Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
  • #बाघ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • अभिमुखीकरण तालिममा बेथिति
अभिमुखीकरण तालिममा बेथिति
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन २३, २०८२

वैदेशिक रोजगार विभाग र पूर्वप्रस्थान अभिमुखीकरण तालिमप्रदायक संस्थाका सञ्चालकहरुबीच फेरि आरोप–प्रत्यारोप चलेको छ । वैदेशिक रोजगारीमा जानुअघि दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम प्रभावकारी नभएको भन्दै विभागले अनुगमन थालेसँगै दुवैपक्षबाट एकअर्काप्रति आरोप लगाउन तल्लीन देखिएका हुन् ।

व्यवसायीहरु आफूहरुले तालिमलाई प्रभावकारी बनाउन भनेर साधन स्रोत, जनशक्तिलगायतका आवश्यक पूर्वाधार थप्दा पनि सरकारी संयन्त्रको लापरवाहीले राम्रो नतिजा नआएको दाबी गरिरहेका छन् । विभागले भने अभिमुखीकरण तालिमप्रदायक व्यवसायीहरुमा नपढाएरै संख्या देखाउन पाए हुन्थ्यो भन्ने मानसिकता र अस्वस्थ प्रतिस्पर्धा रहेको बताएको छ । त्यसो त यो क्षेत्रमा यस्तो विवाद नयाँ होइन । तालिम दिने संस्थाहरुले न प्रभावकारी तालिम दिन्छ न विभागले प्रभावकारी अनुमगन नै । दुवै पक्षको कमजोरी कोभन्दा को कमको अवस्थामा रहेको प्रस्टै देखिन्छ । विभागले अभिमुखीकरण तालिमलाई प्रभावकारी बनाउन भन्दै समय–समयमा विभिन्न नियमहरु परिमार्जन र थप गर्दै आएको छ । तर, कार्यान्वयनमा भने सधैं कमजोरी रहँदै आएको छ । 

व्यवसायीहरुले कक्षामा सहभागी नगराई तालिमको प्रमाणपत्र उपलब्ध गराउने विकृति अझै कायम रहेको देखिन्छ । विभागले यस्तो प्रवृत्ति रोक्न भन्दै गएको आर्थिक वर्षबाट ‘आइरिस’ प्रणालीसमेत कार्यान्वयनमा ल्याएको थियो । उक्त प्रणाली लागू भए पनि तालिमप्रदायकहरुबाट छल्ने काम गर्दै आएको पाइन्छ । तालिममा सहभागीलाई बिहान हाजिर गराएर पठाउने र तालिम सम्पन्न हुने समयमा पुनः हाजिरका लागि उपस्थित गराउने गरेकोसमेत भेटिन्छ । तर, विभागको अनुगमनबाट यस्ता व्यवसायीलाई कारबाही गरेको विरलै हुन्छ ।

Hardik health

विभागका अधिकारीहरुमाथि अनुगमनको नाममा आर्थिक चलखेल गर्ने गरेको गम्भीर आरोपसमेत लगाइएको छ । विगतमा पनि अनुगमन टोलीले आर्थिक लाभ लिई व्यवसायीका कमजोरी ढाकछोप गर्ने गरेका घटनाहरु हुँदै आएका थिए । यस्तो चलखेल अझै कायम रहेको र व्यवसायीहरुलाई अनावश्यक दुःख दिने गरेको गुनासो छ । यदि यस्तो हो भने व्यवसायीहरुले पारदर्शीरुपमा यसको खुलासा गर्नुपर्छ । व्यवसायीहरु पनि आफ्नो कमजोरी लुकाउन सकेसम्म यस विषयमा खुल्न चाहँदैनन् । यसले के देखाउँछ भने, जब व्यवसायी र विभागका अनुगमन टोलीबीचको ‘डिल’ मिल्दैन तब आरोप–प्रत्यारोपमा उत्रिन्छन् । स्वार्थ मिल्दासम्म दुवैपक्ष चुप रहन्छन् । 

विभाग र व्यवसायीबीचको स्वार्थप्रेरित द्वन्द्वको प्रत्यक्ष असर वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई पर्दै आएको छ । रोजगार गन्तव्य मुलुकमा जानुअघि त्यहाँको वातावरण, नियम कानुन, स्थानीय संस्कार, संस्कृति, भाषा, धर्म, ट्राफिक नियमलगायत विभिन्न विषयमा पर्याप्त जानकारी दिनुपर्नेमा तालिम नै नदिई चर्को शुल्क लिएर प्रमाणपत्र थमाउँदा गन्तव्यमा पुगेपछि ती श्रमिक समस्यामा पर्ने गरेका छन् । यसरी श्रमिकहरुमाथि भइरहेको छलछाम र अनधिकृत कार्य बन्द गराउन सरकार असफल देखिएको छ ।
 


प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  १२:१४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
फरार कैदीबन्दी फर्काउन ‘डिजिटल प्लेटफर्म’ उपयोग
फरार कैदीबन्दी फर्काउन ‘डिजिटल प्लेटफर्म’ उपयोग मंगलबार, कात्तिक ११, २०८२
देशको आर्थिक स्वास्थ्य सुधारौं
देशको आर्थिक स्वास्थ्य सुधारौं सोमबार, कात्तिक १०, २०८२
आन्दोलन रोकौं, संवादमार्फत निकास खोजौं 
आन्दोलन रोकौं, संवादमार्फत निकास खोजौं  आइतबार, कात्तिक ९, २०८२
तिहार–नेपाल सम्वत्को शुभकामना
तिहार–नेपाल सम्वत्को शुभकामना सोमबार, कात्तिक ३, २०८२
नेपाली क्रिकेटको ऐतिहासिक छलाङ
नेपाली क्रिकेटको ऐतिहासिक छलाङ आइतबार, कात्तिक २, २०८२
कूटनीतिक छवि धुमिल्याउने कदम
कूटनीतिक छवि धुमिल्याउने कदम शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP