Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जनकराज_गिरी
  • #नेपाल पर्यटन बोर्ड
  • #फेब्रुअरी_पर्यटक
  • #इरान_इजरायल
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #क्लिन_स्वीप
  • #डा स्वर्णिम वाग्ले
  • #इन्दिरा मानन्धर
Search Here
विश्व
  • Home
  • विश्व
  • कम्बोडियाद्वारा सैनिकहरू फिर्ता गर्न आग्रह
कम्बोडियाद्वारा सैनिकहरू फिर्ता गर्न आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन १५, २०८२

काठमाडौं- कम्बोडियाले बिहीबार  थाइल्यान्डलाई सीमा सङ्घर्षमा कब्जामा लिएका २० सैनिक फिर्ता गर्न आग्रह गरेको छ । ती सैनिकलाई दशकौँको सबैभन्दा रक्तपातपूर्ण सीमा सङ्घर्षलाई रोक्न युद्धविराम भएको केही घण्टापछि कब्जामा लिइएको हो ।

पाँच दिनको झडपमा दुवैतर्फ कम्तीमा ४३ जनाको मृत्यु भएपछि दुवै देशले मङ्गलबारदेखि युद्धविरामको सहमति गरेका थिए । विवादित सीमावर्ती मन्दिरहरूको दीर्घकालीन विवादले तिनीहरूको आठ सय किलोमिटर (पाँच सय माइल) सीमामा खुला युद्धमा परिणत भएको थियो । बुधबार दुवै पक्षले युद्धविराम उल्लङ्घनको आरोप लगाएपछि राति ७ः०० बजेसम्म हिंसाको कुनै रिपोर्ट नभएको बैङ्ककले जनाएको छ । कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेटाले बिहीबार २० जना सैनिकको रिहाइका लागि वार्ता भइरहेको बताए ।

‘हाम्रा सबै सैनिकहरूलाई सुरक्षित रूपमा र सकेसम्म चाँडो घर फिर्ता ल्याउनका लागि थाई पक्षसँग वार्ता जारी राख्न हामी सक्दो प्रयास गर्नेछौँ,’ उनले पत्रकार सम्मेलनमा भने, ‘हामी थाई पक्षलाई सबै २० जना सैन्य कर्मचारीलाई सकेसम्म चाँडो कम्बोडिया फिर्ता पठाउन आह्वान गर्दछौँ ।’ उनका अनुसार युद्धविराम लागु भएको लगभग आठ घण्टापछि मङ्गलबार बिहान ७ः५० बजेतिर सेनालाई कब्जा गरिएको थियो ।

Hardik health

थाइल्यान्ड सरकारले बुधबार हिरासतमा लिइएका सैनिकहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानून र सैन्य नियमहरूअनुसार व्यवहार गरिएको र सीमा स्थिति स्थिर भएपछि फिर्ता गरिने बताएको छ । संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले दुवै छिमेकी मुलुकलाई आफ्नो युद्धविराम सम्झौता पूर्ण रूपमा कार्यान्वयन गर्न र विश्वास र शान्ति निर्माण गर्न द्रुत कदम चाल्न आग्रह गर्नुभयो ।

‘द्धन्द्वका मूल कारणहरू समाधान गर्ने प्रयासमा कूटनीतिक प्रयासहरू जारी रहँदा यो महत्त्वपूर्ण सम्झौतालाई दुवै पक्षले सद्भावका साथ पूर्ण रूपमा सम्मान गर्नुपर्दछ’, उनले भने । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि मलेसियामा शान्ति सम्झौता गरिएको थियो । थाइल्यान्ड र कम्बोडिया दुवैले भारी भन्सार शुल्कको धम्कीलाई टार्न व्यापारिक सम्झौताका लागि ट्रम्पलाई मनाउन खोजिरहेका छन् । जङ्गल र कृषि जमिनले घेरिएको पहाडी ग्रामीण सीमा क्षेत्रमा दुवै पक्षले जेट, रकेट र तोप आक्रमणसहित लडाइँ गर्दा करिब तीन लाख मानिसहरू आफ्नो घर छोडेर भागे ।

थाइल्यान्डले उसका १५ सैनिक र १५ नागरिकको मृत्यु भएको बताएको छ भने कम्बोडियाले आठ नागरिक र पाँच सैन्य मृत्युको पुष्टि गरेको छ । मृत्यु सङ्ख्या सीमामा अन्तिम ठूलो हिंसाको तुलनामा उल्लेखनीय रूपमा बढी छ । यसअघि सन् २००८ देखि २०११ सम्म छिटपुट लडाइँमा २८ जनाको मृत्यु भएको थियो ।


प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  १३:५९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
मध्यपूर्व युद्धको प्रभावः तेल बजार स्थिर बनाउन अन्तर्राष्ट्रिय पहल
मध्यपूर्व युद्धको प्रभावः तेल बजार स्थिर बनाउन अन्तर्राष्ट्रिय पहल सोमबार, फागुन २५, २०८२
इरानको नेतृत्व चयनमा चीनको प्रतिक्रिया
इरानको नेतृत्व चयनमा चीनको प्रतिक्रिया सोमबार, फागुन २५, २०८२
इन्डोनेसियामा फोहोर डम्पिङ स्थलमा पहिरो, ४ जनाको मृत्यु
इन्डोनेसियामा फोहोर डम्पिङ स्थलमा पहिरो, ४ जनाको मृत्यु सोमबार, फागुन २५, २०८२
चीनको हतियार निर्यातमा पाकिस्तान प्रमुख
चीनको हतियार निर्यातमा पाकिस्तान प्रमुख सोमबार, फागुन २५, २०८२
मध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्यमा तीव्र वृद्धि
मध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्यमा तीव्र वृद्धि सोमबार, फागुन २५, २०८२
मध्यपूर्व युद्धको तीव्र विस्तार
मध्यपूर्व युद्धको तीव्र विस्तार सोमबार, फागुन २५, २०८२
बेरुतको एक होटलमा इजरायलको आक्रमण, युद्धमा मृत्यु हुने लेबनानीको सङ्ख्या ४०० पुग्यो
बेरुतको एक होटलमा इजरायलको आक्रमण, युद्धमा मृत्यु हुने लेबनानीको सङ्ख्या ४०० पुग्यो सोमबार, फागुन २५, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
भोट के मा ? 
भोट के मा ? 
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP