Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
विश्व
  • Home
  • विश्व
  • इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन
इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ४, २०८२

एएफपी-   इजरायलका रक्षामन्त्री इजरायल काट्जले गाजा सहरको विजय योजनालाई स्वीकृति दिने भएका छन् । उनले बुधबार अनुमोदन गरेको मन्त्रालयले  पुष्टि गरेको हो । 

उनले यो योजनालाई पूरा गर्न करिब ६० हजार जगेडा सैनिकलाई बोलाउने अनुमति दिश्एका छन् । एक प्रवक्ताले पुष्टि गरेअनुसार रक्षामन्त्री काट्जको यो कदम गाजामा झन्डै दुई वर्षदेखि चलिरहेको युद्धमा युद्धविरामका लागि दबाब दिइरहेका मध्यस्थकर्ताहरूको पछिल्लो प्रस्तावमा आधिकारिक इजरायली प्रतिक्रियाको प्रतीक्षा भइरहेका बेला आएको हो । मध्यस्थकर्ता कतारले पछिल्लो प्रस्तावमा सावधानीपूर्वक आशावाद व्यक्त गरेको भए पनि एक वरिष्ठ इजरायली अधिकारीले सरकार कुनै पनि सम्झौतामा सबै बन्धकको रिहाइमा अडिग रहेको स्पष्ट पारेका छन् ।

हमासले स्वीकृत गरेको ढाँचामा प्रारम्भिक ६० दिनको युद्धविराम, चरणबद्ध बन्धकहरूको रिहाइ, केही प्यालेस्टिनी कैदीहरूको रिहाइ तथा गाजामा सहायताको प्रवेशका लागि अनुमति दिने प्रावधान समावेश गरिएको छ । इजरायल र हमासबीच युद्धभरि अप्रत्यक्ष वार्ता हुँदै आएको छ । वार्ताका क्रममा प्यालेस्टिनी कैदीहरूको बदलामा इजरायली बन्धकहरूको रिहाइ भएको थियो । पछिल्लो युद्धविराम प्रस्ताव इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजा सहर कब्जा गर्ने योजनालाई अनुमोदन गरेपछि आएको हो । यसले पहिले नै विनाशकारी भइसकेको मानवीय सङ्कटलाई अझ गम्भीर बनाउने चिन्ता व्यक्त गरिएको छ । संयुक्त राज्य अमेरिकाको समर्थनमा कतार र इजिप्टले शटल कूटनीति (प्रत्यक्ष छलफल गर्न अनिच्छुक दुई वा दुईभन्दा बढी पक्षबीच यात्रा गर्ने मध्यस्थकर्ताद्वारा गरिने वार्ता) को बारम्बार चरणहरू मध्यस्थता गर्दै आएका छन् । कतारले पछिल्लो प्रस्ताव इजरायलले सहमति जनाइसकेको अघिल्लो संस्करणसँग ‘लगभग समान’ रहेको बताएको छ भने इजिप्टले सोमबार ‘अब बल इजरायलको कोर्टमा छ’ भन्दै टिप्पणी गरेको थियो ।

Hardik health

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यस योजनाबारे सार्वजनिक टिप्पणी गरेका छैन, तर गत हप्तामात्र उनले आफ्नो देशले ‘सबै बन्धकलाई एकैचोटि र युद्धको अन्त्यका लागि आफ्ना सर्तअनुसार रिहा गर्ने सम्झौता’ स्वीकार गर्ने बताएका थिए । हमासका वरिष्ठ अधिकारी महमुद मर्दावीले सामाजिक सञ्जालमार्फत आफ्नो समूहले ‘सम्झौतामा पुग्ने सम्भावनाका लागि ढोका फराकिलो खोलेको’ बताए, तर नेतान्याहुले विगतमा जस्तै यसलाई फेरि बन्द गर्ने सम्भावनाबारे प्रश्न उठाएका छन् ।

सेतो सुन 
नेतान्याहुले देशभित्र र विदेशमा बढ्दो दबाबको सामना गरिरहेका बेला यो प्रस्ताव आएको हो । गाजामा मङ्गलबार इजरायली आक्रमण र गोली हानाहानका कारण ४८ जनाको मृत्यु भएको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।

एजेन्सीका प्रवक्ता महमुद बासलले गाजा सहरको जाइटाउन र साब्रा क्षेत्रमा अवस्था ‘धेरै खतरनाक र असहनीय’ भएको बताए । त्यहाँ ‘गोलाबारी निरन्तर जारी’ रहेको पनि उनले उल्लेख गरे । इजरायली सेनाले भने केवल ‘हमासको सैन्य क्षमतामा आक्रमण भइरहेको’ र ‘नागरिक क्षति कम गर्न सम्भव सावधानी अपनाइएको’ भन्दै विशेष सेनाको गतिविधि बारे टिप्पणी गर्न अस्वीकार गरेको छ । सेनाले पछि खान युनिसमा रातभर हमासका लडाकूहरूलाई लक्षित गरी आक्रमण गरिएको जानकारी दियो । गाजामा मिडिया प्रतिबन्ध र प्यालेस्टिनी क्षेत्रमा पहुँच गर्न कठिनाइका कारण एएफपीले नागरिक सुरक्षा एजेन्सी वा इजरायली सेनाले दिएको तथ्य स्वतन्त्र रूपमा प्रमाणित गर्न सकेको छैन ।

मङ्गलबार उत्तरी गाजाको जिकिम क्षेत्रमा एएफपीका एक पत्रकारले प्यालेस्टिनीहरूलाई भग्नावशेष र क्षतिग्रस्त भवनहरू बीचको धुलोले भरिएको सडकमा खाद्यान्न सहयोगका बोरा बोकेर हिँडिरहेको देखेका थिए । गजन सोग अल–बदरीले आफ्नो परिवारको पालमा ‘सेतो सुन’ भनिने पिठो पुर्‍याउन ‘तीनदेखि चार घण्टा’ लागेको बताए । उनले भने,‘यो झोला सारा संसारको लायक छ ।’ एएफपीको आधिकारिक तथ्याङ्कअनुसार, सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमणमा एक हजार दुई सय १९ जनाको मृत्यु भएको थियो, जसमा अधिकांश नागरिक थिए ।

त्यसको जवाफमा इजरायली आक्रमणमा कम्तीमा ६२ जहार ६४ प्यालेस्टिनीको मृत्यु भएको छ । तीमध्ये अधिकांश सर्वसाधारण रहेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस तथ्याङ्कलाई संयुक्त राष्ट्रसङ्घले भरपर्दो मानेको छ ।


प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १४:५७
प्रतिक्रिया दिनुहोस्
थप विश्व
के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता
के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता बुधबार, पुस ३०, २०८२
कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता
कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता बुधबार, पुस ३०, २०८२
गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ
गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ बुधबार, पुस ३०, २०८२
‘१० मिनेटभित्र डेलिभरी’ सेवा बन्द गर्न निर्देशन
‘१० मिनेटभित्र डेलिभरी’ सेवा बन्द गर्न निर्देशन बुधबार, पुस ३०, २०८२
इरानलाई स्थिरतामा चीनको समर्थन, अमेरिकी करको आलोचना
इरानलाई स्थिरतामा चीनको समर्थन, अमेरिकी करको आलोचना बुधबार, पुस ३०, २०८२
सन् २०२५ मा प्राकृतिक प्रकोपले मानव जीवन र अर्थतन्त्र प्रभावित: प्रतिवेदन
सन् २०२५ मा प्राकृतिक प्रकोपले मानव जीवन र अर्थतन्त्र प्रभावित: प्रतिवेदन बुधबार, पुस ३०, २०८२
जापानमा फेब्रुअरीमा मध्यावधि चुनाव घोषणा गर्ने तयारी
जापानमा फेब्रुअरीमा मध्यावधि चुनाव घोषणा गर्ने तयारी बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP