Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
  • #बाघ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • राजनीतिमा वर्षैभरि गाईजात्रा
राजनीतिमा वर्षैभरि गाईजात्रा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन २५, २०८२

नेपाली राजनीति यस वर्ष गाईजात्रामय भयो । पहिलो र दोस्रो दलले सरकार गठन नगर्ने संसदीय परम्परालाई ध्वस्त पार्दै कांग्रेस-एमालेले सरकार गठन गरे । सुशासन कायम गर्ने वाचा गरे । तर, गिरिबन्धु प्रकरण, भुटानी शरणार्थी प्रकरण र बाँसबारीप्रकरण सामसुम पारे । यो भन्दा अर्को गाईजात्रा के हुन सक्ला र ? 

अझ उधेकलाग्दो त प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा सुशासन आयोग गठन भयो । जबकि, उनकै मन्त्रिपरिषद्मा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहेका राजकुमार गुप्ताले घुसकाण्डमा मुछिएर सत्ताबाट हात धुनुप¥यो । भूमि व्यवस्थामन्त्री बलराम अधिकारी पनि घुसकाण्डमा मुछिए । गृहमन्त्री रमेश लेखक भिजिट भिसामा मानव तस्करी गर्ने प्रकरणमा जोडिए । ऊर्जामन्त्री दीपक खड्काको नाम सेटिङ प्रकरणमा आयो । तर, पनि प्रधानमन्त्री ओली सुशासन आयोगको अध्यक्ष बने । ‘म भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ’ भनेर हाँक दिने ओली सरकारको यो भन्दा रोचक गाईजात्रा के चाहिँ होला र ? 

दलहरूतर्फ हेर्दा यस वर्ष गाईजात्रारुपी दुई लाइने संघर्ष हरेक दलमा देखियो । प्रधानमन्त्री ओलीको दल एमालेमा त पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रडाको मच्चाइन् । अन्ततः ओलीले एमालेको गेटबाटै उनलाई आउट गरे । दुई कार्यकाल अध्यक्ष र ७० वर्षे उमेर हद हटाए । अरुलाई नेतृत्वमा छेक्न बनाइएको यस्तो प्रावधान आफ्ना लागि भने हटाएर खुला गरे । जहिले गाईजात्रा देखिने कांग्रेसमा यसपटक पनि नदेखिने कुरै भएन । कांग्रेसको शेखर कोइराला समूह त स्थायी प्रतिपक्षीजस्तो देखियो । चुनावमा अन्तर्घातको आरोपमा अनुशासनको कारबाही सभापति देउवापक्षले गर्दा यो समूहका नेताहरूले तीन फिट उफ्रिँदै विरोध गरे । बागमतीमा आफ्नै सरकार ढाले ।

Hardik health

माओवादीको पार्टी सत्तामा ३६ वर्षदेखि विराजमान पुष्पकमल दाहालले पार्टी फुटाउन लागेको आरोप लगाएर जनार्दन शर्मालाई कमजोर बनाए । उनै दाहालले भने सत्ताका लागि जहिल्यै खुट्टा उचालिरहे । उनी सत्ताको छटपटिमा देखिए । सरकार ढल्ने दिनगिन्ती गरे ।  स्टन्टवाजी दल रास्वपाले हालै अदालतलाई चुनौती दिँदै सहकारी ठगी आरोपी रवि लामिछानेको नाममा हस्ताक्षर संकलन गर्यो । शनिबार त रविको कटआउटमै रक्षा बन्धन बाँधी दिए । यी सबै गाईजात्रालाई मात खुवाउने गतिविधि हुन् ।  संसद्को पाँचौ दल राप्रपा र राजावादी शक्तिहरू ज्ञानेन्द्र शाहलाई फेरि राजा बनाउन तम्सिए । ज्ञानेन्द्र पनि राजा भइएला कि भन्नेमा थिए । सडकमा केही हजार जनता पनि देखिए । तर, यतिबेला राजा ल्याउने भन्ने ठूलो दल राप्रपा फुटको डिलमा छ । अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर जबरा आपसी शक्ति संघर्षमा छन् । 

नेकपा एकीकृत समाजवादीमा हालै अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनालको भीषण संघर्ष चलिरहेको छ । एकले अर्कालाई ‘पार्टीबाट बाहिर जा’ भन्न थालेका छन् । साना दलका ठूला विवाद भन्ने यो दलमा देखिएको छ । नयाँ भनिएका दुई दल जनमत र नागरिक उन्मुक्तिमा पारिवारिक झगडा देखियो । जनमत अध्यक्ष डा. सिके राउतले त श्रीमतीसँग सम्बन्ध विच्छेद नै गरे । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रहेका श्रीमान् रेशमलाल चौधरीबीच कटुतापूर्ण सम्बन्ध छ । अलग हुने स्थितिमा दुई नेता पुगेका छन् र पार्टीलाई छिन्नभिन्न बनाउनेतिर उनीहरूको झगडा केन्द्रित छ । यी दृष्टान्तले नेपाली राजनीतिक दलहरू वर्षैभरि गाईजात्रा देखाउनमै व्यस्त भएको प्रस्ट देखाउँछ । अनि यी ‘गाईजात्रे’ दलहरुबाट के आशा गर्नु ? 


प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  ११:५१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
फरार कैदीबन्दी फर्काउन ‘डिजिटल प्लेटफर्म’ उपयोग
फरार कैदीबन्दी फर्काउन ‘डिजिटल प्लेटफर्म’ उपयोग मंगलबार, कात्तिक ११, २०८२
देशको आर्थिक स्वास्थ्य सुधारौं
देशको आर्थिक स्वास्थ्य सुधारौं सोमबार, कात्तिक १०, २०८२
आन्दोलन रोकौं, संवादमार्फत निकास खोजौं 
आन्दोलन रोकौं, संवादमार्फत निकास खोजौं  आइतबार, कात्तिक ९, २०८२
तिहार–नेपाल सम्वत्को शुभकामना
तिहार–नेपाल सम्वत्को शुभकामना सोमबार, कात्तिक ३, २०८२
नेपाली क्रिकेटको ऐतिहासिक छलाङ
नेपाली क्रिकेटको ऐतिहासिक छलाङ आइतबार, कात्तिक २, २०८२
कूटनीतिक छवि धुमिल्याउने कदम
कूटनीतिक छवि धुमिल्याउने कदम शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP