Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • चल्यो आरोपप्रत्यारोपको ‘फायर’
राप्रपाको संकट चल्यो आरोपप्रत्यारोपको ‘फायर’
नेकपा बिर्साउने राप्रपाको संकट
नेकपा बिर्साउने राप्रपाको संकट शुक्रबार, साउन २, २०८२

काठमाडौं– पार्टी महाधिवेशनको सम्मुखमा संस्थापन र इतरपक्षबीच सिर्जित विवादले राप्रपामा गहिरो संकट निम्तिएको छ । दुई पक्षबीचको विवाद झन्झन् चुलिँदो छ । 

विगतमा नेकपामा केपी शर्मा ओली– पुष्पकमल दाहाल पक्षबीच जसरी नै राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री डा. धवलशम्शेर जबरापक्षबीच आरोपप्रत्यारोपको ‘फायर’ चलिरहेको छ । अध्यक्ष लिङ्देनले हालै पार्टी अनुशासन आयोग अध्यक्षबाट वरिष्ठ नेता नवराज सुवेदी र प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई कारण उल्लेख नगरी हटाएपछि विवाद चुलिएको हो । त्यसअघि लिङ्देनले महामन्त्री जबरालाई संगठन विभाग प्रमुखबाट हटाएका थिए, जतिबेला उनी क्यान्सरको उपचारका लागि भारतको टाटा मेमोरियल अस्पतालमा थिए । केन्द्रीय सदस्य धनसुर शाहीलाई संगठन विभाग सदस्य सचिवबाट हटाएका थिए ।

यसरी पार्टी महाधिवेशनको सम्मुखमा एकपछि अर्को नेतामाथि गरेको कारबाहीप्रति असन्तुष्टि जनाउँदै इतरपक्षीय चार नेताले लिङ्देनले विधान उल्लंघन गरेर स्वेच्छाचारी क्रियाकलाप गरेको आरोप लगाएको छ ।  महामन्त्री जबरासँगै वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी र अर्का महामन्त्री कुन्ती शाहीले अध्यक्ष लिङ्देनका कारणले पार्टीमा अपूरणीय क्षति पुगेको ठहरसमेत गरेका छन् । 

‘विधानको व्यवस्था अनुरूपको विधि, संख्या र सीमा नाघेर एक्लौटी रूपमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य थप्ने र हटाउने कार्य यसअघि पनि पटक–पटक हुँदै आएको छ, ‘इतरपक्षीय चार नेताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विधानको अक्षरशः पालना हामी सबैको प्रमुख कर्तब्य भए पनि जिम्मेवार तहबाटै विधानको उपेक्षा र उल्लंघन हुनु, स्वेच्छाचारिता सतहमा आउनु दुःखद् घटनाक्रम हो ।

Hardik health

'पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको घरमा भएको बैठकमा नवराज सुवेदीलाई अध्यक्ष लिङ्देनले पूर्ववत् जिम्मेवारीमै रहेको बताएको इतरपक्षको दाबी छ ।  उक्त बैठकमा लिङ्देन, लोहनी, पूर्वअध्यक्ष पशुपतिशम्सेर जबरा, नवराज सुवेदी र नेता हरिबहादुर बस्नेतको उपस्थिति भएको बेला अध्यक्ष लिङ्देनले उक्त अभिव्यक्ति दिएको विज्ञप्तिमा छ । 

सुवेदीलाई अध्यक्ष लिङ्देनले भनिएको बारे भनिएको छ, ‘दाइ ! पार्टीमा पूर्ववत् रूपमा प्राप्त जिम्मेवारी पूरा गर्न सशक्त भएर अघि बढ्नुहोस् ।’ तर, सुवेदीसहितका नेतालाई कारबाही गरेर लिङ्देन अघि बढ्दा आमरूपमा गलत सन्देश गएको पनि इतरपक्षको विश्लेषण छ ।  लिङ्देनले भने इतरपक्षविरुद्ध अझ कडा रूपमा प्रस्तुत हुने संकेत गरेका छन् । उनले पार्टी र आफूविरुद्ध गतिविधि र अभिव्यक्ति दिनेहरूलाई कारबाही गरेर ठेगान लगाउने सोच बनाएको देखिएको छ । 

उनले भन्दै आएका छन्, ‘भोलि पनि त्यस्तो अवस्था आयो भने पदाधिकारीहरूमा हेरफेर हुन सक्छ । मैले मनोनीत गर्ने पदहरूमा हेरफेर हुन सक्छ । मैले मनोनीत गरेको मान्छेले राम्रो काम गरेन भने...।’लिङ्देनले सुवेदीलाई अनुशासन आयोगको अध्यक्षबाट हटाउँदा ४ चैतमा सुवेदीले नै दिएको अभिव्यक्तिलाई आधार मानेको देखिएको छ । त्यस दिन सुवेदीले राजसंस्था पुनःस्थापनाको आन्दोलनलाई उठाउन आफू दलीय घेराबाट बाहिरिएको बताएका थिए । त्यो भनेको उनले राप्रपा छाडेको भनेका हुन्, जतिबेला राष्ट्रिय शक्ति पार्टीका अध्यक्ष केशरबहादुर विष्टले दलभन्दा बाहिरको नेताले संयोजन गरे मात्रै संयुक्त जनआन्दोलन समितिमा रहन सकिने बताएका थिए ।

राप्रपामा नरहेका तर राजसंस्थापक्षधर अन्य अभियान र समूहले पनि दलभन्दा पनि स्वतन्त्र नेताबाट भएको आन्दोलनलाई समर्थन रहने जनाएका थिए । त्यसपछि सुवेदीले आफू दलबाट बाहिरिएर स्वतन्त्र रूपमा राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलनको नेतृत्व लिन तयार रहेको घोषणा गरेका थिए । हालै लिङ्देनले सुवेदीको सोही अभिव्यक्तिलाई आधार मानेर अनुशासन आयोगको अध्यक्षबाट हटाएको देखिएको छ ।

लिङ्देननिकट मानिने प्रवक्ता मोहन श्रेष्ठले सुवेदीको स्वतन्त्र भएको भन्दै घोषणा गरेको अभिव्यक्तिको भिडियो नै सार्वजनिक गरेका थिए । लावतीलाई भने प्रवक्ताबाट हटाउनुको कारण पार्टी र नेतृत्वविरुद्ध गलत प्रचार गरेको आरोप लिङ्देन पक्षको छ । लावतीलाई यसअघि पार्टीको विदेश विभाग र संगठन विभागकै सचिवबाट पनि लिङ्देनले हटाएका थिए । आफूलाई झण्डै एक वर्षबीचको तीनवटा जिम्मेवारीबाट हटाउनुको कारण थाहा नभएको लावतीले बताएका छन् ।

राप्रपाको विधानमा उल्लिखित अध्यक्षको काम, कर्तव्य र अधिकारको (ग) मा पार्टीको अनुशासन कायम राख्नको लागि निर्देशन दिने र आवश्यक परे कारबाही चलाउन केन्द्रीय कार्यसमितिमा पेस गर्ने भनिएको छ । स्पष्टीकरणको मौका पनि दिनुपर्ने उल्लेख छ । तर, लिङ्देनले स्पष्टीकरणको मौका नदिएको, निर्देशन नदिएको र कारबाहीबारे केन्द्रीय समितिमा प्रस्ताव समेत नलगेको जबराले नेतृत्व गरेको इतरपक्षको दाबी छ । यस्तो अवस्थामा सुवेदी, लावतीलगायतका नेतामाथिको कारबाही विधानविपरीत भएको इतरपक्षको तर्क छ । अध्यक्ष लिङ्देनले भने पार्टी र नेतृत्वविरुद्ध गतिविधि गर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिँदै आएका छन् । 

विगतमा यो भन्दा सानातिना विवादले राप्रपालाई विभाजन ल्याउँथ्यो । २२ साउन २०७४ मा शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारमा जाने कि नजाने भन्ने विवाद कमल थापा र पशुपतिशम्शेर राणापक्षबीच हुँदा राप्रपा फुटेको थियो । त्यसअघि ६–९ फागुन २०७३ मा महाधिवेशनले राजासहितको प्रजातन्त्रको लाइन पारित गर्दा डा. प्रकाशचन्द्र लोहनी चोटिएर अलग भएका थिए । कहिले सत्ता, राजतन्त्रको लाइन त कहिले व्यक्तित्वको लडाइँ राप्रपा विभाजनको कारक बनेको विगत देखिएको छ । यसपटक पनि राप्रपा विभाजन भए त्यो विधानको हवाला दिँदै गरिने कारबाही देखिएको छ । 
 


प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  १२:३८
#संकट
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेको महाधिवेशनः नेतादेखि प्रतिनिधिको दौडधूप, चहलपहल वृद्धि
एमालेको महाधिवेशनः नेतादेखि प्रतिनिधिको दौडधूप, चहलपहल वृद्धि शुक्रबार, मंसिर २६, २०८२
महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे
महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे शुक्रबार, मंसिर २६, २०८२
झापाबाट महामन्त्री शर्मासहित ६६ जनाको नाम सिफारिस
झापाबाट महामन्त्री शर्मासहित ६६ जनाको नाम सिफारिस शुक्रबार, मंसिर २६, २०८२
कांग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
कांग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने शुक्रबार, मंसिर २६, २०८२
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती  शुक्रबार, मंसिर २६, २०८२
जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै
जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशनः पार्टी कार्यालयमा बढ्यो चहलपहल
एमाले महाधिवेशनः पार्टी कार्यालयमा बढ्यो चहलपहल बिहीबार, मंसिर २५, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP