Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
समाचार
  • Home
  • समाचार
  • नब्बे प्रतिशत खुल्यो स्याफ्रुबेँसी–रसुवा सडकखण्ड
नब्बे प्रतिशत खुल्यो स्याफ्रुबेँसी–रसुवा सडकखण्ड
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार ३१, २०८२

रसुवा- स्याफ्रुबेँसी–रसुवागढी खण्डको बिग्रेको राजमार्गको करिब ९० प्रतिशत मर्मत काम सम्पन्न भएको छ । बाढीले स्याफ्रुबेँसीदेखि रसुवागढीतर्फ करिब १४ किलोमिटर सडकमार्गको अधिकांश भाग प्रभावित भएपछि सडक विभागसहित सम्बद्ध अन्य निकायसमेतको सहयोग र सहकार्यमा सडक मर्मतको  कामले तीव्रता पाएसँगै काम अन्तिम चरणमा पुगेको हो ।  

तिब्बततर्फबाट बग्ने ल्हेन्दे खोलामा यही असार २४ गते आएको बाढीका कारण बिग्रेको सो सडकखण्डको मर्मतको काम करिब अन्तिम चरणमा पुगेको सो राजमार्ग सडक सुधार आयोजना प्रमुख खड्गलाल श्रेष्ठले जानकारी दिए । गल्छी–त्रिशूली–रसुवागढी सडक सुधार आयोजना, स्थानीयस्तरमा सञ्चालित केही जलविद्युत् आयोजना र स्थानीय तह समेतको सहयोग र सहकार्यमा राजमार्ग खुलाउने काम तीव्र गतिमा भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीले जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार ‘लिङ्लिङ’ भीरबाहेक अन्य स्थानमा सडकको अवरोध हटाउने काम सम्पन्न भएको, विपद् व्यवस्थापनअन्तर्गत अहिले सडक खुलाउने काम करिब ९० प्रतिशत पूरा भएको, यही असार ३२ गते बुधबार साँझसम्म लिङ्लिङको ‘ट्र्याक’ खुलाउने प्रयास भइरहेको र यथासक्य चाँडो सडक सञ्चालन गरी भयभित जनजीवनलाई सामान्य अवस्थामा फर्काउन अहिलो यहाँ सबै एकजुट भएको अवस्था छ ।

Hardik health

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनका क्रममा यथासक्य चाँडो राजमार्ग खुलाउन निर्देशन दिएसँगै स्थानीय प्रशासन, सुरक्षा निकाय, सडक सुधार आयोजना तथा स्थानीय तह समेतको सहयोग र सहकार्यमा तीव्र गतिमा काम भइरहेको स्थानीय नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । उनले भने, “अकल्पनीय बाढीका कारण जनजीवन त्राहीमाम भइरहेको अवस्थामा यति छिटो राजमार्ग खुल्ला भन्ने कल्पना समेत गरेका थिएनौँ । 

प्रधानमन्त्रीज्यूको निर्देशनपछि सडक मर्मतको काम द्रुतगतिमा अघि बढ्दा राहतको महसुस भएको छ । रसुवागढीस्थित टिमुरे क्षेत्रमा खाद्यान्न तथा तरकारी र औषधिको आपूति सहज भई जनताले राहत पाउने भए । अब बिरामी परिहाले पनि आत्तिनुपर्ने अवस्था छैन । रसुवावासीका तर्फबाट सडक मर्मतमा संलग्न सबैलाई धन्यवाद भन्न चाहन्छु ।”

बाढीका कारण अवरुद्ध भएको विद्युत् तथा टेलिफोन सेवा सञ्चालन भएको, सो राजमार्गअन्तर्गत विभिन्न ठाउँमा चुँडिएका तार जोडने काम भइरहेको र शान्ति सुरक्षालाई प्राथमिकता दिएकोे रसुवाका प्रहरी प्रमुख हेमबहादुर शाहीले जानकारी दिए ।रसुवाका सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार  रसुवागढीस्थित मितेरी पुलपारि चिनियाँ भूभागमा ‘पार्किङ’ गरी राखेको ३० वटा नेपाली कन्टेनर बाढीका कारण डुबानमा परेकामा २६ वटालाई  निकालेको र बाँकी चारवटा कन्टेनरलाई पनि निकाल्न चिनियाँ पक्षबाट काम भइरहेको छ ।   
 
टिमुरेस्थित भन्सार ‘यार्ड’मा राति बाढी पस्दा ४० वटा मालवाहक डिब्बा बगाएको जानकारी दिँदै स्थानीय व्यवसायी वाङछिरिङ तामाङले क्षतिको यथार्थ विवरण लिई बाढी पीडित व्यवसायीलाई राहतको व्यवस्था गर्न सरकारसँग अनुरोध गरे । असहज परिस्थितिका बाबजुद करिब ९० प्रतिशत सडक मर्मतको काम यति छिट्टै पूरा गरेकामा सरकारलाई धन्यवाद दिँदै बाढीपीडित रहनुभएका तामाङले अभिभावकका हैसियतले राज्यबाट आवश्यक साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । 


प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १६:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै शुक्रबार, पुस ११, २०८२
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी 
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी  शुक्रबार, पुस ११, २०८२
सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु
सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु शुक्रबार, पुस ११, २०८२
रेसुंगा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज
रेसुंगा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज शुक्रबार, पुस ११, २०८२
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल शुक्रबार, पुस ११, २०८२
वीरेन्द्रनगरमा पानीको आपूर्ति पूरा गर्न दोस्रो चरणको काम सुरु
वीरेन्द्रनगरमा पानीको आपूर्ति पूरा गर्न दोस्रो चरणको काम सुरु शुक्रबार, पुस ११, २०८२
नवनियुक्त मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ शुक्रबार, पुस ११, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP