Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #प्रतिनिधि सभा बैठक
  • #मिड_डे_मील
  • #अमेरिका_ठगी
  • #शिष्टाचार_भेटवार्ता
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • स्वतन्त्र र स्वायत्त हुनुपर्छ मिडिया काउन्सिल
स्वतन्त्र र स्वायत्त हुनुपर्छ मिडिया काउन्सिल
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन १३, २०८२

सरकार होस् या दलका प्रमुख, हरेक प्रवचनमा प्रेस स्वतन्त्रताको गुणगान गाउने गर्छन् । प्रेस स्वतन्त्रता उनीहरुकै त्याग, बलिदानी आन्दोलनबाट स्थापित भएको दाबी गर्छन् । जब सरकारमा पुग्छन् वा सत्तामा पुग्छन् उनीहरु नै सबैभन्दा अघि सरेर प्रेस नियन्त्रण गर्न लाग्छन् । सरकारले प्रेसको नियमनका लागि प्रेस काउन्सिलको व्यवस्था गरेको छ । 

यही काउन्सिललाई अब ‘मिडिया काउन्सिल’ बनाउन लागिएको छ । भारतबाहेक विश्वका प्रजातान्त्रिक मुलुकमा मिडिया काउन्सिल स्वतन्त्र हुन्छन् । त्यहाँ सरकारी कर्मचारी हुँदैनन् । भारतकै सिको गरेर नेपालले भने सरकारको सहसचिवले मिडिया काउन्सिलको प्रशासन सञ्चालन गर्छ । यता अध्यक्ष र सदस्यहरु सरकारले नै नियुक्त गर्छ । तिनमा पनि राजनीतिक दलनिकट पत्रकारहरु यसरी नियुक्त भएर आउँछन् ।

जसकारण पनि प्रेस नियमनमा सरकारको अधिक नियन्त्रण रहने भयो । यसपटक सरकारले यो व्यवस्थालाई अझै कस्ने गरी मिडिया काउन्सिल विधेयक अघि सारेको छ । जसमा काउन्सिलको अध्यक्ष नियुक्ति सञ्चार मन्त्रालयको सिफारिस चाहिने प्रावधान समेटिएको छ । यो प्रावधान भएको विधेयक राष्ट्रिय सभाबाट पारित भइसकेको छ । 

Hardik health

उक्त विधेयक अहिले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन छ । मिडिया काउन्सिल विधेयक–२०८० मा अध्यक्षका लागि आवश्यक योग्यता अदालतको न्यायाधीश वा पत्रकारिता क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव हासिल गरेको व्यक्ति भनिएको छ । प्रेस काउन्सिल सबैभन्दा पहिले त अदालत होइन, जसले मिडियामाथि कारबाही तोकोस् वा सही गलत छुट्यायोस् । काउन्सिलले मिडियामाथि नियन्त्रण, बन्देज गर्नेभन्दा पनि समन्वयकारी भूमिका निभाइदिने हो । त्यसैले पनि यो संस्था हाँक्न अदालतको न्यायाधीश बन्ने योग्यताले हुँदैन । यसका लागि प्रस्ट चाहिने योग्यता भनेको पत्रकारितामा खारिएका, विश्वव्यापी मान्यता बुझेका र यस विषयमा ज्ञान भएका विज्ञ नै हुन् । 

पत्रकारका संघसंस्थाले यसलाई संसद् मातहात राख्ने प्रस्ताव गरेको छ । मिडिया काउन्सिललाई संसद् मातहात राख्नु पनि एक किसिमको सरकारी नियन्त्रण नै हो । संसद् दलहरुकै प्रतिनिधित्व भएको संस्था हुन्छ । जहाँ सत्तारुढको बहुमत हुन्छ । अहिले संसद् अफवाह फैलाउने ‘केन्द्र’ नै बनेको छ । अध्ययनविना अफवाह वा कसैको गोटी बन्ने सांसदहरुको मातहातमा मिडिया काउन्सिलले स्वतन्त्रतापूर्वक काम गर्न सक्दैन । त्यसैले मिडिया काउन्सिललाई मन्त्रालय र संसद्को मातहात नभई स्वतन्त्र र स्वायत्त निकाय बनाउनुपर्छ ।
 


प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  ११:२०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सरकार, अब त ब्युँझ !
सरकार, अब त ब्युँझ ! आइतबार, असार २८, २०८३
शैक्षिक बेथितिमा लगामः स्वागतयोग्य कदम
शैक्षिक बेथितिमा लगामः स्वागतयोग्य कदम शुक्रबार, असार २६, २०८३
संविधान संशोधनमा सर्वपक्षीय सहमति अनिवार्य
संविधान संशोधनमा सर्वपक्षीय सहमति अनिवार्य बिहीबार, असार २५, २०८३
अर्थतन्त्र ब्युँताउने मौद्रिक नीतिको आवश्यकता
अर्थतन्त्र ब्युँताउने मौद्रिक नीतिको आवश्यकता मंगलबार, असार २३, २०८३
डेंगु संक्रमणबाट जोगिन सतर्कता अपनाऔं
डेंगु संक्रमणबाट जोगिन सतर्कता अपनाऔं सोमबार, असार २२, २०८३
आशालाग्दा संकेत, अलमलिएको कार्यशैली
आशालाग्दा संकेत, अलमलिएको कार्यशैली आइतबार, असार २१, २०८३
वर्षाले धराप बन्दै काठमाडौंका सडक
वर्षाले धराप बन्दै काठमाडौंका सडक शुक्रबार, असार १९, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP