Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #वार्षिक साधारणसभा
  • #नाफिज
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #जुडो
  • #सकुन_सुनुवार
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • स्मार्ट काठमाडौंमा आगलागीको बाढी
स्मार्ट काठमाडौंमा आगलागीको बाढी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन ३०, २०८२

राजधानी काठमाडौंलाई स्मार्ट सहरका रुपमा हेरिन्छ । देशभरका नयाँ सहरले काठमाडौं हेर्दै विकास बढाउँदै लान्छ । तर यही काठमाडौंको आगलागीसम्बन्धी पछिल्लो तथ्याङ्क डरलाग्दो देखिन्छ । पछिल्लो एक वर्षको अवधिमा काठमाडौं जिल्लामामात्रै दुई हजार ७२२ वटा आगलागीका घटना दर्ता भएको प्रहरीको रिपोर्टमा उल्लेख छ । सहरीकरण भए पनि पुरानै शैलीको बिजुलीका पोल तथा ट्रान्सफर्मरका कारण सबैभन्दा बढी आगलागीका घटना भएको देखिन्छ ।

काठमाडौंमा अव्यवस्थित तार व्यवस्थापन गर्ने भन्दै बेलाबेला प्रचारबाजी गरिन्छ । तर अहिलेसम्म असरल्ल तारहरुको व्यवस्थापन गरिएको छैन । नाँगा तार, जोल्ठिएर राखिएका तारहरु आपसमा जुध्दा यस्ता घटना बढ्ने गरेका हुन् । सबैभन्दा बढी त बिजुलीको पोल र ट्रान्सफर्मर तथा घर÷कोठा र मिटरबक्समा विद्युत् ‘सट’, भएर आगलागी भएका घटना । बिजुलीका पोल र ट्रान्सफर्मर आगलागीका एक हजार ८७६ घटना दर्ता भएका छन् । राजधानी काठमाडौंलाई विकास र व्यवस्थापनको नमुना मानिन्छ । तर यहाँ नै बिजुली व्यवस्थापन अस्तव्यस्त हुँदा यसखाले घटना बढेका छन् ।

यो अवधिमा घरमा ४०७ वटा आगलागी भएको काठमाडौं परिसरले जनाएको छ । यस्तै ग्यास लिक भएर भएर ४५, वन जंगलमा ६८ र अन्य कारणबाट ३२६ वटा आगजनी भएको देखिन्छ । यी घटनामध्ये ४२ प्रतिशत घटनामा प्रहरी पाँच मिनेटभन्दा कम समयमा सम्बन्धित स्थानमा पुगेको दाबी प्रहरीले पेश गरेको छ । ट्राफिक जाम, घटनास्थलको पहिचान, सूचनाको विश्लेषण र प्राथमिकीकरणका कारण केही स्थानमा पुग्न भने समय लाग्ने गरेको देखिन्छ । यस्तो घटनाबाट बढीजसो घर र मानवीय क्षति हुने गरेका छन् । मानवीय क्षति र भौतिक सम्पत्तिमा यतिकै क्षति हुनेगर्छ ।

Hardik health

यस्ता घटना हुन नदिन सबैभन्दा पहिले त विद्युतीकरण व्यवस्थित पार्नुपर्छ । विदेशमा पनि पोलबाट बिजुली लाने व्यवस्था छ । तर नेपालमा पोल नै भाडामा लिएर विभिन्न तार अल्झाउने प्रथा अझै कायमै छ । डिजिटल नेपालको नारा शुरु भए पनि तारको समस्याबाट काठमाडौंले अझै मुक्ति पाउने स्थिति छैन । यस्तो अवस्थामा नेताहरु चुनावी गफमा व्यस्त सुनिन्छन् भने कर्मचारी प्रशासन बजेटको बाँडफाँड र सरुवा भ्रमणमै व्यस्त सुनिन्छ । 

सहर होस् या गाउँ कुरुप व्यवस्थापनलाई व्यवस्थित बनाउने काम कर्मचारीको हो भने खबरदारी गर्ने काम राजनीतिक दलका नेताहरु र नागरिकको हो । त्यसैले यस्तो विषयमा सबैले आआफ्नो तर्फबाट खबरदारी गरौं । सानो समस्या व्यवस्थापन गर्दै गएमामात्र सहर स्मार्ट बन्ने हो । कागजमा लेखिएको नाराले गाउँसहर स्मार्ट बन्ने दिवास्वप्न आजैबाट त्यागौं । 


प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  १४:०१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस सोमबार, मंसिर २२, २०८२
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल शुक्रबार, मंसिर १९, २०८२
पुराना दललाई वैकल्पिक दलको चुनौती
पुराना दललाई वैकल्पिक दलको चुनौती बिहीबार, मंसिर १८, २०८२
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ मंगलबार, मंसिर १६, २०८२
निर्वाचनको वातावरण बनाऊ
निर्वाचनको वातावरण बनाऊ सोमबार, मंसिर १५, २०८२
रिटायरहरुको क्लब बन्दै दल 
रिटायरहरुको क्लब बन्दै दल  आइतबार, मंसिर १४, २०८२
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण निःशुल्क गर
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण निःशुल्क गर शुक्रबार, मंसिर १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
लगातार दुई वर्ष  बैंक अफ द ईयर अवार्ड सिटिजन्स बैंकलाई
लगातार दुई वर्ष  बैंक अफ द ईयर अवार्ड सिटिजन्स बैंकलाई
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP