Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • नब्बे प्रतिशत खुल्यो स्याफ्रुबेँसी–रसुवा सडकखण्ड
नब्बे प्रतिशत खुल्यो स्याफ्रुबेँसी–रसुवा सडकखण्ड
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार ३१, २०८२

रसुवा- स्याफ्रुबेँसी–रसुवागढी खण्डको बिग्रेको राजमार्गको करिब ९० प्रतिशत मर्मत काम सम्पन्न भएको छ । बाढीले स्याफ्रुबेँसीदेखि रसुवागढीतर्फ करिब १४ किलोमिटर सडकमार्गको अधिकांश भाग प्रभावित भएपछि सडक विभागसहित सम्बद्ध अन्य निकायसमेतको सहयोग र सहकार्यमा सडक मर्मतको  कामले तीव्रता पाएसँगै काम अन्तिम चरणमा पुगेको हो ।  

तिब्बततर्फबाट बग्ने ल्हेन्दे खोलामा यही असार २४ गते आएको बाढीका कारण बिग्रेको सो सडकखण्डको मर्मतको काम करिब अन्तिम चरणमा पुगेको सो राजमार्ग सडक सुधार आयोजना प्रमुख खड्गलाल श्रेष्ठले जानकारी दिए । गल्छी–त्रिशूली–रसुवागढी सडक सुधार आयोजना, स्थानीयस्तरमा सञ्चालित केही जलविद्युत् आयोजना र स्थानीय तह समेतको सहयोग र सहकार्यमा राजमार्ग खुलाउने काम तीव्र गतिमा भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीले जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार ‘लिङ्लिङ’ भीरबाहेक अन्य स्थानमा सडकको अवरोध हटाउने काम सम्पन्न भएको, विपद् व्यवस्थापनअन्तर्गत अहिले सडक खुलाउने काम करिब ९० प्रतिशत पूरा भएको, यही असार ३२ गते बुधबार साँझसम्म लिङ्लिङको ‘ट्र्याक’ खुलाउने प्रयास भइरहेको र यथासक्य चाँडो सडक सञ्चालन गरी भयभित जनजीवनलाई सामान्य अवस्थामा फर्काउन अहिलो यहाँ सबै एकजुट भएको अवस्था छ ।

Hardik health

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनका क्रममा यथासक्य चाँडो राजमार्ग खुलाउन निर्देशन दिएसँगै स्थानीय प्रशासन, सुरक्षा निकाय, सडक सुधार आयोजना तथा स्थानीय तह समेतको सहयोग र सहकार्यमा तीव्र गतिमा काम भइरहेको स्थानीय नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । उनले भने, “अकल्पनीय बाढीका कारण जनजीवन त्राहीमाम भइरहेको अवस्थामा यति छिटो राजमार्ग खुल्ला भन्ने कल्पना समेत गरेका थिएनौँ । 

प्रधानमन्त्रीज्यूको निर्देशनपछि सडक मर्मतको काम द्रुतगतिमा अघि बढ्दा राहतको महसुस भएको छ । रसुवागढीस्थित टिमुरे क्षेत्रमा खाद्यान्न तथा तरकारी र औषधिको आपूति सहज भई जनताले राहत पाउने भए । अब बिरामी परिहाले पनि आत्तिनुपर्ने अवस्था छैन । रसुवावासीका तर्फबाट सडक मर्मतमा संलग्न सबैलाई धन्यवाद भन्न चाहन्छु ।”

बाढीका कारण अवरुद्ध भएको विद्युत् तथा टेलिफोन सेवा सञ्चालन भएको, सो राजमार्गअन्तर्गत विभिन्न ठाउँमा चुँडिएका तार जोडने काम भइरहेको र शान्ति सुरक्षालाई प्राथमिकता दिएकोे रसुवाका प्रहरी प्रमुख हेमबहादुर शाहीले जानकारी दिए ।रसुवाका सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार  रसुवागढीस्थित मितेरी पुलपारि चिनियाँ भूभागमा ‘पार्किङ’ गरी राखेको ३० वटा नेपाली कन्टेनर बाढीका कारण डुबानमा परेकामा २६ वटालाई  निकालेको र बाँकी चारवटा कन्टेनरलाई पनि निकाल्न चिनियाँ पक्षबाट काम भइरहेको छ ।   
 
टिमुरेस्थित भन्सार ‘यार्ड’मा राति बाढी पस्दा ४० वटा मालवाहक डिब्बा बगाएको जानकारी दिँदै स्थानीय व्यवसायी वाङछिरिङ तामाङले क्षतिको यथार्थ विवरण लिई बाढी पीडित व्यवसायीलाई राहतको व्यवस्था गर्न सरकारसँग अनुरोध गरे । असहज परिस्थितिका बाबजुद करिब ९० प्रतिशत सडक मर्मतको काम यति छिट्टै पूरा गरेकामा सरकारलाई धन्यवाद दिँदै बाढीपीडित रहनुभएका तामाङले अभिभावकका हैसियतले राज्यबाट आवश्यक साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । 


प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १६:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP