काठमाडौं- हरितालिका तिज पर्वमा भक्तजनको भीडलाई सहज बनाउन पशुपति क्षेत्र विकास कोषले विशेष पार्किङ व्यवस्था मिलाउने भएको छ । आइतबार पत्रकार सम्मेलनमार्फत कोषले पार्किङका व्यवस्थाबारे जानकारी दिएको हो ।
कोषका अनुसार मेला अवधिभर पशुपति क्षेत्रलाई पूर्ण रूपमा सवारी निषेधित क्षेत्र बनाउले भएको छ । त्यहि अनुसार तिलगङ्गा आँखा अस्पतालतर्फको खुला क्षेत्र , सिफल चौरको खाली स्थान गुह्येश्वरी पारीका खाली स्थान, पशुपति क्षेत्र विकास कोष कार्यालय परिसर र अमालकोट कचहरी परिसर, भण्डारखाल पूर्व पार्किङ क्षेत्र रहेको छ ।
सर्वोच्च अदालतको २०८० माघ ७ गतेको फैसला निर्देशानुसार उमाकुण्ड, दक्षिणामूर्ति, महास्नानघर पश्चिम, भुवनेश्वरी-गौशाला र वनकाली क्षेत्रको दर्शन मार्गमा कुनै पनि साधारण सवारी प्रवेश गर्न नपाउने व्यवस्था गरिएको छ ।
दमकल, एम्बुलेन्स र घाटसम्म पुग्ने शव वाहनलाई भने छुट दिइने कोषले जनाएको हाे। साथै, अदालतको आदेशलाई कार्यान्वयनका लागि कोषले कार्य गर्ने भएकाे छ ।