काठमाडाैं - बागमती प्रदेश सरकारकाे नेतृत्व गरिरहेकाे नेपाली कांग्रेसका मन्त्री श्यामकुमार खड्काले पनि राजीनामा दिएका छन् ।
खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री श्यामकुमार खड्काले आज साेमबार साँझ कांग्रेस संसदीय दलकाे कार्यालयमा मुख्यमन्त्री बहादुर सिंह लामा राजीनामा बुझाएका हुन् ।
खड्काले राजीनामा दिएसँगै लामाविरूद्धकाे अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । लामाविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदकाे संख्या २२ पुगेकाे छ ।
यसअघि ९ साउनमा प्रदेशका चार जना मन्त्रीले राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।