Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती
आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार २९, २०८२

काठमाडौं - नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्  । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेकाे नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन् । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।

Hardik health

‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फूटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेको थियो– ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ ।

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उहाँको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ ।

त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । यस उपलक्ष्यमा आज बिहान काठमाडौँको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगर प्रभातफेरी गर्ने कार्यक्रम रहेको जनाइएको छ । घरघरमा आदिकवि आचार्यले नेपाली भाषामा भावानुवाद गर्नुभएको रामायण पाठ गरी भानु जयन्ती मनाउँछन् । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउँदै छन् ।

आदिकवि आचार्यभन्दा अघि नै नेपाली भाषामा कविता लेख्ने कवि भएकाले उहाँलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन् । भानुभक्तका विषयमा अध्ययन, अनुसन्धान गरिरहनुभएका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली रामायणजस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्त्वपूर्ण योगदान गरेकाले भानुभक्तलाई आदिकवि भनिनु न्यायोचित रहेको बताए । रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँ युगनिर्माण गरेको मानिन्छ ।आदिकवि आचार्यको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ ।


प्रकाशित मिति: आइतबार, असार २९, २०८२  ०९:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP