Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • कोदो दिवस मनाइयो
कोदो दिवस मनाइयो
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, साउन १७, २०८२

काठमाडौँ - देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘कोदो दिवस–२०८२’ मनाइएको छ । सो अवसरमा शुक्रबार भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीमा भव्य रूपमा कोदो रोपेर दिवस मनाइएको हो ।

कोदोको महत्वलाई राष्ट्रियस्तरमा स्थापित गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने घोषणा गरेसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चाँगुनारायण नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ), राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज)को संयुक्त पहलमा कार्यक्रम आयोजना गरिएको हो ।

समारोह कृषि विभागका महानिर्देशक तथा कोदो दिवस मूल समारोह समितिका अध्यक्ष प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा एफएओ नेपालका प्रमुख केन सिमिजु, कृषि सचिवद्वय गोविन्द शर्मा र दीपक खराल, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का कार्यकारी निर्देशक डा कृष्णप्रसाद तिम्सिना, चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्री, किसान नेता विजय लामा, कृषि विज्ञ, पत्रकार तथा सयौं स्थानीय कृषकको उपस्थिति थियो ।

Hardik health

समारोहलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले स्वस्थ रहनका लागि हरेक नेपालीले दैनिक एक छाक कोदोको परिकार खानुपर्ने बताए । “हामी अहिले उपचार गर्न सक्छौँ, तर हाम्रो भविष्यको सन्तति रोगी भएर जन्मिन सक्छन्,” मन्त्री अधिकारीले भने, “त्यसैले एक छाक कोदोको परिकार भान्सामा समावेश गर्नु स्वस्थ जीवनको सुनिश्चितता हो ।” उनले कोदो खेतीलाई आयआर्जनसँग पनि जोड्न सकिने भएकाले यसको प्रवद्र्धनमा किसान, नीति निर्माता र सरोकारवाला एकजुट हुनुपर्ने धारणा राखे।

अध्यक्ष सञ्जेलले सरकारले कोदोलाई रणनीतिक बालीका रूपमा प्राथमिकता दिँदै दिवसको घोषणा गरेको बताए । उनले कोदो प्रवद्र्धनमा सक्रिय भूमिका खेलेकोमा अनाज र राष्ट्रिय कृषक समूह महासङ्घलाई धन्यवाद दिए । रैथाने बाली विज्ञ तथा मन्त्रालयका सह–सचिव डा रामकृष्ण श्रेष्ठले कोदोलाई जलवायु परिवर्तन–अनुकूल टिकाउ बालीका रूपमा प्रवद्र्धन गर्नु सरकारको ऐतिहासिक र दूरदर्शी निर्णय भएको बताए । कोदो खाद्य सुरक्षाको आधार, पोषणको स्रोत र पर्यावरणमैत्री खेतीका हिसाबले पनि विशेष महत्व राख्ने उनको कथन छ ।

कृषि सचिव शर्माले कोदोलाई हेपिएको बालीका रूपमा लिने मानसिकता रहेको भए पनि पछिल्लो समय यसको पोषणीय, पर्यावरणीय र आर्थिक मूल्यबारे जनचेतना बढ्दै गएको बताए । “विश्वमै कोदो अब सर्वश्रेष्ठ अन्नका रूपमा स्वीकारिन थालेको छ,” उनले भने । चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले पहिलो राष्ट्रिय कोदो दिवस आफ्नो नगरमा आयोजना हुनु गौरवको विषय भएको उल्लेख गर्दै कोदोजस्ता परम्परागत बालीलाई नगरस्तरबाटै प्राथमिकता दिइने प्रतिबद्धता जनाए । नार्कका कार्यकारी निर्देशक डा तिम्सिनाले कोदोको माग दिनप्रतिदिन बढिरहेको जनाउँदै बालीचक्रमा कोदोलाई समावेश गर्दै जानुपर्ने आवश्यकतामा जोड दिए।

कार्यक्रममा एफएओ नेपाल तथा भुटानका प्रमुख केन शिमिजुले कोदो बाली प्रवद्र्धनका लागि एफएओको सहयोग निरन्तर जारी रहेको बताए । “सन् २०२३ मा संयुक्त राष्ट्रसङ्घले कोदोलाई अन्तरराष्ट्रिय बालीका रूपमा घोषणा गरेपछि हामी थप प्राथमिकताका साथ यसबारे काम गरिरहेका छौँ,” उनले भने “नेपाल सरकारले कोदो दिवस घोषणा गर्नु खुशीको कुरा हो । एफएओले आगामी दिनमा पनि सहयोग र साथ निरन्तर दिनेछ ।”

स्थानीय कृषक तथा राष्ट्रिय कृषक समूह महासङ्घका बागमती प्रदेश अध्यक्ष लामाले पहिले हेपिएको कोदो अहिले धनी वर्गले खोजी खोजी खाने बालीमा परिणत भएको उल्लेख गर्दै चाँगुनारायण क्षेत्रमा यसको खेती घट्दै गएकाले पुनः प्राथमिकतामा राखेर खेती विस्तार गरिने बताए । कृषि मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालमा दुई लाख २४ हजार ९३५ हेक्टर क्षेत्रफलमा कोदो खेती गरी तीन लाख ७३२ मेट्रिकटन उत्पादन भएको छ ।

तथापि प्रति हेक्टर उत्पादकत्व भने एक दशमलव ३३ मेट्रिकटनमा सीमित छ । विज्ञका अनुसार सिँचाइ, उन्नत बीउ र प्रविधिको प्रयोगसँगै जनचेतना अभिवृद्धि गरिएमा कोदोको उत्पादन र उपयोग दुबैमा उल्लेखनीय वृद्धि सम्भव छ । आत्मनिर्भरताको हिसाबले कोदोको अवस्था चिन्ताजनक छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा नेपालले करिब ७६ करोड ६३ लाख रुपैयाँ बराबरको १८ हजार ३१६ मेट्रिकटन कोदोजन्य उत्पादन आयात गरेको छ भने निर्यात जम्मा ७० मेट्रिकटन मात्र भएको छ । 


प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  ०८:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
​​​​​​​सर्पदंश र रेबिविरुद्धको खोप अभाव टर्‍यो
​​​​​​​सर्पदंश र रेबिविरुद्धको खोप अभाव टर्‍यो शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP