Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • आत्मनिर्भरतर्फ अग्रसर भई विकासशील राष्ट्रमा स्तरोन्नति गराउने तयारीः प्रधानमन्त्री
आत्मनिर्भरतर्फ अग्रसर भई विकासशील राष्ट्रमा स्तरोन्नति गराउने तयारीः प्रधानमन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन १४, २०८२

काठमाडौं -  प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रको स्तरोन्नतिको तयारीमा नेपाल जुटेसँगै मुलुकको अन्तरराष्ट्रिय छवि उँचो भई नेपाल आत्मनिर्भर हुने दिशातर्फ अघि बढेको बताएका छन्  ।

राष्ट्रियसभाको आजको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्र्याजुएसन)सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले स्तरोन्नति हुँदा नेपालको ‘कन्ट्री रेटिङ’ सूचकांकबलियो बनी लगानीको थप वातावरण तयार हुने विश्वास व्यक्त गरे  ।

सन् १९७१ नोभेम्बर १८ मा संयुक्त राष्ट्रसङ्घीय महासभाले अतिकम विकसित मुलुकको सूचीमा सूचीकृत गरेको ५५ वर्षपछि नेपालले स्तरोन्नतिको अवसर पाउँदैछ । हाल ४५ देश सम्मिलित समूहको नेतृत्व गरेको नेपाल अन्य सात मुलुकसँगै आगामी मङ्सिरमा स्तरोन्नति हुँदैछ । उनले ‘भिजिट डिप्लोमेसी’को अवधारणालाई आत्मसात् गरी  ‘सगरमाथा संवाद’ र ‘लगानी सम्मेलन’जस्ता राष्ट्रिय तथा अन्तरराष्ट्रिय महत्वका सम्मेलनमार्फत आर्थिक कूटनीतिलाई जोड दिएको बताए ।
 
विगतको १५औँ योजना र चालु १६ औँ योजनाले लिएका लक्ष्य ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाको सफल कार्यान्वयनको नतिजा देखा पर्नथालेको प्रधानमन्त्री ओलीको भनाइ छ । “अहिले आर्थिक सुधारका राम्रा लक्षण देखा पर्नथालेका छन् । चालु सोह्रौँ योजनाको सामाजिक न्याय, सुशासन र समृद्धिका दूरदृष्टि, लक्ष्य र उद्देश्यहरु ‘एलडिसी’ स्तरोन्नतिपछिको अवस्थालाई आधार मानी तयार गरिएको छ”, प्रधानमन्त्री ओलीले भने, “स्तरोन्नति हुँदा नेपालले अतिकम विकसित राष्ट्रको हैसियतले विविध क्षेत्रमा प्राप्त गर्ने सुविधाहरुमा केही कटौती हुने स्थिति छ । नेपालमा पर्ने जलवायु परिवर्तनको असर र प्राकृतिक प्रकोपको प्रतिकूूलताले नेपालको प्रगतिमा बाधा उत्पन्न हुनसक्छ । यही परिस्थितिको आँकलन गरेर गत वर्षदेखि नै सम्बद्ध निकायमार्फत अन्तरराष्ट्रिय कूटनीतिक पहल भइरहेको छ । हामी चुनावका बेला प्रतिस्पर्धा गरौँ, अरु बेला विकासका लागि साझा प्रयास गरौँ । उत्पादन र उत्पादकत्व बढाऔँ ।”

नेपालले सन् २०१० देखि नै आवधिक योजना, बजेट तथा कार्यक्रममार्फत स्तरोन्नतिका प्रयास गर्दै आएकामा संयुक्त राष्ट्र सङ्घले सन् २०१५, २०१८ र २०२१ मा गरेको मूल्याङ्कनमा नेपालको मानव सम्पत्ति सूचकांक र  आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्कमा प्रगति गरेको जनाएको थियो । तर प्रतिव्यक्ति कूल राष्ट्रिय आयमा हालै मात्र सुधार भएकाले नेपाललाई सन् २०२६ मा मात्र यो अवसर आएको हो ।

Hardik health

आवधिक योजना कार्यान्वयनका लागि सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय निर्देशक समिति र प्रदेशस्तरीय कार्यान्वयन समिति गठन गरी छ वटा रणनीतिहरू कार्यान्वयन गरिरहेको छ । नेपालको स्तरोन्नतिलाई दिगो बनाइराख्न केही कानुन खारेजी, केही संशोधन र केही कानुन नयाँ बनाउनुपर्ने अवस्था रहेकाले यसमा नेपाल सरकारले आवश्यक प्रक्रिया अघि बढाएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले पूर्वाधार तथा ‘कनेक्टिभिटी’ बढाइ नेपाललाई ‘ल्याण्ड लक्ड’बाट ‘ल्याण्ड लिङ्क्ड’ बनाउने र बहुुराष्ट्रिय कम्पनीमार्फत मूल्य शृङ्खलाको विकासमा जोड दिने प्रयास गरिएको बताउँदै निजी क्षेत्रमा पर्ने प्रभाव, श्रम तथा रोजगारको क्षेत्रमा गर्नुपर्ने सुधार एवं व्यापारमा पर्ने प्रभावका सम्बन्धमा सरकारले आवश्यक रणनीति तय गरेको जानकारी दिए । 

विश्व अर्थतन्त्र ऋणात्मक हुँदा पनि नेपालको अर्थतन्त्र नकारात्मक दिशामा जान पाएन र नेपालको मेहनतले फेरि अर्थतन्त्रले गति लिन थालेको बताउँदै उनले विकासशील मुलुकमा स्तरोन्नतिमा जान नेपालको सबै मापदण्ड पुुगेको स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीले अन्तरराष्ट्रिय क्षेत्रमा प्रभावकारी कूटनीतिमार्फत वैदेशिक सम्बन्ध थप सुदृढ गर्ने प्रयास गरेको र अन्तरराष्ट्रिय सन्धिसम्झौताहरुको कार्यान्वयनमा प्रभावकारिता ल्याएको उल्लेख गर्दै खरिद ऐन, निर्माणसँग सम्बन्धित नीति तथा कानुनहरुको अध्ययन गरी संशोधन गर्नेतर्फ सरकार केन्द्रित रहेको बताए।

उनले भूूपरिवेष्टित र विकासशील मुुलुकहरुको तेस्रो अन्तररष्ट्रिय सम्मेलनमा भाग लिन यही साउन १८ गते तुर्कमिनिस्तान जाने पनि सदनलाई जानकारी गराए । प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचार गर्नेलाई कारबाही गर्न थालेका आधारमा भ्रष्टाचार व्यप्त रहेछ भन्ने भाष्य नबनाउन पनि सबैसँग आग्रह गरे ।

राष्ट्रियसभाको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुुएसन) सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ प्रस्तुत गरेका थिए । प्रतिवेदनमाथिको छलफलमा सदस्यहरुले विकासशील मुलुकमा स्तरोन्नति हुँदा कटौती हुने सहुलियत र सुविधाहरुको सामना गर्न सरकारले उपयुक्त रणनीति लिनुपर्नेमा जोड दिएका थिए ।


प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १५:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
​​​​​​​सर्पदंश र रेबिविरुद्धको खोप अभाव टर्‍यो
​​​​​​​सर्पदंश र रेबिविरुद्धको खोप अभाव टर्‍यो शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP