Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • वन संरक्षणसँगै हराएका वन्यजन्तु फिर्ता आउन थाले
वन संरक्षणसँगै हराएका वन्यजन्तु फिर्ता आउन थाले
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन ९, २०८२

कञ्चनपुर- कृष्णपुर नगरपालिका–६ बञ्जरियास्थित महाकाली सामुदायिक वन अहिले हराभरा भएको छ । पहिला उजाड र खुला चरिचरनको थलो बनेको वन क्षेत्र स्थानीय उपभोक्ताको लगनशीलता, समर्पण र वैज्ञानिक वन व्यवस्थापनले उदाहरणीय ढाँचाका रूपमा रूपान्तरण भएको हो ।

सामुदायिक वन अहिले सुन्दर, हरियाली हुनुका साथै वन्यजन्तुको बासस्थानमा परिणत भएको सामुदायिक वनका सक्रिय उपभोक्ता कमलप्रसाद चौधरीले बताए । उनका अनुसार केही वर्षअघिसम्म खुला मैदान, मिचाहा प्रजातिका बिरुवाले भरिएको र चरिचरनले क्षतिग्रस्त यो वन क्षेत्र अहिले साल, अस्ना, विजयसाल, हर्रो, बर्रो, अमलालगायत प्रजातिका बिरुवाले हराभरा देखिन्छ ।

“पहिले उजाड थियो, खुला चरिचरन नियन्त्रण गर्यौँं, मिचाहा प्रजातिका बिरुवा हटायौँ, मानव प्रवेश निषेध गर्यौैँ”, ६७ वर्षीय चौधरीले भने, “अहिले वन हेर्दै लोभलाग्दो भएको छ ।” उहाँका अनुसार वन संरक्षणसँगै हराएका वन्यजन्तु फिर्ता आउन थालेका छन् ।

“चितल, बँदेल, निलगाई, मयुर, वनकुखुरालगायत वन्यजन्तु वनमा फर्किएका छन्”, कोषाध्यक्ष कालुसिंह चौधरी भने, “चार दशक अघिसम्म वन क्षेत्रमा वन कुखुरा देखेका थिएनौँ, अहिले वनकुखुरा देखिनु उत्साहजनक परिवर्तनको सङ्केत हो ।” जङ्गली जनावरको चहलपहल बढेपछि पानीको व्यवस्थापनका लागि कृत्रिम पोखरी निर्माण गरिएको उनले जानकारी दिए ।

Hardik health

सामुदायिक वनका उपभोक्ताले वन क्षेत्र संरक्षण गर्न गर्न पालैपालो डढेलो नियन्त्रण गर्नका लागि अग्नी रेखा निर्माण गर्ने, डढेलो लागेमा सबै मिलेर आगो निभाउने, वनमा नयाँ बिरुवा रोक्नेलगायत कार्य गरेकाले वन पुनः उत्पादनमा टेवा पुगेको कोषाध्यक्ष चौधरीले बताए  । वन संरक्षण भएसँगै उपभोक्ताले सहज रूपमा दाउँरा, घाँस, काठलगायत वनपैदावार उपभोग गर्न पाएका सामुदायिक वनका सचिव देवकी नेगीले बताए । 

वन उपभोक्ता समूहका अध्यक्ष वीरबहादुर राजवंशीले सामुदायिक वन हराभरा हुनुमा उपभोक्ताको त्याग, समर्पण र वनप्रतिको गहिरो लगावका कारण सम्भव भएको बताए । वन संरक्षणमा टेवा पुर्‍याउनका लागि उपभोक्ता समितिका पदाधिकारी, सल्लाहकार समिति, कर्मचारीलाई जिम्मेवारी तोकेर कार्य गरिँदै आइएको उनको भनाइ छ ।

झाँडी सरसफाइ, एक्ल्याउने, पतल्याउने, अग्नी रेखा निर्माण गर्ने, वनगस्तीलगायत कार्यको जिम्मेवारी बाँडफाँड गरेर प्रगति भए/नभएको बारेमा कार्यालयमा छलफल गरी विश्लेषण गरी सोही अनुरुप रणनीति बनाएर संरक्षणका थप गतिविधि गरिँदै आइएको उनले उल्लेख गरे । उनका अनुसार कार्यविभाजनले उपभोक्तामा अपनत्व र सहभागिता वृद्धि हुनुका साथै वनस्पतिको वृद्धिदर र जैविक विविधताको संवर्द्धनमा टेवा पुगेको छ । 

 “वन पुनःउत्पादनले हावा, पानी, जमिन र तापक्रमको सन्तुलन कायम राख्न सहयोग पु¥याएको छ”, अध्यक्ष राजवंशीले भन्नुभयो, “रुखबिरुवाले जमिन सम्हालेका छन् । पहिलो जस्तो वन क्षेत्रमा भू–क्षयको समस्या छैन, जैविक विविधता सुरक्षित भएको छ, रुखहरूले वर्षा गराउन सहयोग गर्ने भएकाले पोखरी तथा खोलामा पानी सुक्ने समस्या समाधान भएको छ ।” वन पुनःउत्पादन कार्यबाट स्थानीयलाई वृक्षरोपण, हेरचाह, काठजन्य उत्पादन, वनलगायत क्षेत्रबाट आम्दानीको अवसर मिलेको उल्लेख गर्दै उहाँले सुदृढ वनले सौन्दर्य बढाउनुका साथै पर्यटकीय सम्भावनालाई बढाउने विश्वास व्यक्त गरे । 

सामुदायिक वनले काठ, दाउँरा, घाँस, बिक्री गरेर आएको आम्दानीबाट समूहले दुई तले भवन, ‘मेशवायर’ जडान, प्रतिक्षालय निर्माण, बलुवा नदीमा पुल निर्माण, महादेव र वनदेवी मन्दिर निर्माण गरी स्थानीय पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्‍याएको सामुदायिक वनका सल्लाहकार समितिका संयोजक मेघबहादुर कँडेलले बताए  । 

उनका अनुसार सामाजिक विकासअन्तर्गत घुम्ती कोष, साना व्यवसाय, बेमौसमी तरकारीखेती, पशुपालन र विदेशमा गएका सदस्यलाई पुनःस्थापित गर्न वार्षिक शून्य दशमलव पाँच प्रतिशत ब्याजदरमा सहुलियत ऋण प्रदान गर्दै आइएको छ ।  “यस कार्यले महिला सशक्तीकरण, युवाको स्वरोजगार र विपन्न समुदायको जीवनस्तर सुधारमा योगदान पुर्‍याएको छ”, सल्लाहकार कँडेलले भने, “समूहले स्थानीय टोल समिति सशक्तीकरण, सूचना प्रवाह र सचेतनामूलक गतिविधिमार्फत उपभोक्तासँगको सम्बन्ध मजबुत बनाएको छ ।” 

सामुदायिक वनको रूपान्तरण केवल वनको हरियालीको मात्र नभइ समुदायको सामूहिक चेतना, सहकार्य र दीर्घकालीन सोचको उपज रहेको बताउँदै उनले एउटा उजाड भूभाग आज जीवन, आशा र समृद्धिको हरित थलो बनेको उल्लेख गरे  ।विसं २०६६ माघ २० गतेदेखि विधिवत् रूपमा दर्ता भएको यो सामुदायिक वन एक सय ९७ दशमलव ५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सामुदायिक वनमा दुई सय ४९ उपभोक्ता आश्रित छन् भने वार्षिक आय रु ३० लाखको हाराहारीमा हुने गरेको छ ।


प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  १३:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP