बेइजिङ - चीनले सन् २०२५ को पहिलो छ महिनामा ६९ लाख ५० हजार नयाँ शहरी रोजगारी सिर्जना गरेको छ । यो सङ्ख्या वार्षिक रोजगारी लक्ष्यको ५८ प्रतिशत हो, जुन चीनले वर्षभरि पूरा गर्ने लक्ष्य राखेको छ ।
मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता छुई पेंगछेङका अनुसार, जुन महिनामा शहरी बेरोजगारी दर पाँच प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिसँग मिल्दोजुल्दो हो ।
सरकारले रोजगारी प्रवद्र्धन गर्न ल्याएका विभिन्न सहयोगी नीतिहरूका कारण, चीनको रोजगार स्थिति स्थिर रहन सफल भएको छ, यद्यपि बाह्य परिस्थितिहरू चुनौतीपूर्ण रहेका छन् ।यसका साथै, चीनको आर्थिक वृद्धिले रोजगारी बढ्नमा सकारात्मक प्रभाव पारेको देखिएको छ । सन् २०२५ को पहिलो छ महिनामा चीनको जीडीपी ५.३ प्रतिशत ले वृद्धि भएको छ ।
दोस्रो त्रैमासिक (अप्रिल–जुन) मा मात्र पनि ५.२ प्रतिशत को आर्थिक वृद्धि देखिएको छ ।चीनले सन् २०२५ मा ५.५ प्रतिशत वरिपरिको शहरी बेरोजगारी दर कायम राख्ने र एक करोड २० लाखभन्दा बढी नयाँ शहरी रोजगारी सिर्जना गर्ने लक्ष्य बनाएको छ ।