Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • शेखरविरुद्ध संस्थापनदेखि गगनसम्मको मोर्चाबन्दी
शेखरविरुद्ध संस्थापनदेखि गगनसम्मको मोर्चाबन्दी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन ६, २०८२
  • कांग्रेस सभापति शेरबहादुर देउवासँग चिढिएका शेखर कोइराला वैकल्पिक गठबन्धन बनाउने गृहकार्यमा
  • अहिलेको गठबन्धन २०८४ को निर्वाचनसम्मै जाने निष्कर्षमा देउवानिकट ‘सात भाइ’
  • शेखरसँग टाढिएका गगनले गरे देउवाको प्रशंसा

काठमाडौं– संस्थापनइतरका नेता डा. शेखर कोइरालाले सक्रियता बढाएसँगै उनीविरुद्ध मोर्चाबन्दी सुरु भएको छ । १४औं महाधिवेशनमा आफ्नै समूहबाट महामन्त्री जितेका गगन थापादेखि चाक्सीबारीसम्म शेखरविरुद्ध मोर्चाबन्दीमा लागेको हो ।

एमालेसँग गठबन्धन गरी सरकार बनेको वर्ष दिन पुग्दा पनि सुशासनको पक्षमा काम गर्न नसकेको भन्दै शेखरले असन्तुष्टि पोख्न थालेका हुन् । पछिल्लो दिनहरुमा शेखर नयाँ सत्ता समीकरणको गृहकार्यमासमेत लागेका थिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको वैकल्पिक गठबन्धन बनाउन संस्थापनइतर लागेपछि उनीविरुद्ध सोमबार एकै दिन चाक्सीबारी र सानेपाबाट नेताहरुले धावा बोलेका छन् ।
चाक्सीबारीको सन्देश– एमालेसँगको गठबन्धन २०८४ सम्मै
काठमाडौंको चाक्सीबारी कांग्रेस नेता प्रकाशमान सिंहको निवास हो । अहिले कांग्रेस उनैको नेतृत्वमा सरकारमा सहभागी छ । उपप्रधानसहित सहरी विकासमन्त्री सिंहको सक्रियतामा सोमबार चाक्सीबारीमा ‘सात भाइ’ भनेर चिनिएका विमलेन्द्र निधि, शशांक कोइराला, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला र प्रवक्ता डा. प्रकाशशरण महत भेला भएका थिए ।

गत महाधिवेशनमा देउवालाई सघाएका यी नेताहरुको छलफलको पहिलो विषय थियो– शेखरले चलाएको अभियानको भ्रम चिर्ने । बैठकपछि सिटौलाले सरकारको कामको विषयमा समीक्षा भएको बताए पनि यो गठबन्धनले २०८४ को निर्वाचनसम्मै निरन्तरता पाउने धारणासमेत राखे । 

‘संविधान संशोधनको कार्य अगाडि बढिराखेको छैन, यसलाई अब अगाडि बढाउनुपर्छ । त्यसका लागि नेपाली कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण हुनेगरी विभिन्न बहस र छलफल कार्यक्रम चलाउनुपर्छ भनेर छलफल गरेका छौं,’ बैठकपछि सिटौलाले भने । 

Hardik health

त्यसैगरी शेखरले वैकल्पिक गठबन्धन बनाउने गृहकार्य जारी राखेका छन् नि भन्ने प्रश्नको जवाफ दिँदै भने, ‘यो गठबन्धन कांग्रेस र एमालेको हो । र, यो गठबन्धन २०८४ को निर्वाचनसम्मै जान्छ । कांग्रेस र एमालेबीच सरकार गठनताका भएको सम्झौतामा पनि २०८४ सम्मै एक भएर जाने सहमति छ ।

यसैगरी आफूहरुले गरेको छलफलबारे जानकारी दिन ‘सात भाइ’ नेताहरु देउवानिवास बूढानीलकण्ठ जाने तयारीमा छन् । आज मंगलबार देउवालाई भेट्ने नेता सिटौलाले बताए । यसअघि आइतबारमात्र शेखरले आफूपक्षका सांसदहरुसँग काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफल गरेका थिए । त्यसैगरी उनले आफ्नो कोटाबाट मन्त्री भएकाहरुसँग दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भेटेका थिए । भेटपछि शेखरनिकट सांसद डा. सुनिल शर्माले शेखर प्रधानमन्त्री बन्ने गृहकार्यमा रहेको बताएका थिए । शर्माका अनुसार केही दिनमै शेखरले आफ्नो कोटाबाट मन्त्री भएकाहरुलाई सरकारबाट फिर्ता बोलाउने दाबी गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसबाट प्रकाशमानको नेतृत्वमा १० मन्त्री र एक राज्यमन्त्री छन् । जसमा खेलकुदमन्त्री तेजुलाल चौधरी र कृषिमन्त्री रामनाथ अधिकारीमात्र शेखर समूहका हुन् । उनकै समूहबाट मन्त्री बनेका पर्यटनमन्त्री बद्री पाण्डे पछिल्ला दिनमा महामन्त्री थापातिर ढल्कन थालेका छन् । मन्त्रीहरुलाई दैनिक फिर्ता बोलाउने भन्नेजस्ता विषयले चौधरी र अधिकारी पनि शेखरसँग चिढिएका नेताहरु बताउँछन् । 

देउवाको प्रशंसा गर्दै गगन
२०७८ मंसिरमा सम्पन्न १४औं महाधिवेशनमा शेखर क्याम्पबाटै महामन्त्रीमा निर्वाचित भएका नेता हुन् गगन । महाधिवेशनअघि गगन भन्थे– यसपटकको महाधिवशेनबाट नेपाली कांग्रेसका बूढा नेताहरुलाई बिदाइ गर्छौं ।त्यतिबेला देउवालाई लक्षित गर्दै गगनले भनेका थिए– कांग्रेसमा एक युग बिताएका, लामो समय नेतृत्वमा रहेका पुराना ठूला नेताहरुले अब बिदा लिँदै छन् । दोहोरिएर सभापति हुने अवस्था अब छैन । यद्यपि, उनै देउवा दोहोरिएर सभापति बनेका छन् । कांग्रेसलाई युवाहरुको दल बनाउने भनेका गगनले सोमबार भने देउवाको गुनगान गाउँदै आफैंले स्थापित गरेको भाष्य ठीक नभएको तर्क गरे ।

‘आज नेपाली कांग्रेस अगाडिको प्रश्न, चुनौती भनेकै के छ भने पुरानो भनेको थोत्रो, पुरानो भनेको खराब, पुरानो भनेको सबैभन्दा मूल्यहीन भन्ने ढंगबाट समाजमा जबरजस्त जुन नकारात्मक भाष्य स्थापित गर्न खोजिँदै छ । त्यसबाट नेपाली कांग्रेस बाहिर निस्किएर आउनुपर्ने छ,’ गगनले भने, ‘हामीलाई पुरानो भएकोमा गौरव छ । हामीलाई आफ्ना धेरै परम्पराहरूमा गौरव छ । यो मुलुकमा, यो धर्तीमा त्यही पुरानो नेपाली कांग्रेसले थुप्रै कुरा ल्याएको छ, योगदान गरेको छ, हाम्रो नेतृत्वमा भएको छ ।’ 

त्यसअघि गगनले पुस्तकालय बनाउन देउवाले सघाएकोमा प्रशंसा गरेका थिए । पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले आयोजना गरेको कार्यक्रममा देउवाको प्रशंसा गर्दै गगनले भने, ‘यो पुस्तकालय स्थापना गर्न सभापतिले एकै वचनमा ओके गरी अगाडि बढ् भन्नुभयो ।’त्यसपछि बोलेका सभापति देउवाले पनि गगनको खुलेर प्रशंसा गरे । ‘महामन्त्री गगन थापाजीले लाइब्रेरीको व्यवस्था गरेर अत्यन्त राम्रो काम गर्नुभएको छ,’ देउवाले भने । अघिल्लो वर्षको बिपी स्मृति दिवसको अवसर पारेर कांग्रेसले आफ्नो केन्द्रीय कार्यालयमा पुस्तकालय स्थापना गरेको थियो ।
 


प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १०:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो बुधबार, साउन २०, २०८३
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध बुधबार, साउन २०, २०८३
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने बुधबार, साउन २०, २०८३
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन बुधबार, साउन २०, २०८३
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले बुधबार, साउन २०, २०८३
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड बुधबार, साउन २०, २०८३
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त बुधबार, साउन २०, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP