Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #जरा_उद्यान
  • #राष्ट्रिय जनमुक्ति पार्टी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • स्वास्थ्य परीक्षणमा नयाँ मापदण्ड लागू गर्न श्रम मन्त्रालयको अलमल
स्वास्थ्य परीक्षणमा नयाँ मापदण्ड लागू गर्न श्रम मन्त्रालयको अलमल
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार २२, २०८२
  • स्वास्थ्य संस्थाको अनुगमन हुन नसक्दा नयाँ मापदण्ड कार्यान्वयनमा ढिलाइ
  • साउनबाट अनुगमन थाल्ने मन्त्रालयको भनाइ
  •  मन्त्रालयको निर्देशनबमोजिम पूर्वाधार तयार पारिसकेको स्वास्थ्य प्रदायक संस्थाहरुको दाबी


काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य प्रदायक संस्थाहरुको अनुगमनमा ढिलाइ गर्दा स्वास्थ्य परीक्षणमा नयाँ मापदण्ड कार्यान्वयन हुन सकेको छैन । मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा नयाँ मापदण्ड लागू गर्नका लागि गत जेठ १५ पछि स्वास्थ्य प्रदायक संस्थाको पूर्वाधार निरीक्षण गर्ने बताए पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको हो ।

मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणलाई व्यवस्थित र गुणस्तरीय बनाउने भन्दै गत चैत्र १५ गने सूचना जारी गरेको थियो । उक्त सूचना प्रकाशित भएको मितिले दुई महिनाभित्र स्वास्थ्य परीक्षण गर्ने संस्थालाई नयाँ मापदण्डबमोजिमको पूर्वाधार तयार पार्न भनिएको थियो । मन्त्रालयले उक्त पूर्वाधारको निरीक्षणपछि पूर्वाधार तयार नगर्ने स्वास्थ्य प्रदायक संस्थाको सूचीकरण एवं नवीकरण खारेज गर्नेसमेत भनेको थियो । 

सरकारले भनेअनुसारको मापदण्ड पूरा भइसकेको छ । त्यहीअनुसार सबै साथीहरुले मन्त्रालयमा निवेदन पनि हालिसकेका छन् । अब अनुगमन हुन बाँकी छ ।
कृष्णप्रसाद बजगाइँ
महासचिव, नेपाल मेडिकल व्यवसायी संघ

मन्त्रालयको निर्देशनबमोजिम पूर्वाधार तयार पारिसकेको स्वास्थ्य प्रदायक संस्थाहरुको दाबी छ । सुरुमा व्यवसायीले मापदण्डबमोजिमका उपकरण खरिदमा ५०औं लाख लाग्ने भन्दै रकम जुटाउनेलगायतका कामका लागि तीन–चार महिना समय उपलब्ध गराउनुपर्ने माग गरेका थिए । यद्यपि, आफूहरुले प्रदान गर्ने सेवा गुणस्तरीय हुने र पेसा पनि मर्यादित हुने भन्दै उनीहरुले मापदण्ड पूरा गरेको दाबी गरेका छन् । सबै व्यवसायीले ‘हामी तयार छौं’ भनेर मन्त्रालयमा निवेदन पठाइसकेको तर अनुगमनमा भने ढिला भएको नेपाल मेडिकल व्यवसायी संघका महासचिव कृष्णप्रसाद बजगाइँले बताए ।

Hardik health

‘सरकारले भनेअनुसारको मापदण्ड पूरा भइसकेको छ । त्यहीअनुसार सबै साथीहरुले मन्त्रालयमा निवेदन पनि हालिसकेका छन् । अब अनुगमन हुन बाँकी छ,’ उनले भने, ‘अनुगमन सुरु हुनुपर्ने हो, ढिला भइसक्यो । हामीलाई जेठ १५ सम्मको समय दिएपछि कम्तीमा पनि जेठको २२–२५ गतेबाट त सुरु गर्नुपर्ने हो । तर अहिलेसम्म पनि भएको छैन । अब चाँडै हुन्छ होला ।’

व्यवसायीलाई सबै काम हतारहतार गर्न लगाएको मन्त्रालय आफू भने सुस्त देखिएको छ । यसबीचमा प्राविधिक समस्या र जनशक्तिको कमीले ढिला भएको मन्त्रालयको स्वास्थ्य संस्थाको अनुगमन हेर्ने शाखाले जनाएको छ । आर्थिक वर्षको अन्त्यमा पुगेकाले मन्त्रालयमा अन्य कामको चाप हुँदा काम गर्न नसकेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले बताए । अब साउनबाट भने काम थाल्ने उनको भनाइ छ । ‘आर्थिक वर्षको अन्त्य पनि भयो । अनुगमन गर्ने भनेको, अहिलेसम्म हामी तयारीमै छौं । गर्न सकेको छैन,’ उनले भने, ‘अब धेरै ढिलो हुँदैन । साउनबाट हुन्छ ।’

आर्थिक वर्षको अन्त्य पनि भयो । अनुगमन गर्ने भनेको, अहिलेसम्म हामी तयारीमै छौं । गर्न सकेको छैन । अब धेरै ढिलो हुँदैन । साउनबाट हुन्छ ।
डण्डुराज घिमिरे
सहसचिव एवं प्रवक्ता, श्रम मन्त्रालय

सबै संस्थाको ‘चेक लिस्ट’ तयार गरेपछि एकैचोटि काम थालिने घिमिरेले बताए । ‘दुई–तीन वटाको अनुगमन गरेर उनीहरुलाई काम गर्न दिँदै फेरि अरुको अनुगमन गर्ने कुरा हुँदैन । २१२ वटै स्वास्थ्य संस्थाको चेक लिस्ट बनाउनुप¥यो । त्यसलाई एप्रुभ (स्वीकृत) गर्नुप¥यो,’ घिमिरेले भने, ‘अनुगमन गर्ने जिम्मा कानुन शाखाअन्तर्गत भए पनि अन्य महाखाका सचिवहरुलाई पनि अनुगमनका लागि पठाउन सकिन्छ ।’

मापदण्ड पूरा गरेपश्चात रोजगारीमा जाने श्रमिकले ३४ प्रकारका परीक्षण गराउनुपर्ने छ । यसबापतको शुल्क नौ हजार ५०० रुपैयाँ लाग्ने बताइएको छ । परीक्षणको दायरा बढाउनुका साथै स्वास्थ्य परीक्षणलाई विद्युतीय प्रणालीमा लग्ने तयारीमा लागिरहेको मन्त्रालयको भनाइ छ । ‘डिजिटलाइज्ड’ भइसकेपछि श्रमिकको स्वास्थ्य परीक्षणको रिपोर्ट मेसिनबाट सीधै वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा जान्छ । परीक्षणको रिपोर्ट सिस्टममा पठाइने हुँदा जुनसुकै स्थानमा पनि श्रमिकको स्वास्थ्य अवस्थाको जानकारी लिन सकिने छ ।

मन्त्रालयले गत वर्ष भदौ १३ गते वैदेशिक रोजगारीमा जाने र गएका नेपालीको स्वास्थ्य परीक्षणको विषयमा अध्ययन गरी सुझाव दिन विज्ञ सम्मिलित अध्ययन कार्यदल बनाएको थियो । उक्त कार्यदलले गत मंसिर ११ गते बुझाएको प्रतिवेदनका आधारमा मन्त्रालयले स्वास्थ्य परीक्षणसम्बन्धी नयाँ मापदण्ड बनाएको हो ।
 


प्रकाशित मिति: आइतबार, असार २२, २०८२  ११:३६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
क्यान्सरबाट हरेक वर्ष दश लाख ज्यान जाँदै
क्यान्सरबाट हरेक वर्ष दश लाख ज्यान जाँदै बुधबार, माघ २१, २०८२
स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री
स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री बुधबार, माघ २१, २०८२
निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक
निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक मंगलबार, माघ २०, २०८२
नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण
नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण सोमबार, माघ १९, २०८२
पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै आइतबार, माघ १८, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने आइतबार, माघ १८, २०८२
‘निपा भाइरस’को नमुना संकलन र परीक्षणका लागि अन्तरिम निर्देशिका
‘निपा भाइरस’को नमुना संकलन र परीक्षणका लागि अन्तरिम निर्देशिका आइतबार, माघ १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP