Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
  • #बाघ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • वैकल्पिक दलमा पनि पुरानै रोग !
वैकल्पिक दलमा पनि पुरानै रोग !
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन १५, २०८२

ठुला र पुराना दलका नेताका कार्यशैलीका कारण जनता आक्रोशित छन् । नौ–नौ महिनामा सरकार फेरिइरहने, भ्रष्टाचार, सेटिङजस्ता काण्डका कारण रुष्ट जनताले वैकल्पिक शक्ति खोजिरहेका छन् । २०७९ को निर्वाचनमा यसरी नै राष्ट्रिय स्वतन्त्र पार्टी, मधेसमा जनमत पार्टी र सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीको उदय भए । यी तीन दललाई जनताले अप्रत्यासितरुपमा समर्थन पनि गर्यो ।

तर तिनै दल अहिले मन्त्रीको भागबण्डादेखि भ्रष्टाचार काण्डमा फस्न थालिसकेका छन् । कतिसम्म भने जनताको मन जितेर संघदेखि प्रदेशको सरकारमा पुग्न सफल नागरिक उन्मुक्तिका मन्त्री र सांसदहरु भ्रष्टाचार मुद्दाका कारण सरकारबाट बाहिरिनुपर्यो । । अहिले नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ भ्रष्टाचारको आरोपमा मुछिएकी छन् । उनको दलमा परिवारवाद लागू भएको छ । श्रेष्ठका श्रीमान् रेशम चौधरीदेखि उनका ससुरा लालवीर चौधरीको पार्टीमा बोलवाला छ ।

यता मधेस प्रदेशमा जनता समाजवादी पार्टीलाई टक्कर दिनेगरी उदायको हर्न छापवाला जनमत पार्टी पनि अहिले सत्ताको स्वादमा डुबेको छ । सिके राउत नेतृत्वको जनमतले मधेस प्रदेशको मुख्यमन्त्रीदेखि संघको मन्त्रीसम्मको स्वाद चाखिसकेको छ । तर, यही दल अहिले विवादमा तानिएको छ । आफ्नो पार्टीको समानुपातिक सांसद फिर्ता बोलाउन जोडबल गरेर जनमत विवादमा तानियो । 

Hardik health

वैकल्पिक शक्तिको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारीको बचत रकम अपचलन अभियोगमा थुनामा छन् । उनको दलका कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई वैदेशिक रोजगारीका क्रममा ठगी गरेको आरोप अरु दलका नेताहरुले लगाउन थालेका छन् । ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न दुई करोड रुपैयाँ मागेको घुस प्रकरणका कारण सांसद पद नै गुमाएका छन् । मुकुल ढकाललाई महामन्त्रीबाट हटाएर कविन्द्र बुर्लाकोटीलाई महामन्त्री बनाएको अवस्था छ । यो मुद्दा निर्वाचन आयोगबाट किनारा लाग्न सकेको छैन । मन्त्री बनिसकेकी सुमना श्रेष्ठले असन्तुष्टि जनाउँदै सहमहामन्त्री पदबाट राजीनामा दिइसकेकी छन् । यसरी वैकल्पिक शक्तिका रुपमा उदाएका दलका नेताहरु छिन्नभिन्न हुन थालेका छन् ।

वैकल्पिक दललाई जनताले साथ दिइरहँदा यी दलका नेताहरु भने आपसी मनमुटावमा लागिसकेका छन् । जुन दलबाट विकास सम्भव छैन भनेर बुलन्द आवाज निकालेर प्रतिनिधिसभामा आइपुग्यो, यी दलहरु उनै पुराना दलको पिछालग्गु भएका छन् । पुरानै दलको सिको गर्दै विवाद र भ्रष्टाचारमा मुछिएका छन् । वैकल्पिक भनिएका दलमा पनि पुरानै रोग सल्किएको छ । जनताले विश्वास गर्ने गरी यी वैकल्पिक दल सुध्रिएलान् त ? यो आजको गम्भीर प्रश्न बनेको छ ।
 


प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  १०:३८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
फरार कैदीबन्दी फर्काउन ‘डिजिटल प्लेटफर्म’ उपयोग
फरार कैदीबन्दी फर्काउन ‘डिजिटल प्लेटफर्म’ उपयोग मंगलबार, कात्तिक ११, २०८२
देशको आर्थिक स्वास्थ्य सुधारौं
देशको आर्थिक स्वास्थ्य सुधारौं सोमबार, कात्तिक १०, २०८२
आन्दोलन रोकौं, संवादमार्फत निकास खोजौं 
आन्दोलन रोकौं, संवादमार्फत निकास खोजौं  आइतबार, कात्तिक ९, २०८२
तिहार–नेपाल सम्वत्को शुभकामना
तिहार–नेपाल सम्वत्को शुभकामना सोमबार, कात्तिक ३, २०८२
नेपाली क्रिकेटको ऐतिहासिक छलाङ
नेपाली क्रिकेटको ऐतिहासिक छलाङ आइतबार, कात्तिक २, २०८२
कूटनीतिक छवि धुमिल्याउने कदम
कूटनीतिक छवि धुमिल्याउने कदम शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP