Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • पोखरा विश्वविद्यालय २९औँ वर्ष प्रवेशका अवसरमा दीर्घसेवा सम्मान
पोखरा विश्वविद्यालय २९औँ वर्ष प्रवेशका अवसरमा दीर्घसेवा सम्मान
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन २, २०८२
Hardik health

गण्डकी-  पोखरा विश्वविद्यालय २९औँ वर्षमा प्रवेश गरेका अवसरमा विश्वविद्यालयमा २५ वर्षभन्दा बढी सेवा गरेका शिक्षक तथा कर्मचारीलाई दीर्घसेवाबाट सम्मानित गरिएको छ । विश्वविद्यालयले रजिष्ट्रार सह–प्राडा अजय थापा, सह–प्रशासक गोवर्धन भट्टराई, उप–प्रशासक सीतादेवी ढकाल, मुख्य सहायकहरू विमल कार्की र पुरूषोत्तम रानाभाट, सवारी चालक झगबहादुर कमर तथा कार्यालय सहयोगी दुर्गा रेग्मी र जोगिराम नेपालीलाई दीर्घसेवा सम्मानबाट सम्मानित गरेको हो ।
    
पोखरा विश्वविद्यालय ऐन, २०५३ अनुसार २०५४ साल साउन १ गते स्थापित विश्वविद्यालयले आफ्नो स्थापना दिवसका अवसर पारी प्रत्येक वर्ष विभिन्न कार्यक्रमका साथ मनाउँदै आएकामा यस वर्ष दीर्घसेवा पदक सम्मान कार्यक्रमसहित विश्वविद्यालय परिसरमा वृक्षरोपण गरिएको छ ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राडा वेदराज केसीले विश्वविद्यालय उच्च शिक्षाको एक महत्वपूर्ण संस्थाका रूपमा स्थापित भइसकेको बताए । विश्वविद्यालयको हालको उचाइमा पुग्न योगदान दिने पूर्वपदाधिकारी, समाजसेवी, शिक्षासेवीप्रति आभार प्रकट गर्दै उनले २५औँ विश्वविद्यालय सभामार्फत अघि सारिएका नीति तथा कार्यक्रम अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
    
पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा तीर्थराज अर्यालले आयोगले विश्वविद्यालयको मार्गनिर्देशानुसार कार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि लक्ष्य र योजनासँग समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।  रजिष्ट्रार सह–प्राडा अजय थापाले पोखरा विश्वविद्यालयसँगै आफू हुर्किएको अनुभव सुनाउँदै २५ वर्ष निरन्तर सेवामा रहन पाउँदा गर्व महसुस भएको बताए। 
    
सुरुमा स्नातकोत्तर तहमा १२–१५ जना र स्नातक तहमा २८ जना विद्यार्थी तथा आठ–१० जना कर्मचारीबाट सुरु भएको विश्वविद्यालय हाल ६५ कलेजमार्फत ३५ हजारभन्दा बढी विद्यार्थीलाई उच्च शिक्षाको अवसर प्रदान गरिरहेको उल्लेख गर्दै उनले यस सफलताको श्रेय सम्पूर्ण संस्थापक, पदाधिकारी, शिक्षक, कर्मचारी र विद्यार्थीलाई जाने धारणा राखे । 
    
कार्यक्रममा पूर्वरजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारी, व्यवस्थापन सङ्कायका डिन सह–प्राडा दयाराज ढकाल, प्राध्यापक सङ्घका सभापति सह–प्राडा निरञ्जन श्रेष्ठ, स्कूल अफ बिजनेसका निर्देशक सह–प्राडा श्रृजन ज्ञवालीलगायतले सबैको साथ र सहयोगमा विश्वविद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्रका रुपमा विकास गर्नुपर्ने बताए । 


प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  १५:५७
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
विदेशमा रहेका नेपालीलाई मताधिकार प्रस्तावमाथि निर्णय हुन नसकेपछि शिक्षामन्त्रीकाे आपत्ति
विदेशमा रहेका नेपालीलाई मताधिकार प्रस्तावमाथि निर्णय हुन नसकेपछि शिक्षामन्त्रीकाे आपत्ति मंगलबार, पुस ८, २०८२
परीक्षा बोर्डले खुलायाे कक्षा १२ को परीक्षा फाराम
परीक्षा बोर्डले खुलायाे कक्षा १२ को परीक्षा फाराम मंगलबार, पुस ८, २०८२
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत शुक्रबार, पुस ४, २०८२
उनान्तीस विद्यालयले राखे नेपालीपन झल्किने नाम
उनान्तीस विद्यालयले राखे नेपालीपन झल्किने नाम शुक्रबार, पुस ४, २०८२
कन्या क्याम्पसको साधारण सभा सम्पन्न , सञ्चालकको अध्यक्षतामा पुनः डा. शर्मा चयन 
कन्या क्याम्पसको साधारण सभा सम्पन्न , सञ्चालकको अध्यक्षतामा पुनः डा. शर्मा चयन  सोमबार, मंसिर २९, २०८२
त्रिविमा एआई निर्मित चिनियाँ चलचित्र
त्रिविमा एआई निर्मित चिनियाँ चलचित्र सोमबार, मंसिर २९, २०८२
शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ
शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ शुक्रबार, मंसिर २६, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP