Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
समाचार
  • Home
  • समाचार
  • साउदीमा श्रमिकको माग बढ्ने, उच्च दक्ष श्रमिक पठाउन नेपाललाई समस्या
साउदीमा श्रमिकको माग बढ्ने, उच्च दक्ष श्रमिक पठाउन नेपाललाई समस्या
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन १४, २०८२

हामीले कम्तीमा दुई वर्षको श्रम स्वीकृति गरेर पठाउनुपर्छ । उच्च सीपयुक्त श्रमिकलाई फ्रि–भिसामै लग्ने गरेको छ । तर सरकारले ‘सिजनल भिसा’को फाइल प्रमाणीकरण नगरिदिँदा नेपाली श्रमिक वञ्चित हुनुपरेको अवस्था छ ।
बैकुण्ठ पौडेल ‘वैभव’
साउदी संयोजक, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ 
 

काठमाडौं– अबको १० वर्ष साउदी अरबको श्रमबजारमा ठूलो संख्यामा आप्रवासी श्रमिकको माग हुने भनिए पनि नेपालले लाभ लिन सहज नहुने देखिएको छ । साउदी सरकारले ‘भिजन २०३०’ अनुरुप सञ्चालन गर्न लागेका गिगा परियोजनाहरु तथा सन् २०३४ मा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि बन्ने पूर्वाधारमा ठूलो संख्यामा श्रमिक लग्ने बताउँदै आएको छ । तर नेपालमा आउने मागपत्रमा त्यस्तो भिन्नता नआउने देखिएको वैदेशिक रोजगार व्यवसायीहरु बताउँछन् ।

साउदीले भिजन २०३० अन्तर्गतका महŒवाकांक्षी परियोजनामा विशेषगरी उच्च दक्ष श्रमिक भित्र्याउने बताउँदै आएको छ । नेपालबाट साउदी जाने अधिकांश श्रमिक भने अदक्ष छन् । त्यहाँ जाने झण्डै ७० प्रतिशत श्रमिक सीपविनै जाने गरेको तथ्यांक छ । उनीहरु सफाइ, प्याकेजिङ, निर्माणलगायतका काममा जाने गरेका छन् । करिब ३० प्रतिशत श्रमिकमात्र वेटर, सवारी चालकलगायतका काममा र अर्धदक्ष श्रमिकका रुपमा जाने गरेको व्यवसायीको भनाइ छ ।

Hardik health

साउदीमा विभिन्न परियोजनाका लागि समयसीमाभित्र प्रतिफल दिने र अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्ने विश्वव्यापी दक्षताको आवश्यकता रहेको साउदी सरकारले बताइसकेको छ । त्यसकारण यी ठूला परियोजनाहरुमा नेपालबाट बढी जाने अदक्षभन्दा दक्ष र उच्च दक्ष श्रमिकै माग बढी हुने देखिन्छ ।त्यहाँ इञ्जिनियरिङ, स्वास्थ्य, कृत्रिम बुद्धिमता (एआई)सँग सम्बन्धित काम गर्नेहरु, आइटीविज्ञलगायतका जनशक्तिको बढी माग हुने साउदीको भनाइ छ । यही लक्ष्य हासिल गर्न भनेर साउदीले आप्रवासी श्रमिकको श्रम स्वीकृतिलाई सीपको आधारमा उच्च सीपयुक्त, दक्ष र आधारभूत गरी तीन वर्गमा विभाजन गर्ने भनिसकेको छ ।

यसका साथै, साउदीले उच्च दक्ष श्रमिकलाई ‘सिजनल भिसा’मा लग्ने गरेकाले नेपालबाट त्यसमा पठाउन सम्भव नभएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका तृतीय उपाध्यक्ष तथा साउदी संयोजक बैकुण्ठ पौडेल ‘वैैभव’ले बताए । ‘उच्च दक्ष श्रमिकलाई सिजनल भिसामा लग्छ । नेपालबाट साउदीमा सिजनल भिसामा पठाउने प्रावधान छैन । हामीले कम्तीमा दुई वर्षको श्रम स्वीकृति गरेर पठाउनुपर्छ,’ उनले भने, ‘उच्च सीपयुक्त श्रमिकलाई फ्रि–भिसामै लग्ने गरेको छ । तर सरकारले सिजनल भिसाको फाइल प्रमाणीकरण नगरिदिँदा भारत, बंगलादेशलगायत मुलुकबाट यसमा जाने गरेका छन् ।’

त्यसैगरी, नेपालबाट श्रमिक लैजाने प्रक्रिया झण्झटिलो र लामो भएकाले पछिल्लो समय त्यहाँका रोजगारदाताले अन्य स्रोत मुलुक खोज्न थालेको उापाध्यक्ष पौडेलले बताए । ‘हाम्रो मागपत्र प्रमाणीकरणको प्रक्रिया नै झण्झटिलो छ । यहाँबाट श्रमिकलाई साउदी पठाउन कम्तीमा पनि साढे दुई महिनादेखि तीन महिना लाग्छ । अन्य मुलुकबाट १० देखि १५ दिनमा श्रमिक लग्न सक्छ,’ उनले भने ।

संघका साउदी संयोजक पौडेलका अनुसार नेपालीहरु करार अवधि सकिनासाथ फर्किहाल्ने प्रवृत्तिका कारण पनि केही वर्षअघिको तुलनामा श्रमिकको माग घटिरहेको छ । साउदीले विगतमा अफ्रिकी मुलुकहरुबाट कम श्रमिक ल्याउने गरेकोमा हाल केन्या, कंगो, नाइजेरियालगायत मुलुकबाट बढी श्रमिक ल्याउन थालेको बुझिएको छ । सेवा क्षेत्रमा नेपालीहरुलाई रुचाइने गरेकामा यस क्षेत्रमा पनि माग घटेको पौडेलले बताए । बंगलादेश, भारतलगायत मुलुकबाट जानेहरु एउटै कम्पनीमा पाँचदेखि १० वर्षसम्म बस्ने तर नेपालीहरु दुई वर्ष पुग्नासाथ फर्किने प्रवृत्तिलाई रोजगारदाताले नरुचाएको उनको भनाइ छ ।

नेपालीहरुको प्रमुख श्रम गन्तव्यको रुपमा रहेको साउदीमा चार लाखभन्दा बढी नेपाली श्रमिक रहेको तथ्यांक छ । वैदेशिक रोजगार विभागको तथ्गत आर्थिक वर्ष २०८१÷८२ मा एक लाख ५२ हजार ५५७ जना श्रमिक व्यक्तिगत, संस्थागत र पुनः श्रम स्वीकृति लिएर साउदी गएका छन् । साउदीमा श्रमिकको माग बढे पनि नेपालमा आउने मागपत्र भने अहिलेकै हाराहारीमा हुने आकलन व्यवसायीहरुको छ ।
 


प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १०:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै शुक्रबार, पुस ११, २०८२
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी 
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी  शुक्रबार, पुस ११, २०८२
सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु
सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु शुक्रबार, पुस ११, २०८२
रेसुंगा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज
रेसुंगा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज शुक्रबार, पुस ११, २०८२
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल शुक्रबार, पुस ११, २०८२
वीरेन्द्रनगरमा पानीको आपूर्ति पूरा गर्न दोस्रो चरणको काम सुरु
वीरेन्द्रनगरमा पानीको आपूर्ति पूरा गर्न दोस्रो चरणको काम सुरु शुक्रबार, पुस ११, २०८२
नवनियुक्त मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ शुक्रबार, पुस ११, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP