Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
समाचार
  • Home
  • समाचार
  • ज्येष्ठ नागरिक स्याहारमा समस्या बढ्दै
ज्येष्ठ नागरिक स्याहारमा समस्या बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार २९, २०८२

टीकापुर - युवाहरू रोजगारी तथा अध्ययनका लागि विदेशिँदा ज्येष्ठ नागरिक स्याहारमा समस्या बढ्ने टीकापुरका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । छोराछोरी उच्च शिक्षा अध्ययन तथा वैदेशिक रोजगारीका लागि विदेशिँदा नेपालमा रहेका ज्येष्ठ नागरिक स्याहारमा समस्या बढ्न थालेको स्थानीय हिरासिंह विष्टले बताए ।

“अब हामीले ज्येष्ठ नागरिक स्याहार केन्द्रहरू सुविधासम्पन्न बनाउनुपर्छ, हरेक घरका युवा विदेशिन थालेकाले हामीलाई पछि समस्या हुन्छ”, उनले भने , “सन्तानले रकम दिने तर समय दिन नसक्ने अवस्था आएकाले बुढेसकालमा वृद्ध सेवा समितिमा बस्न सकिन्छ, त्यसैले यहाँ धनीवर्गबाट लगानी हुनुपर्छ ।”

टीकापुरस्थित वृद्ध सेवा समितिमा भएको छलफलमा बोल्ने वक्ताहरूले विगतमा जस्तो अब नेपाली आमाबुबाले छोराछोरीबाट राम्रो स्याहार पाउन कठिन हुनेमा चिन्ता गरेका छन् । टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन लुहार विकले ज्येष्ठ नागरिकका अनुभव युवाले लिनुपर्ने बताए । वडाध्यक्ष विकले १२ कक्षापछि बालबालिका विदशिने क्रम बढेकाले ज्येष्ठ नागरिकको सीप, ज्ञान युवाले लिन नपाउने, ज्येष्ठ नागरिकले पनि स्याहार नपाउने समस्या देखिने चिन्ता बढेको बताए । 

Hardik health

वृद्ध सेवा समितिका अध्यक्ष बलबहादुर रावलले पछिको आश्रयस्थल आश्रम नै हुने लक्षण देखिएकाले सरकार र समाजमा हुनेखानेहरू मिलेर ज्येष्ठ नागरिक बस्ने आश्रयस्थल सुविधासम्पन्न बनाउनुपर्ने बताए । “बुढेसकालमा घरमा बस्दा पनि मानिसलाई एक्लोपन हुन्छ”, उनले भने, “समूहमा बस्ने, ज्ञान, सीप बाँड्ने गरेमा एक्लोपन कम हुन्छ ।”

समाजसेवी धनराज उपाध्यायले स्वर्गीय मोहनबहादुर रावलले सहयोग लिएर बनाएको वृद्ध सेवा समितिको भवन विस्तारमा थप्न पालिकाले सहयोग गर्नुपर्ने बताए । वृद्ध सेवा समितिका पूर्वअध्यक्ष तथा सल्लाहकार कण्ठराज गिरीले ज्येष्ठ नागरिकलाई सङ्गठित गर्ने र उनीहरूको अधिकारका लागि काम गर्न आवश्यक रहेको बताए।

वृद्ध सेवा समितिले ज्येष्ठ नागरिक सम्मान, दिवा सेवा, सचेतना, अन्तरक्रियाजस्ता कार्यक्रम गर्ने गरेको छ । संस्थाले यस वर्ष ज्येष्ठ नागरिक सम्मान, अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस, माघमा ज्येष्ठ नागरिक महिलालाई खिचडी खुवाउने, ज्येष्ठ नागरिक जनचेतना कार्यक्रम, असहाय, ज्येष्ठ नागरिक महिलालाई कपडा वितरण, विद्यालय र क्याम्पसमा ज्येष्ठ नागरिकलाई लाग्ने रोग, अल्जाइमर्स, डिमेन्सिया र स्ट्रोक सम्बन्धमा जानकारी गराउनेजस्ता कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ ।

त्यसैगरी, ज्येष्ठ नागरिक दसैँ मिलन कार्यक्रम, स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारबाट अनुदान प्राप्त भएमा पूर्ववत् रूपमा सञ्चालन गरिएका कार्यक्रमलाई निरन्तरता दिने, ज्येष्ठ नागरिक तीर्थाटन कार्यक्रम, ज्येष्ठ नागरिक योगाभ्यास तथा प्रवचन, दिवा सेवा कार्यक्रमको निरन्तरता, मोहन प्रतिभा कोषबाट सम्मान कार्यक्रमजस्ता कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ । 


प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १०:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर शुक्रबार, असोज ३, २०८२
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान शुक्रबार, असोज ३, २०८२
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार शुक्रबार, असोज ३, २०८२
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै शुक्रबार, असोज ३, २०८२
अग्रिम टिकट बुकिङ खुला
अग्रिम टिकट बुकिङ खुला शुक्रबार, असोज ३, २०८२
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य शुक्रबार, असोज ३, २०८२
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह शुक्रबार, असोज ३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP