Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #किम_जु
  • #किम_जोङ_उन
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
Search Here
विश्व
  • Home
  • विश्व
  • बङ्गलादेशका पूर्व प्रधानन्यायाधीश खैरुल हक पक्राउ
बङ्गलादेशका पूर्व प्रधानन्यायाधीश खैरुल हक पक्राउ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ८, २०८२

ढाका- बंगलादेश प्रहरीले बिहीबार देशका पूर्व प्रधानन्यायाधीश एबिएम खैरुल हकलाई पक्राउ गरेको छ । डिटेक्टिभ शाखा (डिबी) प्रहरीको टोलीले उहाँलाई स्थानीय समयानुसार आज बिहान ८ बजेतिर उहाँको धानमन्डी निवासबाट पक्राउ गरेको थियो ।

डिबीका संयुक्त आयुक्त नासिरुल इस्लामले पूर्व प्रधानन्यायाधीश एबिएम खैरुल हकको गिरफ्तारीको पुष्टि गरेका  छन्  । “हो, हामीले उनलाई पक्राउ गरेका छौँ”, इस्लामले भने, “उहाँविरुद्ध तीनवटा मुद्दा छन् ।”

खैरुल हकले बंगलादेशको १९औँ प्रधानन्यायाधीशका रूपमा सेवा गरेका थिए । अगस्ट १८ मा सर्वोच्च अदालतका वकिल मुजाहिदुल इस्लाम शाहिनले खैरुलविरुद्ध भ्रष्टाचार र न्यायिक फैसलामा परिवर्तन गरेको आरोप लगाउँदै शाहबाग प्रहरी चौकीमा मुद्दा दायर गरेका थिए ।

Hardik health

यसअघि १५ अगस्टमा नारायणगञ्जको फतुल्ला प्रहरी चौकीमा अर्को मुद्दा दर्ता भएको थियो । फतुल्ला थाना बिएनपीका महासचिव तथा नारायणगञ्ज जिल्ला बार एसोसिएसनका पूर्व अध्यक्ष अब्दुल बारी भुइयाँले मुद्दा दायर गरेका थिए ।भुइयाँको उजुरी १३ वर्षअघि कार्यवाहक सरकारी प्रणालीलाई खारेज गर्ने ऐतिहासिक फैसलासँग सम्बन्धित छ । उनले खैरुलमाथि संविधानको १३औँ संशोधनलाई रद्द गर्न मूल फैसला परिवर्तन गरेको र प्रक्रियामा जालसाजी गरेको आरोप लगाए ।

खैरुलले सन् २०१० अक्टोबर १ देखि सन् २०११ मे १७ सम्म बंगलादेशको प्रधानन्यायाधीशका रूपमा सेवा गरे  । सन् २०११ मेमा उनको नेतृत्वमा पुनरावेदन बेन्चले विवादास्पद फैसला सुनाउँदै १३औँ संशोधनलाई असंवैधानिक घोषणा गरेको थियो । बिडीन्युजका अनुसार यसले राष्ट्रिय चुनावको निरीक्षण गर्न प्रयोग गरिएको कार्यवाहक प्रणालीलाई प्रभावकारी रूपमा अन्त्य गरेको थियो ।

बंगलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा सेवा गरेका राजनीतिज्ञ, अर्थशास्त्री, शीर्ष निर्वाचन अधिकारी, नौकरशाह र प्रहरीसहित विभिन्न स्तरका व्यक्तिहरूलाई पक्राउ गर्दै आएको छ ।    गत वर्ष अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहमा शेख हसिना अपदस्थ भएका थिए । उनको पतनपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । 
 


प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १४:०१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
पूर्वी मलेसियामा भीषण भूस्खलन, १२ को ज्यान गयो
पूर्वी मलेसियामा भीषण भूस्खलन, १२ को ज्यान गयो मंगलबार, भदौ ३१, २०८२
गाजा सहरमा इजरायली सेनाको व्यापक आक्रमण, बासिन्दालाई सहर छाड्न चेतावनी
गाजा सहरमा इजरायली सेनाको व्यापक आक्रमण, बासिन्दालाई सहर छाड्न चेतावनी मंगलबार, भदौ ३१, २०८२
गाजामा इजरायलमाथि नरसंहारको आरोप लगाउने बढ्दो स्वरमा मानव अधिकार विज्ञहरूको समर्थन
गाजामा इजरायलमाथि नरसंहारको आरोप लगाउने बढ्दो स्वरमा मानव अधिकार विज्ञहरूको समर्थन मंगलबार, भदौ ३१, २०८२
बङ्गलादेशः युनुसको नेतृत्वमा निर्वाचनअघि बढेका चुनौतीहरू
बङ्गलादेशः युनुसको नेतृत्वमा निर्वाचनअघि बढेका चुनौतीहरू मंगलबार, भदौ ३१, २०८२
बङ्गलादेश सुधार चार्टरमा सहमति, कार्यान्वयनमा मतभेद
बङ्गलादेश सुधार चार्टरमा सहमति, कार्यान्वयनमा मतभेद सोमबार, भदौ ३०, २०८२
युक्रेनमा सन् २०२२ देखि क्लस्टर बम विस्फोट, १२ सयभन्दा बढी सर्वसाधारण हताहत
युक्रेनमा सन् २०२२ देखि क्लस्टर बम विस्फोट, १२ सयभन्दा बढी सर्वसाधारण हताहत सोमबार, भदौ ३०, २०८२
हरित प्रविधिमा म्यान्माको अग्रसरता
हरित प्रविधिमा म्यान्माको अग्रसरता सोमबार, भदौ ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP