Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • सिडिओ र एसपीविरुद्ध जनप्रतिनिधि आन्दोलित
सिडिओ र एसपीविरुद्ध जनप्रतिनिधि आन्दोलित
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन ४, २०८२

मकवानपुर- हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरू प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र प्रहरी प्रमुख विश्वराज खड्काविरुद्ध आन्दोलित भएका छन्। जनप्रतिनिधिहरूले आक्रमणमा संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै जिल्ला प्रशासन कार्यालयबाटै काम गर्ने निर्णय गरेका छन्।

प्रहरीले आक्रमणमा संलग्नलाई पक्राउ गर्न खोजिरहेको र आरोपितहरू भागिरहेको मकवानपुर प्रहरी प्रमुख डिएसपी श्यामु अर्यालले बताए। ४ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको जनप्रतिनिधिहरू  जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्ला प्रहरी प्रमुख (एसपी)विरुद्ध आन्दोलित बनेका छन् ।

कार्यशैलीलाई लिएर पटक-पटक विवादमा आएकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र प्रहरी प्रमुख उपरीक्षक विश्वराज खड्काविरुद्ध जनप्रतिनिधि पहिलोपटक आन्दोलनमा उत्रिएका हुन् ।जनप्रतिनिधिमाथि भएका आक्रमणका घटनामा संलग्नलाई एक महिना बित्दासमेत पक्राउ गर्न नसकेको भन्दै हेटौंडाका मेयर, उपमेयर र १९ वटै वडाका वडा अध्यक्षहरु आन्दोलनमा उत्रिएका हुन् ।

Hardik health

प्रशासन र प्रहरीको निकम्मा पनको विरोधमा जनप्रतिनिधिहरु आन्दोलनमा उत्रिनु परेको हेटौंडा उपमहानगरका प्रवक्ता तथा १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले बताए । जनप्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालयबाटै वडाको काम गर्ने गरी आन्दोलनको कार्यक्रम तय गरिएको उनले बताए ।

‘वडामा बसेर काम गर्न असुरक्षा भयो, अब प्रशासन कार्यालयमा बसेर काम गर्छौं । वडाको काम रोक्दैनौं, यतै प्रशासनबाटै काम गर्छौ’, प्रवक्ता न्यौपानेले भने ।

उनै न्यौपानेमाथि गत ४ असारमा वडा कार्यालयमा ४ जनाको समूहले आक्रामण गरेको थियो । १ नम्बर वडामा अतिक्रमित सार्वजनिक जग्गा संरक्षण गर्न खोज्दा जग्गा कब्जा गर्दै आएको समूहले वडा कार्यालयमै पुगेर न्यौपानेमाथि आक्रमण गरेको थियो । आक्रमणबाट उनको टाउकोमा चोट लागेको थियो । आफूमाथि आक्रमण गर्नेहरु अब पक्राउ पर्ला र कानूनी कारबाहीको दायरामा आउला भन्ने विश्वास नभएको उनले बताए ।

मकवानपुर प्रहरीले घटनामा संलग्न भएको आरोपमा यसअघि रुम्बा थरका एक जनालाई पक्राउ गरेको थियो । आरोपितलाई परीक्षा दिनका लागि भन्दै यसअघि नै हिरासत मुक्त गरिसकेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । आरोपितले घटनामा संलग्न अन्यका बारेमा कुनै जानकारी पनि नदिएको उनको भनाइ छ ।

आक्रमणमा संलग्नहरुलाई पक्राउ गर्न प्रहरी निरन्तर खटिएको डिएसपी अर्यालले बताए । ‘उनीहरु लुकेर बसेको सम्भावित ठाउँहरुमा हाम्रो सर्च चलिरहेको छ । म पनि फिल्डमै खटिएको छु । आरोपितहरु भागिरहेकोले पक्राउ गर्न समस्या भइरहेको छ ’, उनले भने ।


प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १२:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP