Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
समाचार
  • Home
  • समाचार
  • घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन २८, २०८२

कैलाली- वर्षासँगै कैलालीमा घर डुबान हुँदा वादी समुदाय समास्यामा परेको छ । कैलालीको लम्की चुहा नगरपालिका–३ बल्चौरमा बसोबास गर्दै आएको वादी समुदायका घर डुबानमा पर्दा विचल्ली भएको हो । 

वादीका १२ घर डुबानमा पर्दा घरपरिवारका सदस्यहरु आफन्त र छिमेकीको घरमा आश्रय लिएका छन् । घरमा पानी पसे पनि कतिपय परिवार आफ्नै घरमा बसेका छन् । सो क्षेत्रमा ७१ परिवार वादीका छन् । घरमा पानि पसेपछि खाना पकाउन र शौच गर्न समस्या भइरहेको गुनासो उनीहरुको छ । काठको सानो कच्चीघरमा बस्दै आएकी ३३ वर्षीया रीमादेवी वादीले डुबानकै कारण घरमा एक हप्तादेखि चुलो बाल्न नसकेको बताइन् । 
उनी भन्छिन्,‘घर वरिपरिको जमेको पानीमा सर्प हिँडिरहन्छन्, छोरालाई एक्लै घरमा छोडर कतै काममा पनि जान सकेकी छैन ।’ उनका श्रीमान्को केही महिनाअघि नजिकै रहेको रानीजमरा कुलरिया सिँचाइ आयोजनको नहरमा डुबेर मृत्यु भएको थियो । 

श्रीमान्को निधनपछि रीमा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएकी हुन् । उनले भनिन्,‘नगरमा डुबेर श्रीमान्को मृत्युपछि अहिले आफू सहाराविहीन छु, तीन छोराछोरी पालेर बसेकी छु ।’   वर्षा भएपछि घर डुबानमा पर्ने र छाना पनि चुहिने समस्याले थप समस्या झेल्नु परेको अर्की महिला शान्ता वादीले बताइन् । उनको घर परिसर वर्षाको पानी जम्दा भान्सा पनि पूरै पानी भरिएको छ । ‘हजुर साह्रै दुःख पाइयो, न खाना पकाउने ठाउँ छ, न शौच गर्ने ठाउँ । कतिखेर साना बच्चा पानी डुब्ने हुन भन्ने चिन्ताले सताइरहन्छ’, उनले भनिन् । सरकारले बनाइदिएको कच्ची घरमा बस्दै आएका आफूहरुलाई यतिबेला घर डुबानमा पर्दा समस्या हेरिदिने कोही नपाइएको अर्की महिला गजगी वादीको गुनासो छ । ‘घर निर्माण गरिदिएर सरकारले राम्रो काम गरेको छ, तर पानी निकास हुने व्यवस्था नगर्दा डुबानको समस्या झेल्नुपर्यो, घरभित्रको खाद्यान्न र लत्ताकपडा भिजेर क्षति पुग्ने गरेको छ ।’ घर डुबानमा परेपछि विपन्न वादी समुदायका कुनै पनि व्यक्ति केही दिनदेखि दैनिक मजदुरीमा जान सकेका छैनन् । मजदुरीमा जान नपाएर आफूहरुलाई बालबच्चाको बिहान साँझको छाक टार्न समस्या भएको अर्का अर्जुन वादीले बताए ।

Hardik health

पूर्वपश्चिम राजमार्ग छेउमै रहेको यो बस्ती वर्षायामसँगै बर्र्सेनि डुबानमा पर्ने गरेको छ । बस्तीमा पानी निकासको व्यवस्था गरिए पनि त्यसले काम नगरेको उनीहरुको भनाइ छ । बस्तीमा रहेका रुख यसै वर्ष हटाइएपछि हावाहुरीको समयमा हुनसक्ने जोखिमको त्रासबाट मुक्ति पाइए पनि पानी निकासको व्यवस्था गरिएको छैन । उनीहरुले डुबानको समस्या समाधानका लागि सरकारलाई अनुरोध गरेका छन् । रमा वादीले भनिन्,‘यो वर्षमा मात्र यसै बस्तीका दुई बालबालिकासहित चार जनाले नहरमा डुबेर ज्यान गएको छ, वर्षाले घर डुबानमा पर्ने  र नजिकै रानीजमरा कुरिया सिँचाइ आयोजनाको नहरमा मान्छे डुबेर मर्ने, बस्तीका लागि यो जोखिम देखियो ।’

विसं २०६४देखि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट यो क्षेत्रमा बसाइँसराइ गरेका वादी समुदायका ७१ परिवारको बसोबास छ । भूमिहीन वादीका परिवारलाई सरकारले सोही क्षेत्रमा जग्गा उपलब्ध गराएर १४३ वटा सुरक्षित आवास(घर) निर्माण गरिदिएको छ । उक्त बस्तीका ३३ घरपरिवार मात्रै सुरक्षित आवास (घर) निर्माण गर्न बाँकी रहेको जनाइएको छ । 


प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १४:५१
#वादी समुदाय
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै शुक्रबार, पुस ११, २०८२
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी 
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी  शुक्रबार, पुस ११, २०८२
सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु
सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु शुक्रबार, पुस ११, २०८२
रेसुंगा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज
रेसुंगा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज शुक्रबार, पुस ११, २०८२
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल शुक्रबार, पुस ११, २०८२
वीरेन्द्रनगरमा पानीको आपूर्ति पूरा गर्न दोस्रो चरणको काम सुरु
वीरेन्द्रनगरमा पानीको आपूर्ति पूरा गर्न दोस्रो चरणको काम सुरु शुक्रबार, पुस ११, २०८२
नवनियुक्त मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ शुक्रबार, पुस ११, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP