Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सत्तापक्षको प्रतिशोध र स्वार्थप्रेरित कदम
सत्तापक्षको प्रतिशोध र स्वार्थप्रेरित कदम
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ४, २०८२
Hardik health

दलहरुले सत्ताको प्रयोग आफू अनुकूल गर्न थालेको यो पहिलो घटना होइन । कहिले राष्ट्रिय सभाको अध्यक्ष माओवादीको बनाउने त कहिले उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीको बनाउने । यो खेलको मुख्य भूमिकामा देखिएको दल हो नेकपा एमाले । अहिले सत्ताको नेतृत्वमा यही दलका अध्यक्ष केपी शर्मा ओली छन् । सत्ताको सौदाबाजीमा अरुका स्वार्थ पनि त पूरा गरिदिनपर्छ । अहिले एमाले आफूभन्दा बलियो दल नेपाली कांग्रेससँग सत्ता समीकरणमा छ । यही बेला संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको समय हो ।

स्वार्थसिद्ध गर्न एमालेले छ सदस्यीय संवैधानिक परिषद्मा तीन जना उपस्थित भए पनि दुई जनाको बहुमत मान्न मिल्ने खालको प्रावधान राखेर विधेयक अघि बढाएको थियो । उक्त विधेयक फिर्ता पठाएपछि एमाले अहिले उपसभामुख इन्दिरा राना मगरलाई हटाउनैपर्ने निर्णयमा पुग्नुपर्याे । वर्ष दिनअघि नै पाँच जनालाई अमेरिकी दूतावासमा भिसाका लागि सहयोग मागेको विषयमा कांग्रेसले राना मगरमाथि प्रश्न उठाएको थियो । त्यतिबेला एमालेले कांग्रेसको कुरा सुनेन । अहिले भने कांग्रेसको ट्र्यापमा परेसँगै एमालेले आचरणको अभियोग लगाउँदै उपसभामुखबाट राना मगरलाई हटाउन लागि परेको हो ।  संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहन्छन् । त्यसपछि प्रधानन्यायाधीश, विपक्षी दलका नेता, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य हुन्छन् । यीमध्ये अहिले तीन जना प्रतिपक्षी दलबाट भएसँगै सरकार अप्ठेरोमा परेको देखिन्छ । कुनै कारण प्रधानन्यायाधीश तटस्थ बसिदिए प्रधानमन्त्री ओली अल्पमतमा पर्छन् । यसकारण पनि सरकारले गर्नुपर्ने संवैधानिक निकायसम्बन्धी विभिन्न निर्णय र काम रोकिएका छन् । 

यही विषयमा शक्ति आर्जनका लागि अहिले एमाले कांग्रेससँग झुक्नुपरेको देखिन्छ । कुनै बेला गल्ती गरेकै भए पनि संरक्षण गरिराख्ने, अहिले आफू अनुकूल नभएपछि भने रातारात हटाउने निर्णय गर्नु आफैंमा शक्तिको उन्मादको खेलमा लागेका प्रस्ट हुन्छ । केही समयअघिसम्म मौन बसेको सत्तारुढ दल किन एकाएक यो खेलमा लाग्यो त ? यससम्बन्धी विभिन्न प्रश्नहरु उब्जेका हुन् । अहिले कुनै बेला ओलीले अध्यादेशमार्फत ५२ जना संवैधानिक आयोगका पदाधिकारी नियुक्त गरेका थिए । अहिले यो विषय अदालतमै पुग्यो । अदालतले तत्कालका लागि यो निर्णयलाई निरन्तरता दिए पनि थप के हुने भन्नेमा अन्योल छ । यस्ता विषयमा ‘डेडलक’ खोल्न र संवैधानिक आयोगमा नयाँ पदाधिकारी चयन गर्न कांग्रेस एमालेले इन्दिरालाई उपसभामुखबाट हटाउन खोजेको देखिन्छ । शक्तिको उन्मादमा स्वार्थअनुकूल यसरी अभियान चलाउनु राम्रो अभ्यास होइन ।
 


प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १४:२०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं बिहीबार, चैत ५, २०८२
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP