Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #वार्षिक साधारणसभा
  • #नाफिज
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #जुडो
  • #सकुन_सुनुवार
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • एचआइभी संक्रमितको अधिकार सुनिश्चित गर
एचआइभी संक्रमितको अधिकार सुनिश्चित गर
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ १, २०८२

एचआइभी/एड्स संक्रमितहरूको अधिकार संरक्षणमा सरकारको उदासीनता उदेकलाग्दो देखिएको छ । सर्वाेच्च अदालतले एचआइभी/एड्स संक्रमितहरूको अधिकार संरक्षण हुनेगरी कानुन निर्माण गर्न आदेश दिएको १५ वर्ष बित्दा पनि सरकारले यसलाई पूरै बेवास्ता गरेर बसेको छ । सर्वोच्चले २०६६ सालमा यस्तो आदेश दिएको हो । तर अहिलेसम्म पनि सरकारले उक्त कानुन निर्माण गर्न आवश्यक विधेयक तयारी गरेको छैन ।

त्यसो त अदालतको आदेशकै आधारमा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले २०७९ सालमा तत्काल विधेयक प्रस्ताव गर्न सरकारलाई निर्देशन दिएको थियो । विडम्बना नै भन्नुपर्छ समितिको उक्त निर्देशनलाई पनि बेवास्ता गरिएको छ । कानुन निर्माणको प्रक्रिया अघि नबढ्दा एचआइभी संक्रमितहरू अधिकारबाट वञ्चित भएका छन् । कानुन नहुँदा उनीहरुले पाउनुपर्ने सेवासुविधा र अधिकार पाउन सकेका छैनन् । उक्त अवधिमा धेरै पटक सरकार फेरिए ।

प्रमुख दलका शीर्ष नेताहरु पालैपालो प्रधानमन्त्री बने । धेरै नेता कानुनमन्त्रीको कुर्सीमा पुगे । तर, एचआइभी संक्रमितहरुको समस्या कसैले देखेनन् वा देखेर पनि बेवास्ता गरे वा प्राथमिकतामा राख्न उचित ठानेनन् । हुन त एउटा सरकार बन्नेबित्तिकै प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नो कुर्सी जोगाउनमै ध्यान गएको हुन्छ । कुन बेला कुर्सी छाड्नुपर्ने हो, त्यसैको ध्याउन्नमा हुँदा जनताको वास्तविक समस्या देख्दै देख्दैनन् । देखेको भए अवश्य पनि एचआइभी संक्रमितहरुको अधिकार संरक्षणमा संवेदनशील बन्थे होलान् ।

Hardik health

यो त एउटा प्रतिनिधि घटनामात्रै हो । मुलुकमा नयाँ संविधान जारी भएर गणतन्त्र कार्यान्वयनमा आएको वर्षौं बित्दा पनि एचआइभी संक्रमितहरुका लागि जस्तै अन्य धेरै कानुन बन्न बाँकी छ । यस्ता अत्यावश्यक कानुन निर्माण गर्न छाडेर सत्ताको जोडघटाउमा राजनीतिक दलहरु लाग्दाको परिणाम हो । संसद् अधिकांश समय बिजनेसविहीन भएर बस्नुपरेको छ । आवश्यक कानुनका विधेयकहरु भटाभट निर्माण गरी संसद्लाई बिजनेस दिनुपर्ने दायित्व सरकारको हो । तर, सरकार न अदालतको आदेश टेर्छ, न संसदीय समितिको । सरकारको यस्तो अटेरीपनका कारण नागरिकले अधिकारबाट वञ्चित हुनुपर्ने बाध्यता छ । 

उसै पनि एचआइभी जस्ता जटिल रोग लागेकाहरुलाई आत्मविश्वास बढाउन हौसलाको खाँचो हुन्छ । तर, सरकारले भने उल्टो निराश बनाउने काम गरिरहेको छ । यो सरकारको नागरिकप्रतिको गैरजिम्मेवारीपन हो । यस्तो प्रवृत्ति अन्त्य गर्न सरकारलाई दबाब सिर्जना गर्नुपर्ने आवश्यकता भएको छ । विशेषतः सांसदहरुले सरकारलाई दबाब दिने काममा अग्रसरता लिनुपर्छ ।  एचआइभी/एड्स संक्रमितहरूलाई अधिकार दिलाउन यथाशीघ्र कानुन बनाऊ ।
 


प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १४:२९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस सोमबार, मंसिर २२, २०८२
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल शुक्रबार, मंसिर १९, २०८२
पुराना दललाई वैकल्पिक दलको चुनौती
पुराना दललाई वैकल्पिक दलको चुनौती बिहीबार, मंसिर १८, २०८२
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ मंगलबार, मंसिर १६, २०८२
निर्वाचनको वातावरण बनाऊ
निर्वाचनको वातावरण बनाऊ सोमबार, मंसिर १५, २०८२
रिटायरहरुको क्लब बन्दै दल 
रिटायरहरुको क्लब बन्दै दल  आइतबार, मंसिर १४, २०८२
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण निःशुल्क गर
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण निःशुल्क गर शुक्रबार, मंसिर १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
लगातार दुई वर्ष  बैंक अफ द ईयर अवार्ड सिटिजन्स बैंकलाई
लगातार दुई वर्ष  बैंक अफ द ईयर अवार्ड सिटिजन्स बैंकलाई
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP