Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #भव्य नगर
  • #भूमि विधेयक
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
  • #उत्तराखण्ड बाढी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कारागारलाई अपराधको हैन सुधार केन्द्र बनाऊ
कारागारलाई अपराधको हैन सुधार केन्द्र बनाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन २६, २०८२

दक्षिण अफ्रिकी देशहरुको ‘ग्याङ वार’लाई झल्को दिनेगरी शुक्रबार कैलालीको जिल्ला कारागारमा कैदीबन्दीबीच झडप भयो । झडपका कारण धनगढीका ३६ वर्षीय भरत चौधरीको मृत्यु भयो । घटनामा परी ४७ जना घाइते भएका छन् । सुरक्षा व्यवस्थामा रहेको कमजोरीकै कारण उक्त घटना घटेको देखिएको छ ।

नेपालमा कारागारलाई सजाय भोगाउने थलोका रुपमा हेरिन्छ । तर यो त पुनस्र्थापना र सुधार केन्द्र हुनुपर्ने हो । कारागारमा विभिन्न अभियुक्तहरु आइपुग्छन् । हत्या, बलात्कार, कुटपिट, गुण्डागर्दीदेखि विभिन्न अपराधमा दोषी देखिएकाहरुको सुधारका लागि सरकारले स्थापना गरेको बन्दीगृह नै कारागार हो । तर अव्यवस्थित भौतिक संरचना, प्रशासनको लापरवाही, कैदीबन्दीको नाइकेलाई दिइने छुटजस्ता विषयले कारागार विवादमा तानिँदै आएको छ । शुक्रबार झडप भएको कैलाली कारागारको क्षमता १५० जनाको हो । तर यहाँ ६९५ कैदीबन्दी छन् । कारागारमा खटिएका कर्मचारीले पनि पछिल्लो समय लापरवाहीको हद पार गरेको देखिन्छ ।

कारागार प्रमुख वसन्त खत्री बिरामी बिदामा बसेको देखिन्छ । उनले नायब सुब्बा ज्ञानेन्द्र ओझालाई निमित्तको जिम्मेवारी दिएकोमा उनी पनि बिदा बसेर खरिदार रामकुमार चौधरीले जेल सञ्चालन गर्दै आएका थिए । यस्तो अवस्थामा पछिल्लो तीन साताअघिबाटै जेलमा झडपका घटना सुरु भइसकेको देखिन्छ । कैलाली कारागारमा नवीन रावल समूहले एकछत्र राज गरेको भेटिएपछि जेल प्रशासनले उनको पक्षका कैदीहरुलाई विभिन्न समयमा सरुवा गरेको देखिन्छ । यसरी सरुवा गर्दा रावल पक्षले हुलदंगा मच्चाउँदै यो कार्य रोक्न प्रशासनलाई दबाव दिएको देखिन्छ । उनीहरुले जेलभित्रैबाट आपराधिक गतिविधि सञ्चालन गर्दै आएको देखिन्छ ।
कतिसम्म भने उनीहरुले कारागारलाई शनिबार साँझसम्म नियन्त्रणमा लिए । कोही भित्र आए पड्काइदिने भन्दै गेटमै ग्यास सिलिण्डर राखेका थिए । कारागारभित्रैबाट हत्यादेखि अफिम कारोबारीका घटना हुन्छन् भन्ने विषय काठमाडौं उपत्यकामै सुनिन्छ । कैलाली कारागारका कैदीबन्दीले मोबाइल फोनसमेत प्रयोग गरेको भेटिएको छ । यसमार्फत उनीहरुले आफ्नो धन्दा चलाएको हुनसक्ने अनुमान प्रहरीको छ ।

रावल समूहको कैदीहरुलाई तितरवितर गर्ने नियत प्रशासनको राम्रै देखिन्छ । तर यस्तो अवस्थामा प्रशासनलाई बलियो पार्दै सुरक्षा संयन्त्रलाई पनि जानकारी दिनुपथ्र्यो । जबकि, राष्ट्रिय मानवअधिकार आयोगले सुरक्षा अवस्था सुदृढ पार्न निर्देशन दिइसकेकोमा कारागार प्रशासनले बेवास्ता गरेको देखिन्छ । बेलाबेला भइरहेको झडपलाई पनि प्रशासनले नजरअन्दाज गरेको भए सायद दक्षिणी अफ्रिकी मुलुकहरुको झल्को दिनेगरी यसरी ग्याङ वार नै चाहिँ हुँदैनथ्यो । कैलाली घटनाबाट नेपालको सम्पूर्ण कारागारले सिक्नुपर्ने कुरा हो हरेक कदम चाल्दा सुरक्षा निकायसँग समन्वय । अनि अर्को विषय भनेको कारागारलाई अपराधको केन्द्र नबनाऊ, सुधार केन्द्र बनाऊ । 
 


प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  १३:२१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
राजनीतिमा वर्षैभरि गाईजात्रा
राजनीतिमा वर्षैभरि गाईजात्रा आइतबार, साउन २५, २०८२
अभिमुखीकरण तालिममा बेथिति
अभिमुखीकरण तालिममा बेथिति शुक्रबार, साउन २३, २०८२
वैकल्पिक दलमा पनि पुरानै रोग !
वैकल्पिक दलमा पनि पुरानै रोग ! बिहीबार, साउन १५, २०८२
मधेसको समस्या सम्बोधनमा जुटौं 
मधेसको समस्या सम्बोधनमा जुटौं  बुधबार, साउन १४, २०८२
स्वतन्त्र र स्वायत्त हुनुपर्छ मिडिया काउन्सिल
स्वतन्त्र र स्वायत्त हुनुपर्छ मिडिया काउन्सिल मंगलबार, साउन १३, २०८२
स्रोतको पहिचान र बाँडफाँट न्यायोचित होस्
स्रोतको पहिचान र बाँडफाँट न्यायोचित होस् सोमबार, साउन १२, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP