Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
समाचार
  • Home
  • समाचार
  • सिडिओ र एसपीविरुद्ध जनप्रतिनिधि आन्दोलित
सिडिओ र एसपीविरुद्ध जनप्रतिनिधि आन्दोलित
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन ४, २०८२

मकवानपुर- हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरू प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र प्रहरी प्रमुख विश्वराज खड्काविरुद्ध आन्दोलित भएका छन्। जनप्रतिनिधिहरूले आक्रमणमा संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै जिल्ला प्रशासन कार्यालयबाटै काम गर्ने निर्णय गरेका छन्।

प्रहरीले आक्रमणमा संलग्नलाई पक्राउ गर्न खोजिरहेको र आरोपितहरू भागिरहेको मकवानपुर प्रहरी प्रमुख डिएसपी श्यामु अर्यालले बताए। ४ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको जनप्रतिनिधिहरू  जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्ला प्रहरी प्रमुख (एसपी)विरुद्ध आन्दोलित बनेका छन् ।

कार्यशैलीलाई लिएर पटक-पटक विवादमा आएकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र प्रहरी प्रमुख उपरीक्षक विश्वराज खड्काविरुद्ध जनप्रतिनिधि पहिलोपटक आन्दोलनमा उत्रिएका हुन् ।जनप्रतिनिधिमाथि भएका आक्रमणका घटनामा संलग्नलाई एक महिना बित्दासमेत पक्राउ गर्न नसकेको भन्दै हेटौंडाका मेयर, उपमेयर र १९ वटै वडाका वडा अध्यक्षहरु आन्दोलनमा उत्रिएका हुन् ।

Hardik health

प्रशासन र प्रहरीको निकम्मा पनको विरोधमा जनप्रतिनिधिहरु आन्दोलनमा उत्रिनु परेको हेटौंडा उपमहानगरका प्रवक्ता तथा १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले बताए । जनप्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालयबाटै वडाको काम गर्ने गरी आन्दोलनको कार्यक्रम तय गरिएको उनले बताए ।

‘वडामा बसेर काम गर्न असुरक्षा भयो, अब प्रशासन कार्यालयमा बसेर काम गर्छौं । वडाको काम रोक्दैनौं, यतै प्रशासनबाटै काम गर्छौ’, प्रवक्ता न्यौपानेले भने ।

उनै न्यौपानेमाथि गत ४ असारमा वडा कार्यालयमा ४ जनाको समूहले आक्रामण गरेको थियो । १ नम्बर वडामा अतिक्रमित सार्वजनिक जग्गा संरक्षण गर्न खोज्दा जग्गा कब्जा गर्दै आएको समूहले वडा कार्यालयमै पुगेर न्यौपानेमाथि आक्रमण गरेको थियो । आक्रमणबाट उनको टाउकोमा चोट लागेको थियो । आफूमाथि आक्रमण गर्नेहरु अब पक्राउ पर्ला र कानूनी कारबाहीको दायरामा आउला भन्ने विश्वास नभएको उनले बताए ।

मकवानपुर प्रहरीले घटनामा संलग्न भएको आरोपमा यसअघि रुम्बा थरका एक जनालाई पक्राउ गरेको थियो । आरोपितलाई परीक्षा दिनका लागि भन्दै यसअघि नै हिरासत मुक्त गरिसकेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । आरोपितले घटनामा संलग्न अन्यका बारेमा कुनै जानकारी पनि नदिएको उनको भनाइ छ ।

आक्रमणमा संलग्नहरुलाई पक्राउ गर्न प्रहरी निरन्तर खटिएको डिएसपी अर्यालले बताए । ‘उनीहरु लुकेर बसेको सम्भावित ठाउँहरुमा हाम्रो सर्च चलिरहेको छ । म पनि फिल्डमै खटिएको छु । आरोपितहरु भागिरहेकोले पक्राउ गर्न समस्या भइरहेको छ ’, उनले भने ।


प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १२:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै शुक्रबार, पुस ११, २०८२
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी 
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी  शुक्रबार, पुस ११, २०८२
सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु
सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु शुक्रबार, पुस ११, २०८२
रेसुंगा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज
रेसुंगा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज शुक्रबार, पुस ११, २०८२
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल शुक्रबार, पुस ११, २०८२
वीरेन्द्रनगरमा पानीको आपूर्ति पूरा गर्न दोस्रो चरणको काम सुरु
वीरेन्द्रनगरमा पानीको आपूर्ति पूरा गर्न दोस्रो चरणको काम सुरु शुक्रबार, पुस ११, २०८२
नवनियुक्त मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ शुक्रबार, पुस ११, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP