Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #नेता झलनाथ खनाल
  • #मेची_राजमार्ग
  • #इजिप्टमा सडक दुर्घटना
  • #नेकपा_एमाले
Search Here
राजनीति
  • Home
  • राजनीति
  • उपसभामुख मगरलाई हटाउन जुटे सत्तारुढ दल
उपसभामुख मगरलाई हटाउन जुटे सत्तारुढ दल
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, भदौ ४, २०८२

 


उहाँको बारेमा प्रश्न उठेको छ । यसको निरूपण हुनुपर्छ, कुन विधिबाट जाने भन्ने कुरा उपयुक्त समयमा उपयुक्त निर्णय गर्नुपर्ने बहस सिर्जना भएको छ, हामी समय हेरेर गर्छौं ।
महेश बर्तौला
मुख्य सचेतक, नेकपा एमाले 

काठमाडौं- सत्तामा रहेका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रक्रियामा लागेका छन् । अमेरिका भ्रमणमा रहेकी उनी १३ भदौमा उनी नेपाल आएलगत्तै हटाउन दुई प्रमुख सत्ता साझेदार दलले मंगलबार सांसदहरूको हस्ताक्षर संकलन गरेका छन् । 

उपसभामुख मगरमाथि कांग्रेस-एमालेले मानव तस्करीमा लागेको आरोप लगाउने गरेका छन् । यही आरोप लगाएर हटाउने पक्षमा दुई दल देखिएका हुन् । सत्तापक्षको अर्को लक्ष्य भनेको संवैधानिक परिषद्मा बहुमत पु¥याउनु हो । सोमबार सांसदहरूको हस्ताक्षर संकलनकै क्रम चलिरहँदा बसेको सत्ता गठबन्धनको बैठकले उपसभामुख मगरमाथि उठेको प्रश्न निरूपण गर्नुपर्ने निष्कर्ष निकालेको छ । त्यो प्रश्न भनेको अनधिकृत व्यक्तिलाई अमेरिका पठाउन उपसभामुख मगरले अमेरिकी दूतावासमा पठाएको सिफारिसको विषय हो । गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले लगातार मानव तस्करको आरोप लगाउँदै संसदीय समितिबाटै छानबिन गर्न माग गरिरहँदा त्यस्तै प्रकृतिको आरोपमा उपसभामुख मगरलाई हटाउन दुई दल कस्सिएर लागेका हुन् ।

Hardik health

मैले अपराध गरेको प्रमाणित भए मलाई जेल हाल्नुपर्याे नि । तर, सामान्य विषयमा स्वार्थका लागि आरोप लगाउन मिल्छ ? यो कस्तो राजनीतिक संस्कृति हो ? यही हो लोकतन्त्र ?
इन्दिरा राना मगर
उपसभामुख, प्रतिनिधिसभा

एमाले प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुखमाथि उठेको प्रश्नको निरुपण गर्नुपर्ने बताए । यसप्रति मंगलबारको बैठकमा सत्तापक्षीय दलहरू सहमत भएको उनको दाबी छ । उनले उपसभामुख मगरको हालको अमेरिका भ्रमणबारे पनि प्रश्न उठाए । उनले भने, ‘उहाँ अहिले संसद्को मामिलामार्फत विदेश जानुभएको छ वा निजी भ्रमणमा जानुभएको छ हाम्रो जानकारीमा भएन । उहाँको बारेमा प्रश्न उठेको छ । यसको निरूपण हुनुपर्छ, कुन विधिबाट जाने भन्ने कुरा उपयुक्त समयमा उपयुक्त निर्णय गर्नुपर्ने बहस सिर्जना भएको छ, हामी समय हेरेर गर्छौं ।’उपसभामुख मगरलाई मानव तस्करी प्रकरणसँग जोड्दै पद अनुकूल आचरण नगरेको प्रस्तावबारे सोमबार साँझ बसेको कांग्रेस-एमालेका नेताहरूको छलफल भएको थियो । मंगलबार बिहान त्यही विषयमा छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्यो ।  कांग्रेसको बैठक बस्दै गर्दा एमालेले आफ्ना सांसदहरूलाई पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा हस्ताक्षरका लागि आकस्मिक डाक्यो । लगत्तै कांग्रेसले पनि आफ्ना सांसदहरुलाई सिंहदरबार डाक्यो । दुवै दलले खाली कागजमा सांसदहरूलाई हस्ताक्षर गराए । कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे खाली कागजमा हस्ताक्षर गराउने पुरानै अभ्यास भएको बताउँछन् ।  ‘हस्ताक्षर गराएर राख्ने अभ्यास पुरानै हो । पहिला पनि यो अभ्यास थियो । अहिले पनि हामीले त्यही अभ्यास गरेका हौं,’ उनले भने । 

पसभामुख मगरलाई यसअघि ३ असोज २०८१ मै हटाउन कांग्रेस-एमालेले जोड गरेका थिए । त्यसबेला सांसदहरूलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिइएको थियो । तर, विपक्षी दलहरूको विरोधले पछि हटे । यतिबेला भने उपसभामुख मगर अमेरिका छँदा रातारात छलफल गरेर उनलाई हटाउने प्रक्रियामा कांग्रेस–एमाले अघि बढे ।  अमेरिकामा रहेकी उपसभामुख मगरले भने आफूमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिएकी छन् । सामान्य विषयमा स्वार्थका लागि आरोप लगाउनु अराजनीतिक हुने उनको टिप्पणी छ ।  प्रभावसँग संक्षिप्त कुराकानी गर्दै उनले भनिन्, ‘ल मैले अपराध गरेको प्रमाणित भए मलाई जेल हाल्नुपर्याे नि । तर, सामान्य विषयमा स्वार्थका लागि आरोप लगाउन मिल्छ ? यो कस्तो राजनीतिक संस्कृति हो ? यही हो लोकतन्त्र ?’ उपसभामुख मगरलाई पदबाट हटाउने तयारी सत्तापक्षले गर्दा विपक्षी दलहरूले भने प्रतिवाद गर्ने चेतावनी दिएका छन् । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बसेको बैठकपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले उपसभामुखलाई हटाए सडकदेखि सदनसम्म सबै विपक्षी एक भएर प्रतिवाद गर्ने निर्णय विपक्षी दलहरूको बैठकले गरेको सुनाए । 

‘अहिले उपसभामुखलाई विनाकारण, विनाप्रमाण, विनाआधार सत्तापक्षले बहुमतको आधारमा हटाउँदा देशमा कुशासन सुरु हुन्छ । यसरी गर्न उचित हुँदैन,’ उनले पत्रकारहरूसँग भने, ‘त्यस्तो काम सरकारले नगरोस् । यसले देश एकतात्मक शासनतिर जान्छ ।’ विपक्षी दलको बैककमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्याल, प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपाध्यक्षद्वय बुद्धिमान तामाङ र धु्रवबहादुर प्रधान, नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, आम जनता पार्टीका अध्यक्ष प्रभु साह र नेपाल समाजवादी पार्टीबाट महेन्द्रराय यादव उपस्थित थिए ।मंगलबार नै माओवादी पदाधिकारी बैठक बसेको थियो । बैठकले विपक्षी दलहरूको संयुक्त बैठक बोलाउने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा बसेको बैठकले उपसभामुख मगरलाई हटाउने प्रयास गरे प्रतिवाद गर्ने चेतावनी दिएको हो । 

बैठकपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले कांग्रेस-एमालेले फेरि गल्ती गर्न खोजेको बताएका छन् । सामाजिक सेवामा क्रियाशील हुँदै राजनीतिमा आएकी आदिवासी महिलालाई हटाउने कोसिस गलत हुने उनको भनाइ छ । मगर उपसभामुख भएको रास्वपाबाट हो । रास्वपाबाट प्रतिनिधिसभामा उनी समानुपातिक सांसदको रूपमा छिन् । तर, उनी उपसभामुख भएपछि २६ फेब्रुअरी २०२३ मा आफूसहित छ जनालाई युएन वुमनको न्युयोर्कमा सोही वर्षको ६ देखि १७ मार्चसम्म भएको सिएसडब्लु-६७ मा जान भिसाका लागि नेपालस्थित अमेरिकी दूतावासमा पत्र लेखेकी थिइन् । पत्रमा उनले आफूसहित उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा तामाङ, सुजन घर्ती मगर र धनप्रसाद गुरुङका लागि भिसा लगाइदिन आग्रह गरेकी थिइन् । उनले लेखेको पत्र प्रतिनिधिसभा उपसभामुखको लेटरहेडमा थियो । त्यही भएर उनले पदअनुकूल आचरण नगरेको कांग्रेस-एमालेको आरोप छ । यही प्रकरणलाई जोडेर जसरी पनि पदबाट हटाउने रणनीतिमा दुई दल अग्रसर देखिएका छन् । 

 


दुईतिहाइ पुर्याउन सकस
उपसभामुख इन्दिरा राना मगरलाई पदअनुकूलको आचरण नगरेको भन्दै हटाउन लागेका कांग्रेस र एमालेलाई प्रतिनिधिसभामा दुईतिहाइ समर्थन चाहिन्छ । त्यो भनेको १८३ सांसदको समर्थन हो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहराको निधनपछि हाल कायम २७४ सदस्यीय प्रतिनिधिसभाको यो संख्या दुईतिहाइ हो ।
प्रतिनिधिसभामा कांग्रेसका ८८ जना सांसद छन् । एमालेका ७९ जना छन् । यी दुई दलका सांसद संख्या १६७ हो । त्यसैगरी अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का सात, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का चार र जनमत पार्टीका छ जोड्दा १८४ पुग्छ । सत्तारुढ दललाई नागरिक उन्मुक्तिले पनि साथ दिने बताइन्छ । नागरिक उन्मुक्तिसँग चार सांसद् छन् । यी दलको समर्थन रहँदा कांग्रेस–एमाले उपसभामुख हटाउन सफल हुने छन् ।
हाल संसद्मा रहेका माओवादी (३२ जना), रास्वपा (२१ जना), राप्रपा (१३ जना), एकीकृत समाजवादी (१० जना), नेमकिपा (एक जना), जनमोर्चा (एक जना), आम जजता पार्टी (एक जना) र स्वतन्त्र दुई सांसद् विपक्षमा देखिएका छन् । 
कांग्रेसकै प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता डा. शेखर कोइराला पनि उपसभामुखबाट इन्दिरा राना मगरलाई हटाउने पक्षमा देखिएका छैनन् । उनी पक्षीय सांसदहरूले मंगलबार हस्ताक्षर गरेनन् ।
 


प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १३:०८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
युवा सहभागिता बढाउन ‘डिजी युथ कांग्रेस गठन’ गर्न नेता पौडेलको प्रस्ताव
युवा सहभागिता बढाउन ‘डिजी युथ कांग्रेस गठन’ गर्न नेता पौडेलको प्रस्ताव शुक्रबार, असोज ३१, २०८२
नेकपा एमालेको बैठकमा अध्यक्ष ओलीको राजीनामा माग
नेकपा एमालेको बैठकमा अध्यक्ष ओलीको राजीनामा माग शुक्रबार, असोज ३१, २०८२
निर्वाचनमा जानेबारे कांग्रेस–एमाले दुईतिर
निर्वाचनमा जानेबारे कांग्रेस–एमाले दुईतिर शुक्रबार, असोज ३१, २०८२
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो शुक्रबार, असोज ३१, २०८२
एमाले केन्द्रीय कमिटी बैठक सुरु
एमाले केन्द्रीय कमिटी बैठक सुरु शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP