Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
विश्व
  • Home
  • विश्व
  • गाजामा इजरायली आक्रमण तीव्र
गाजामा इजरायली आक्रमण तीव्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ ६, २०८२

एएफपी- गाजामा इजरायली आक्रमण तीव्र भएको छ । तीव्र भएसगैँ सयौं नागरिक विस्थापित भएका संयुक्त राष्ट्रसंघका मानवीय निकायहरूले जनाएका हो ।

गाजा सहर र वरपरका क्षेत्रमा इजरायलले गरिरहेको निरन्तर बमबारीले सर्वसाधारणमा अत्यन्तै भयावह असर पारिरहेको छ ।संयुक्त राष्ट्रसंघको मानवीय मामिलाको समन्वय कार्यालय (ओचा) का अनुसार इजरायलका आक्रमणहरू पूर्वी तथा दक्षिणी गाजा सहरमा विशेषगरी अज-जयतुन क्षेत्रमा अत्यन्तै तीव्र भएका छन् । ती आक्रमणहरूले धेरै संख्यामा सर्वसाधारणको मृत्यु हुनुका साथै ठूला मात्रामा घरहरू ध्वस्त भएका छन् । ओचाका अनुसार अगस्त ८ यता ५० भन्दा बढी आवासीय घरहरूमा आक्रमण भएको छ, जसका कारण कम्तीमा ८७ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको छ । गाजाको दक्षिण भागमा रहेको डेइर अल-बलाहमा, बिहीबार इजरायली हवाई आक्रमणले अस्थायी रूपमा विस्थापित भएकाहरू बसेको एक ठाउँलाई लक्षित गरेको थियो । यो ठाउँ ओचा कार्यालय नजिकै रहेको थियो, जहाँ करिब २०० परिवार बसोबास गरिरहेका थिए । इजरायली सेनाले थोरै समयअघि चेतावनी दिएपछि शिविर खाली गरिएको थियो, जसले ज्यान जोगाउन मद्दत ग¥यो । यद्यपि त्यहाँको टहरा र सरसामानहरू पूर्ण रूपमा नष्ट भएका छन् ।

ओचा कार्यालय आफैंमा पनि सामान्य क्षति पुगेको भए तापनि, त्यहाँ रहेका कर्मचारीहरू सकुशल रहेका छन् । उक्त आक्रमणका कारण कर्मचारीहरूमा ठूलो मानसिक आघात परेको ओचाले जनाएको छ । गाजामा रहेका संयुक्त राष्ट्रसंघीय संरचनाहरूको स्थान विवरण दुवै पक्षसँग साझा गरिएको ओचाले जनाएको छ । ‘मानवीय सहायता केन्द्र र अन्य नागरिक पूर्वाधारहरूलाई कुनै हालतमा लक्षित गर्नु हुँदैन, न त सैन्य संरचनालाई ढाल दिन त्यस्ता स्थानहरूको प्रयोग गर्न मिल्दछ,’ओचाले स्पष्ट पारेको हो । मानव आवागमनको निगरानी गरिरहेका ओचाका साझेदारहरूका अनुसार, अगस्त १२ देखि २० सम्म गाजामा १६ हजार ८०० भन्दा बढी सर्वसाधारण फेरि विस्थापित भएका छन् । यससँगै, मार्च महिनाको मध्यतिर युद्धविराम अन्त्य भएयता विस्थापितको संख्या सात लाख ९६ हजार  नाघेको छ । यसमध्ये ९५ प्रतिशत विस्थापन गाजा सहरबाट भएको हो । यसैबीच, गाजामा बालबालिकाबीच भोकमरी र कुपोषणको अवस्था थप भयावह बन्दै गएको छ । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले दिएको जानकारी अनुसार, जुलाई गाजाका लागि सबैभन्दा धेरै बाल मृत्युदर भएको महिना रह्यो । पाँच वर्षमुनिका २४ बालबालिकाको मृत्यु भएको छ, जुन संख्या यस वर्षको कुल कुपोषणसम्बन्धी बाल मृत्युदरको ८५ प्रतिशत हो ।

Hardik health

युनिसेफले पाँच वर्षमुनिका करिब तीन लाख २० हजार बालबालिका तीव्र कुपोषणको जोखिममा छन्, जसले उनीहरूमा रोग र दीर्घकालीन स्वास्थ्य समस्या बढाउनेछ । ओचाका अनुसार, बालबालिकाहरूले सडक किनारामा सामान बेच्ने, भग्नावशेष संकलन गर्ने जस्ता कामहरू गर्न थालेका छन् । बारम्बार विस्थापित हुनुपरेका कारण उनीहरूमा मानसिक तनाव गहिरिँदै गएको छ ।


प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १२:५१
#गाजा
प्रतिक्रिया दिनुहोस्
थप विश्व
के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता
के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता बुधबार, पुस ३०, २०८२
कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता
कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता बुधबार, पुस ३०, २०८२
गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ
गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ बुधबार, पुस ३०, २०८२
‘१० मिनेटभित्र डेलिभरी’ सेवा बन्द गर्न निर्देशन
‘१० मिनेटभित्र डेलिभरी’ सेवा बन्द गर्न निर्देशन बुधबार, पुस ३०, २०८२
इरानलाई स्थिरतामा चीनको समर्थन, अमेरिकी करको आलोचना
इरानलाई स्थिरतामा चीनको समर्थन, अमेरिकी करको आलोचना बुधबार, पुस ३०, २०८२
सन् २०२५ मा प्राकृतिक प्रकोपले मानव जीवन र अर्थतन्त्र प्रभावित: प्रतिवेदन
सन् २०२५ मा प्राकृतिक प्रकोपले मानव जीवन र अर्थतन्त्र प्रभावित: प्रतिवेदन बुधबार, पुस ३०, २०८२
जापानमा फेब्रुअरीमा मध्यावधि चुनाव घोषणा गर्ने तयारी
जापानमा फेब्रुअरीमा मध्यावधि चुनाव घोषणा गर्ने तयारी बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP