Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
समाचार
  • Home
  • समाचार
  • शेखरविरुद्ध संस्थापनदेखि गगनसम्मको मोर्चाबन्दी
शेखरविरुद्ध संस्थापनदेखि गगनसम्मको मोर्चाबन्दी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन ६, २०८२
  • कांग्रेस सभापति शेरबहादुर देउवासँग चिढिएका शेखर कोइराला वैकल्पिक गठबन्धन बनाउने गृहकार्यमा
  • अहिलेको गठबन्धन २०८४ को निर्वाचनसम्मै जाने निष्कर्षमा देउवानिकट ‘सात भाइ’
  • शेखरसँग टाढिएका गगनले गरे देउवाको प्रशंसा

काठमाडौं– संस्थापनइतरका नेता डा. शेखर कोइरालाले सक्रियता बढाएसँगै उनीविरुद्ध मोर्चाबन्दी सुरु भएको छ । १४औं महाधिवेशनमा आफ्नै समूहबाट महामन्त्री जितेका गगन थापादेखि चाक्सीबारीसम्म शेखरविरुद्ध मोर्चाबन्दीमा लागेको हो ।

एमालेसँग गठबन्धन गरी सरकार बनेको वर्ष दिन पुग्दा पनि सुशासनको पक्षमा काम गर्न नसकेको भन्दै शेखरले असन्तुष्टि पोख्न थालेका हुन् । पछिल्लो दिनहरुमा शेखर नयाँ सत्ता समीकरणको गृहकार्यमासमेत लागेका थिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको वैकल्पिक गठबन्धन बनाउन संस्थापनइतर लागेपछि उनीविरुद्ध सोमबार एकै दिन चाक्सीबारी र सानेपाबाट नेताहरुले धावा बोलेका छन् ।
चाक्सीबारीको सन्देश– एमालेसँगको गठबन्धन २०८४ सम्मै
काठमाडौंको चाक्सीबारी कांग्रेस नेता प्रकाशमान सिंहको निवास हो । अहिले कांग्रेस उनैको नेतृत्वमा सरकारमा सहभागी छ । उपप्रधानसहित सहरी विकासमन्त्री सिंहको सक्रियतामा सोमबार चाक्सीबारीमा ‘सात भाइ’ भनेर चिनिएका विमलेन्द्र निधि, शशांक कोइराला, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला र प्रवक्ता डा. प्रकाशशरण महत भेला भएका थिए ।

गत महाधिवेशनमा देउवालाई सघाएका यी नेताहरुको छलफलको पहिलो विषय थियो– शेखरले चलाएको अभियानको भ्रम चिर्ने । बैठकपछि सिटौलाले सरकारको कामको विषयमा समीक्षा भएको बताए पनि यो गठबन्धनले २०८४ को निर्वाचनसम्मै निरन्तरता पाउने धारणासमेत राखे । 

‘संविधान संशोधनको कार्य अगाडि बढिराखेको छैन, यसलाई अब अगाडि बढाउनुपर्छ । त्यसका लागि नेपाली कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण हुनेगरी विभिन्न बहस र छलफल कार्यक्रम चलाउनुपर्छ भनेर छलफल गरेका छौं,’ बैठकपछि सिटौलाले भने । 

Hardik health

त्यसैगरी शेखरले वैकल्पिक गठबन्धन बनाउने गृहकार्य जारी राखेका छन् नि भन्ने प्रश्नको जवाफ दिँदै भने, ‘यो गठबन्धन कांग्रेस र एमालेको हो । र, यो गठबन्धन २०८४ को निर्वाचनसम्मै जान्छ । कांग्रेस र एमालेबीच सरकार गठनताका भएको सम्झौतामा पनि २०८४ सम्मै एक भएर जाने सहमति छ ।

यसैगरी आफूहरुले गरेको छलफलबारे जानकारी दिन ‘सात भाइ’ नेताहरु देउवानिवास बूढानीलकण्ठ जाने तयारीमा छन् । आज मंगलबार देउवालाई भेट्ने नेता सिटौलाले बताए । यसअघि आइतबारमात्र शेखरले आफूपक्षका सांसदहरुसँग काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफल गरेका थिए । त्यसैगरी उनले आफ्नो कोटाबाट मन्त्री भएकाहरुसँग दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भेटेका थिए । भेटपछि शेखरनिकट सांसद डा. सुनिल शर्माले शेखर प्रधानमन्त्री बन्ने गृहकार्यमा रहेको बताएका थिए । शर्माका अनुसार केही दिनमै शेखरले आफ्नो कोटाबाट मन्त्री भएकाहरुलाई सरकारबाट फिर्ता बोलाउने दाबी गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसबाट प्रकाशमानको नेतृत्वमा १० मन्त्री र एक राज्यमन्त्री छन् । जसमा खेलकुदमन्त्री तेजुलाल चौधरी र कृषिमन्त्री रामनाथ अधिकारीमात्र शेखर समूहका हुन् । उनकै समूहबाट मन्त्री बनेका पर्यटनमन्त्री बद्री पाण्डे पछिल्ला दिनमा महामन्त्री थापातिर ढल्कन थालेका छन् । मन्त्रीहरुलाई दैनिक फिर्ता बोलाउने भन्नेजस्ता विषयले चौधरी र अधिकारी पनि शेखरसँग चिढिएका नेताहरु बताउँछन् । 

देउवाको प्रशंसा गर्दै गगन
२०७८ मंसिरमा सम्पन्न १४औं महाधिवेशनमा शेखर क्याम्पबाटै महामन्त्रीमा निर्वाचित भएका नेता हुन् गगन । महाधिवेशनअघि गगन भन्थे– यसपटकको महाधिवशेनबाट नेपाली कांग्रेसका बूढा नेताहरुलाई बिदाइ गर्छौं ।त्यतिबेला देउवालाई लक्षित गर्दै गगनले भनेका थिए– कांग्रेसमा एक युग बिताएका, लामो समय नेतृत्वमा रहेका पुराना ठूला नेताहरुले अब बिदा लिँदै छन् । दोहोरिएर सभापति हुने अवस्था अब छैन । यद्यपि, उनै देउवा दोहोरिएर सभापति बनेका छन् । कांग्रेसलाई युवाहरुको दल बनाउने भनेका गगनले सोमबार भने देउवाको गुनगान गाउँदै आफैंले स्थापित गरेको भाष्य ठीक नभएको तर्क गरे ।

‘आज नेपाली कांग्रेस अगाडिको प्रश्न, चुनौती भनेकै के छ भने पुरानो भनेको थोत्रो, पुरानो भनेको खराब, पुरानो भनेको सबैभन्दा मूल्यहीन भन्ने ढंगबाट समाजमा जबरजस्त जुन नकारात्मक भाष्य स्थापित गर्न खोजिँदै छ । त्यसबाट नेपाली कांग्रेस बाहिर निस्किएर आउनुपर्ने छ,’ गगनले भने, ‘हामीलाई पुरानो भएकोमा गौरव छ । हामीलाई आफ्ना धेरै परम्पराहरूमा गौरव छ । यो मुलुकमा, यो धर्तीमा त्यही पुरानो नेपाली कांग्रेसले थुप्रै कुरा ल्याएको छ, योगदान गरेको छ, हाम्रो नेतृत्वमा भएको छ ।’ 

त्यसअघि गगनले पुस्तकालय बनाउन देउवाले सघाएकोमा प्रशंसा गरेका थिए । पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले आयोजना गरेको कार्यक्रममा देउवाको प्रशंसा गर्दै गगनले भने, ‘यो पुस्तकालय स्थापना गर्न सभापतिले एकै वचनमा ओके गरी अगाडि बढ् भन्नुभयो ।’त्यसपछि बोलेका सभापति देउवाले पनि गगनको खुलेर प्रशंसा गरे । ‘महामन्त्री गगन थापाजीले लाइब्रेरीको व्यवस्था गरेर अत्यन्त राम्रो काम गर्नुभएको छ,’ देउवाले भने । अघिल्लो वर्षको बिपी स्मृति दिवसको अवसर पारेर कांग्रेसले आफ्नो केन्द्रीय कार्यालयमा पुस्तकालय स्थापना गरेको थियो ।
 


प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १०:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै शुक्रबार, पुस ११, २०८२
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी 
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी  शुक्रबार, पुस ११, २०८२
सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु
सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु शुक्रबार, पुस ११, २०८२
रेसुंगा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज
रेसुंगा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज शुक्रबार, पुस ११, २०८२
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल शुक्रबार, पुस ११, २०८२
वीरेन्द्रनगरमा पानीको आपूर्ति पूरा गर्न दोस्रो चरणको काम सुरु
वीरेन्द्रनगरमा पानीको आपूर्ति पूरा गर्न दोस्रो चरणको काम सुरु शुक्रबार, पुस ११, २०८२
नवनियुक्त मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ शुक्रबार, पुस ११, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP