Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्छः अर्थमन्त्री पौडेल
गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्छः अर्थमन्त्री पौडेल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन ९, २०८२

लुम्बिनी-  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्नेमा जोड दिनुभएको छ । आज यहाँ आयोजित अन्तरराष्ट्रिय छात्राबास भवनको शिलान्यास तथा देवदह गुरुयोजना सार्वजनिक समारोहमा लुम्बिनीलाई शैक्षिक गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताए ।

रुपन्देहीको देवदहमा करिब रु ८० अर्ब लागतमा बन्ने पूर्वाधार गुरुयोजनाको अर्थमन्त्रीले पौडेलले आज सार्वजनिक गरेका हुन्  । विश्वविद्यालयलाई २०७७ सालमा सरकारले करिब ९२ बिघा जमिन देवदहमा भोगाधिकारका लागि दिएको थियो । सोही जमिन ओगट्नेगरी बनेको गुरुयोजना कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गत असार ३२ गते बसेको अठौँसभा बैठकले स्वीकृत गरेको थियो ।

सभाबाट स्वीकृत गुरुयोजना उपप्रधानमन्त्री पौडेलले आज सार्वजनिक गर्दै गुरुयोजनालाई पूर्णता दिन विश्वविद्यालय तदारुकतासाथ लाग्नुपर्ने बताए । “गुरुयोजना बनाएर मात्रै हुँदैन, यसको कार्यान्वयनका लागि विश्वविद्यालयको अग्रसरता निरन्तर हुनुपर्छ”, उनले भने, “सरकार विश्वविद्यालयको क्षमता विकासमा सहयोग गर्न सधैँ तत्पर छ ।”

विसं २०५१ मा विश्वविद्यालय स्थापना गर्न माग गर्दै हस्ताक्षर सङ्कलन गरिएको स्मरण गर्दै अर्थमन्त्री पौडेलले अहिले विश्वविद्यालयको स्वरुपमा पुगेकामा खुसी व्यक्त गरे  । “यो विश्वविद्यालय देशको एक नम्बर र विश्वकै शैक्षिक गन्तव्यका रूपमा स्थापित हुनसक्छ”, उनले भने, “शैक्षिक गुणस्तर कायम गरेर विद्यार्थीको रोजाइमा पुर्याउनुपर्छ ।”

Hardik health

बौद्ध दर्शनका साथै अन्य विषयसमेत प्राध्यापन गराउँदा विश्वविद्यालय थप प्रभावकारी रूपमा अघि बढेको उनको भनाइ थियो । विश्वविद्यालयलाई लुम्बिनी र गौतमबुद्धका रूपमा ‘ब्राण्डिङ’ गरी त्यसको फाइदा उठाउँदै अन्तरराष्ट्रियस्तरमा फैलाउन निर्देशन उनले विश्वविद्यालय परिवारलाई निर्देशन दिए ।

उपप्रधानमन्त्री पौडेलले रु ८० अर्बको गुरुयोजनाका मूर्तरुप दिँदै शैक्षिक गुणस्तरमा पनि अब्बल हुनुपर्नेमा जोड दिनुभयो । पूर्वाधार विकाससँगै शैक्षिक र जनशक्ति विकासका योजना बनाउन आग्रह गर्दै त्यसको कार्यान्वयनमा सरकारले सहकार्य र समन्वय गर्ने उनले प्रतिबद्धता जनाए ।

सोही अवसरमा उपप्रधानमन्त्री पौडेलले लुम्बिनी विकास कोषको गुरुयोजना पूरा हुन नसकेकामा चिन्तासमेत व्यक्त गरे । “बजेट भएर मात्रै पनि विकास नहुने रहेछ, राष्ट्रिय गौरवको लुम्बिनी विकास गुरुयोजना ४० वर्ष नाघ्दा पनि सकिएन”, उनले थपे, “यस्ता संस्थालाई पूर्णता दिन नेतृत्वतह इमान्दार हुनुका साथै संस्कृति, सम्पदाको महत्त्व बुझेको र ज्ञान भएको हुनुपर्दछ ।” उपप्रधानमन्त्री पौडेलले देशका ठूला आयोजना क्रमशः बन्दै गइरहेका भन्दै त्यसको संरक्षण, प्रवर्द्धन र सरसफाइमा हरेक नागरिक लाग्नुपर्ने बताए । 

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले लुम्बिनीमा शैक्षिक पर्यटन भित्र्याउनका लागि विश्वविद्यालयले प्रवर्द्धनात्मक कार्यक्रम बनाइरहेको बताउनुभयो । त्रिपिटक पार्क निर्माण, देवदह शिक्षा विकास परियोजनालगायत परियोजनाबाट प्राज्ञिकका साथै पर्यटन विकासमा टेवा पुग्ने उनको भनाइ छ । उनले देवदह गुरुयोजनाको सपना शीघ्र पूर्ण हुने विश्वास व्यक्त गरे ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यले विश्वविद्यालयको स्थापनादेखि हालको विकाससम्म अर्थमन्त्री पौडेलले पुर्याएको योगदानको चर्चा गर्दै देवदह गुरुयोजना कार्यान्वयनमा पनि ठूलो सहयोग हुने विश्वास व्यक्त गरे । विश्वविद्यालयले पूर्वाधार निर्माणसँगै प्राज्ञिक अनुसन्धान सरकारका नीति योजनामा पर्नेगरी गरिरहेको बताए ।

देवदहको जग्गा प्राप्तिमा भएको कठिनाइ स्मरण गर्दै उनले गुरुयोजना कार्यान्वयन हुँदा मुलुकको नमूना विश्वविद्यालयका रूपमा स्थापित गराउन सकिने धारणा राखे  । लुम्बिनी, देवदह र बुटवललाई शैक्षिक केन्द्रका रूपमा विकास गर्नेगरी विश्वविद्यालयले पूर्वाधार निर्माण गरिरहेको उनले जानकारी दिए ।

कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले लुम्बिनी बौद्ध विश्वविद्यालय देशकै गौरवको आयोजनाका रूपमा रहेको बताए । उनले लुम्बिनीको समग्र विकासमा सङ्घीय सरकारको विशेष चासो र सहयोग आवश्यक रहेकामा जोड दिए ।  विश्वविद्यालयले रुपन्देहीको खडैयामा रु १२ करोड ८३ लाखको लागतमा एक सय विद्यार्थी बस्ने क्षमताको अन्तरराष्ट्रिय छात्राबास (होस्टेल) निर्माण गर्न लागेको छ । सो छात्राबास निर्माण २० महिनाभित्र सकिने अपेक्षा गरिएको छ । विश्वविद्यालयमा हाल करिब दुई सय विदेशीसहित तीन हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।


प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  १६:०३
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
विदेशमा रहेका नेपालीलाई मताधिकार प्रस्तावमाथि निर्णय हुन नसकेपछि शिक्षामन्त्रीकाे आपत्ति
विदेशमा रहेका नेपालीलाई मताधिकार प्रस्तावमाथि निर्णय हुन नसकेपछि शिक्षामन्त्रीकाे आपत्ति मंगलबार, पुस ८, २०८२
परीक्षा बोर्डले खुलायाे कक्षा १२ को परीक्षा फाराम
परीक्षा बोर्डले खुलायाे कक्षा १२ को परीक्षा फाराम मंगलबार, पुस ८, २०८२
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत शुक्रबार, पुस ४, २०८२
उनान्तीस विद्यालयले राखे नेपालीपन झल्किने नाम
उनान्तीस विद्यालयले राखे नेपालीपन झल्किने नाम शुक्रबार, पुस ४, २०८२
कन्या क्याम्पसको साधारण सभा सम्पन्न , सञ्चालकको अध्यक्षतामा पुनः डा. शर्मा चयन 
कन्या क्याम्पसको साधारण सभा सम्पन्न , सञ्चालकको अध्यक्षतामा पुनः डा. शर्मा चयन  सोमबार, मंसिर २९, २०८२
त्रिविमा एआई निर्मित चिनियाँ चलचित्र
त्रिविमा एआई निर्मित चिनियाँ चलचित्र सोमबार, मंसिर २९, २०८२
शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ
शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ शुक्रबार, मंसिर २६, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP