Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फोनिज
  • #मालढुंगा-बेनी_सडक
  • #सकुन_सुनुवार
  • #जुडो
  • #मुदीगाउँ
  • #मानव अधिकार दिवस
  • #क्यामेरा_ट्यापिङ
  • #एनआरएनए
  • #नेपाल कम्युनिष्ट पार्टी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कहिल्यै नसुध्रिने अध्यागमन
कहिल्यै नसुध्रिने अध्यागमन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार ३२, २०८२

देशमा रोजगारीको अवसर छैन । युवाहरु दैनिक रोजगारीको खोजीमा नयाँ–नयाँ मुलुकमा निस्कन्छन् । श्रम स्वीकृतिको झण्झटिलो प्रक्रियामा छिर्नुभन्दा उनीहरु दलाललाई केही बढी रकम तिरेर गन्तव्य मुलुक जान्छन् । यो प्रक्रियामा अध्यागमन कार्यालयका अधिकृतहरुको ‘सेटिङ’ देखिन्छ ।

यही प्रकरणका कारण विवादमा तानिएपछि अध्यागमन विभागका हाकिम तीर्थराज भट्टराईलाई रातारात गृह मन्त्रालयले गत जेठ पहिलो हप्ता हटाएको थियो । यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थाहा पाएपछि उनी छानबिनको दायरामा तानिए । भिजिट भिसामा रकम असुली प्रकरण पनि बाहिर आयो । बाहिर भिजिट भिसा प्रकरणमा रकम असुलीबारे छताछुल्ल भए पनि भित्र अध्यागमनका अधिकृतहरु भने सुध्रिने छाँट देखिँदैन । भट्टराईको ठाउँमा पठाएका विष्णुप्रसाद कोइरालाले दुई महिना हुन लाग्दा पनि त्यस विषयमा सुधार गर्न नसकेपछि उनलाई हटाएर गृहले नरहरि घिमिरेलाई पठाएको छ । 

कोइरालाको नेतृत्वमा पनि त्रिभुवन विमानस्थलमा खासै सुधार हुन नसकेको प्रस्टै देखिन्छ । उनी त्यहाँ गएपछि भिजिट भिसामा छल्दै भारतहुँदै त कतिपय सोझै श्रम गन्तव्यमा पुगेको देखिन्छ । यो विषय मिलेमतोमा हुने भएकोले बाहिर आउन सकेको छैन । सरकारमा सहभागी मन्त्रीदेखि नयाँ दलका सांसदहरुको समेत यसमा संलग्नता देखिएकाले अहिले मौन देखिन्छ सरकार ।

Hardik health

यता अध्यागमनका अधिकारीहरु भने ‘नानीदेखि लागेको बानी’ छोड्न नसकेझैं यस कार्यमा लागिरहेका छन् । त्यसैले पनि धेरैले अध्यागमनलाई मालदार कार्यालयको रुपमा चिनिन्छ । भिजिट भिसा प्रकरणमा रकम असुलीमा खासै सुधार नआएपछि गृह मन्त्रालयले अध्यागमन अधिकृतहरुलाई एकैसाथ सरुवा गर्ने तयारी पनि गरेको छ । 

सरकारले राहदानी बोकेकाहरुलाई सुरक्षाको निम्ति भन्दै जबसम्म छेकबार गरिरहन्छ यो समस्या समाधान हुन्न । भिजिट भिसामा हुने रकम असुली ‘ओपन सेक्रेट’ हुँदा पनि सरकारले शंकरदास बैरागी नेतृत्वको छानबिन समितिलाई तीन महिनाको समय दिएको छ । अझ यो समितिको सदस्य सचिवमा स्वार्थको द्वन्द्व मिल्नेगरी गृहकै सहसचिव प्रदीप कोइरालालाई राखिएको छ । यसले गर्दा गृहकै कर्मचारीले गर्ने बदनियत ढाकछोप हुने शंका सिर्जना भएको छ । यसरी नै ‘चोर पुलिस’को खेल खेल्दै जाने हो भने अध्यागमन सुध्रिदैन । यसका लागि पहिले त स्वतन्त्र व्यक्तिको नेतृत्वमा छानबिन समिति बन्नुपर्छ । अर्को विषय भनेको श्रम गन्तव्य मुलुक जानुपूर्व अपनाउनुपर्ने सरकारी मापदण्डमा सहज बनाउन सरकारले विशेष ध्यान दिनैपर्छ ।
 


प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  ११:५४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सरकारबाटै खतरामा पछिल्लो परिवर्तन
सरकारबाटै खतरामा पछिल्लो परिवर्तन आइतबार, मंसिर २८, २०८२
अनलाइन स्क्यामिङबारे सचेतना फैलाऔं
अनलाइन स्क्यामिङबारे सचेतना फैलाऔं शुक्रबार, मंसिर २६, २०८२
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस सोमबार, मंसिर २२, २०८२
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल शुक्रबार, मंसिर १९, २०८२
पुराना दललाई वैकल्पिक दलको चुनौती
पुराना दललाई वैकल्पिक दलको चुनौती बिहीबार, मंसिर १८, २०८२
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ मंगलबार, मंसिर १६, २०८२
निर्वाचनको वातावरण बनाऊ
निर्वाचनको वातावरण बनाऊ सोमबार, मंसिर १५, २०८२
लोकप्रिय
  • Week
  • Month
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP