Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #वार्षिक साधारणसभा
  • #नाफिज
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #जुडो
  • #सकुन_सुनुवार
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • भूमिहीनमाथि भोटको राजनीति
भूमिहीनमाथि भोटको राजनीति
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन २९, २०८२

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले १२ लाखभन्दा बढी भूमिहीनलाई चाँडोभन्दा चाँडो लालपुर्जा बाँडेर इतिहास रच्न निर्देशन दिए । यो निर्देशनको उद्देश्य प्रस्टै देखिन्छ- भूमिहीनलाई लोभ्याउनु । सुकुम्बासीलाई जमिनको लालपुर्जा बाँड्ने लोभ सरकारमा बस्नेहरुले यसरी नै बाँड्ने गर्छन् । यसअघि सरकारको नेतृत्व गरेका दलका नेताहरुले पनि बेलाबेला लोभ देखाएका हुन् । तर यो समस्या सुल्झने अवस्था देखिँदैन ।

प्रस्टै छ, सुकुम्बासी को हुन् को हैनन् भन्ने विधि जाँच्ने प्रविधि नेपालमा छैन । प्रशस्त जमिन भएकै मानिसहरु पनि नयाँ ठाउँको लालपुर्जा पाइने आशमा सुकुम्बासी बनेका घटना बेलाबेला सार्वजनिक भएकै हो । यस्तो घटनाले वास्तविक सुकुम्बासी भने पीडामा परेका छन् । फेरि जमिन पाउन सजिलो पनि छैन । जमिनका लागि सरकारी वन फाँड्नुपर्छ । यो वन कानुनविपरीत हुन जान्छ । यसका लागि वैज्ञानिक बन्दोवस्ती मालपोत पनि सक्षम देखिँदैन । अझ भूमि समस्या समाधान आयोग आफैं कर्मचारी नभएर समस्यामा परेको देखिन्छ ।

१२ लाखभन्दा बढीलाई लालपुर्जा बाँड्नेगरी गठन भएको आयोगलाई न त पुग्दो कर्मचारीको सुविधा छ न त प्रविधिको । त्यसैले बाँके बर्दियाबाहेक धेरै ठाउँमा दिने जमिनको टुंगो लागेको छैन । कार्यकर्ता भर्ती केन्द्र बनेको आयोगका जिल्ला समितिमा कसको मान्छे हाल्ने भन्नेमै हानथाप छ । यसरी जग नै नहालेको आयोगको वार्षिक समीक्षामा ओलीले छुमन्तरमा काम सकिनेझैं गरी काम चाँडो सक्न निर्देशन दिए । निर्देशन दिन निकै सजिलो छ । तर वातावरण यति बिग्रिएको अवस्था छ कि भूमि समस्या समाधानका लागि बनेको भूमि विधेयक शक्तिशाली सरकारकै सांसदहरुले पारित गर्न सकेका छैनन् ।

Hardik health

अहिले सरकारमा एमाले र कांग्रेस छ । एमालेको मन्त्री बलराम अधिकारीले अघि बढाएको विधेयक अहिले कांग्रेसले अड्काएर राखेको छ । कारण प्रधानमन्त्री ओलीकै गतिविधिमा शंका छ उसलाई । नेताहरु ‘म कुटेजस्तो गर्छु, तिमी रोएजस्तो गर’ शैलीमा भूमिहीनमाथि राजनीति गर्दै छन् । अहिलेको आयोगका पदाधिकारीको म्याद जम्मा तीन वर्षको हो । लगभग एक वर्ष त पदाधिकारीले पूरा गरिसकेका छन् । अबको दुई वर्षमा आयोगले यो काम गर्नसक्ने सम्भावना न्यून देखिन्छ । 

अझ नेपालको राजनीति कति बेला के हुन्छ पत्तो हुन्न । सरकार फेरिए पदाधिकारी पनि फेरिन्छन् । अनि त कामको सुरुआत फेरि शून्यबाट । यसरी नै राजनीतिक दलका नेताहरुले हरेक चुनावमा आफ्नो भोट सुरक्षित पार्न लालपुर्जाको आश देखाउँछन् । प्रधानमन्त्री ओलीले मंगलबार यसरी नै मतदाता लोभ्याउन लालपुर्जाको सपना देखाएका हुन् । 


प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  १४:४८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस सोमबार, मंसिर २२, २०८२
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल शुक्रबार, मंसिर १९, २०८२
पुराना दललाई वैकल्पिक दलको चुनौती
पुराना दललाई वैकल्पिक दलको चुनौती बिहीबार, मंसिर १८, २०८२
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ मंगलबार, मंसिर १६, २०८२
निर्वाचनको वातावरण बनाऊ
निर्वाचनको वातावरण बनाऊ सोमबार, मंसिर १५, २०८२
रिटायरहरुको क्लब बन्दै दल 
रिटायरहरुको क्लब बन्दै दल  आइतबार, मंसिर १४, २०८२
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण निःशुल्क गर
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण निःशुल्क गर शुक्रबार, मंसिर १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
लगातार दुई वर्ष  बैंक अफ द ईयर अवार्ड सिटिजन्स बैंकलाई
लगातार दुई वर्ष  बैंक अफ द ईयर अवार्ड सिटिजन्स बैंकलाई
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP