Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • दृष्टिविहीनद्वारा सरफ उद्योग सञ्चालन
दृष्टिविहीनद्वारा सरफ उद्योग सञ्चालन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार २६, २०८२

गलकोट- बागलुङ नगरपालिका–३ रात्माटामा नेत्रहीन कालिका सरफ उद्योग सञ्चालनमा ल्याइएको हो । नेत्रहीनले मागेर होइन पौरख गर्न सक्छन् भन्ने सन्देश दिने उद्देश्यले नगरको सहयोगमा उद्योग सञ्चालनमा ल्याइएको हो ।

    ‘सक्दैनौँ नहेर हेपेर
    हामीलाई अपाङ्ग देखेर’

 नेत्रहीन सङ्घ बागलुङका पूर्वअध्यक्ष हरिदत्त शर्माले नेत्रहिनले स्थापना गरेको उक्त उद्योगको उद्घाटनसत्रमा स्वागत गर्दै उक्त गीतको अंश उच्चारण गरेका थिए । अपाङ्गता भएका कारण समाजले हेर्ने दृष्टिकोणलाई बदल्न उद्योग सञ्चालनमा ल्याइ स्वरोजगारीमार्फत सहज रूपमा जीवनयापन गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको उनले बताए । 
    
शर्माले गीतमा भने जस्तै अब नेत्रहीन मागेर हैन पौरख गर्न सक्दछ भन्ने सन्देश दिने अभिप्रायले नगरपालिकाले सहयोग गरेको नगर कार्यालयले जनाएको छ । तत्काल चार जनालाई रोजगारी दिनेगरी रु आठ लाख लागतमा कपडा धुनका लागि प्रगोग गरिने सरफ उद्योग सञ्चालनमा ल्याइएको हो । उद्योगको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले उद्घाटन गरेका  थिए । 

Hardik health

नगरप्रमुख श्रेठले उद्योग स्थापनामा सघाएको बागलुङ नगरपालिकाले उद्योगबाट उत्पादन भएको सरफको बजारीकरणमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले नगरले सोही सरफ प्रयोग गर्ने जनाउँदै बागलुङ बजारमा सरफको बजारीकरणमा नगरले सहजीकरण र समन्वय गर्ने बताए । उनले उद्योगको निरन्तरताका लागि नेत्रहीन सङ्घ सक्रिय भएर लाग्न आग्रह गरे ।   

एक जना सबलाङ्गा कर्मचारीलाई बुटवलमा प्रशिक्षण दिएपश्चात् बागलुङको रात्माटाको सामुदायिक भवनबाट उद्योग सञ्चालनमा ल्याइएको प्रमुख श्रेष्ठले जानकारी दिए । उद्योग स्थापनाका लागि नगरले रु चार लाख सहयोग गरेको यहाँस्थित नेत्रहीन सङ्घका सचिव विकल थापाले बताए। उनका अनुसार आगामी दिनमा बागलुङका दृष्टिविहीन मागेर हैन गरेर खाने अवस्थामा पुग्ने विश्वास व्यक्त गरे ।

“अब दृष्टिविहीनहरू चोकमा गीत गाउँदै माग्दै हिँडेर भएन, उद्योगमा उत्पादन भएको सरफको बजारीकरण गर्दै हिँड्न पर्‍यो, कालिका शक्ति सरफ उत्पादन गरी बजारमा ल्याएका छौँ, हरेक दिन तीन सय प्याकेट उत्पादन क्षमता रहेको यस उद्योगलाई नगरले रु चार लाख सहयोग गरेको छ”, थापाले भने, “बजारीकरणमा नगरले सहजीकरण गर्ने प्रतिबद्धता जनाएकाले नेत्रहीन साथीहरूले पनि कर्मचारीको सहयोगमा ‘प्याकेजिङ’ तथा बजारीकरणमा सघाउँन सक्नेछन् ।” 

नेत्रहीन सङ्घका अध्यक्ष कुमार पुनले अब नेत्रहीन साथीहरू उद्यमी बन्ने वातावरण सङ्घले तयार गरेको बताए। उनले नगरपालिकाले दिएको सामुदायिक भवनबाट उद्योग सञ्चालनमा ल्याइएको जनाउँदै नेत्रहीनहरूले कम्तीमा घर खर्च चलाउने वातावरण सृजना गर्न उद्योग सहयोगी बन्ने विश्वास व्यक्त गरे । 

बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, बागलुङ–३ का वडाध्यक्ष लक्ष्मण केसी, पत्रकार महासङ्घ बागलुङका कोषाध्यक्ष खेमराज गौतम, अपाङ्ग सरोकार सङ्घका अध्यक्ष चिजा थापा र टीकाराम सापकोटालगायतले सफलताको शुभकामना व्यक्त गरेका थिए । नेत्रहीन सङ्घ बागलुङका अध्यक्ष कमल थापाको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा पूर्वअध्यक्ष शर्माले स्वागत र सचिव थापाले कार्यक्रम सञ्चालन गरेका थिए । 


प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १२:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP