धनुषा -धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–३ स्थित धनुष सागर पोखरीमा डुवेका व्यक्तिको असार २५ गते राती करीव १ बजे सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।
सोही उपमहानगरपालिका–२५ लोहना बस्ने २० वर्षिय गणेश मण्डल राती पौने १ बजे उक्त पोखरीमा हामफाली डुवेका थिए । उनको मानसिक सन्तुलन ठिक नभएको बताईएको छ ।
सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश जनकपुरबाट सशस्त्र प्रहरी निरीक्षक बाबुकाजी कटवालको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले उनको सकुशल उद्धार गरेको हो ।