विकसित गरिने बिहीबार, फागुन २८, २०८२
वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण
वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण शुक्रबार, फागुन १५, २०८२
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह मंगलबार, फागुन १२, २०८२
आर्थिक सहयोग गरेर विद्यालयलाई ऋणमुक्त
आर्थिक सहयोग गरेर विद्यालयलाई ऋणमुक्त मंगलबार, फागुन १२, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP